For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित)

byDainik Nepalgunj
May 25, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित)
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको आठौं अधिवेसनको छैठौं बैठकमा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ ।

मन्त्रालयको संख्या १२ बाट घटाएर ८ बनाइने
नीति तथा कार्यक्रमको सबैभन्दा ठूलो प्रशासनिक सुधार अन्तर्गत लुम्बिनी प्रदेश सरकारले हाल कायम रहेका १२ वटा मन्त्रालयहरूलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । आगामी २०८३ साउन १ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित जम्मा ८ वटा मन्त्रालय मात्र कायम गरिने नीति लिइएको छ । सरकारको काम कारबाहीलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन यो कदम चालिएको हो ।

एक पालिका एक अर्गानिक बाली
कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने भएको छ । मानव स्वास्थ्य र पोषण सुरक्षाका लागि स्थानीय तहसँगको सहकार्यमा एक पालिका एक अर्गानिक÷रैथाने बाली उत्पादन को नीति अवलम्बन गरिनेछ ।

यसैगरी कृषि उत्पादनमा आत्मनिर्भरता बढाउन प्रदेशका विभिन्न जिल्लामा विशिष्टीकृत स्रोत केन्द्रहरू स्थापना गरिनेछ । नीति तथा कार्यत्रलममा कपिलवस्तुमा प्रादेशिक वागवानी स्रोत केन्द्र, अर्घाखाँचीमा बाख्रा स्रोत केन्द्र, गुल्मीमा पहाडी फलफूल स्रोत केन्द्र, प्यूठानमा तरकारी बीउ स्रोत केन्द्र, र रुकुम पूर्वमा आलु बीउ स्रोत केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।
सीमान्तकृत, विपन्न, मुक्तकमैया, मुक्तकम्लहरी, भूमिहीन, दलित लगायतका समुदायको जीवनस्तर सुधार गर्न रोजगारी तथा आय आर्जन अभिवृद्धि हुने गरी बगर खेती, सामूहिक खेती तथा पशुपन्छीपालन लगायतका लक्षित समुदाय विशेष कृषि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
आजको सहुलियत, भोलिको समृद्धि भन्ने मूल मर्मका साथ सुलभ कर्जा तथा व्याजमा अनुदान कार्यक्रमलाई थप सरलीकृत गरी जिल्लास्थित कार्यालयबाटै कृषि बाली वस्तु क्षेत्रमा ब्याज अनुदान उपलब्ध गराइने, प्रदेशस्थित हुलाकी मार्ग आसपासका क्षेत्रमा मासु र दुग्धजन्य उत्पादन वृद्धिका लागि भैंसी प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ । कालिगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, गोरुसिङ्गे–सन्धिखर्क सडक, दाङ–प्युठान सडक, चकचके–रोल्पा सडक, शहीद मार्ग र पूर्व–पश्चिम राजमार्गहरूको आसपासका लुम्बिनी प्रदेश भित्रका सम्भाव्य क्षेत्रमा अलैची लगायत उच्च मूल्यका बाली वस्तुको पहिचान गरी उत्पादन तथा बजारीकरणका कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

डिजिटल लुम्बिनी र उद्यमशील लुम्बिनी अभियान
प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रुपान्तरणकारी कार्यक्रमको रुपमा सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई कृषि र अन्य उद्यममा आकर्षित गर्न प्रविधि र स्टार्टअप सहयोग सहितका कार्यक्रम ल्याइनेछ । महिलाहरूलाई आर्थिक रुपमा सक्षम बनाउन लुम्बिनीका महिलाः उद्यमशीलतामा पहिला कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

एकिकृत पर्यटन डिजिटल प्रचार
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०८५ बाट लाभ लिन एकीकृत पर्यटन डिजिटल प्लेटफर्म मार्फत प्रचारप्रसार गरिनेछ । प्रदेशको पर्यटन विकासका लागि लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुन्जलाई जोडेर सिल्भर ट्रिङ्गल का रूपमा विकास गरिने नवीन योजना अघि सारिएको छ । साथै साहसिक पर्यटनका लागि रोल्पा र रुकुम पूर्वको पुथा हिमालमा वेसक्याम्प र पदमार्ग निर्माण गरिनेछ । कोइलाबासदेखि गोरक्षरत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथको रुपमा विकास गरिने, लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक परिपथको रुपमा प्रवद्र्धन गरिने उल्लेख छ ।
पूर्वाधार र सामाजिक सुरक्षा
पूर्वाधारतर्फ अधुरा आयोजनाहरूलाई छिटो सम्पन्न गर्न अधुराः गर पूरा को नीति लिइनेछ । प्रदेश सरकारले शुरु गरेका सघन खानेपानी विकास कार्यक्रमलाई उच्च प्राथमिकता दिदै ‘एक घरः एक धारा’ को सङ्कल्प कार्यान्वयन गरिने, खानेपानीको क्षेत्रमा बजेट विनियोजन गर्दा ‘अधुराः गर पूरा’ को नीति अवलम्बन गरी असी प्रतिशत कार्य सम्पन्न भैसकेका आयोजनालाई उच्च प्राथमिकतामा राखी पूरा गर्ने कार्य अघि बढाइने नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूका प्रमुख आर्थिक केन्द्रहरूलाई समेटी गण्डकी र कर्णाली प्रदेशलाई समेत जोड्ने प्रदेश गौरवको आयोजनाको रुपमा रहेको रामपुर–कपुरकोट सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख छ । झोलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखने, एक सय बीस मिटरभन्दा छोटा झोलुङ्गे पुल निर्माण गर्न स्थानीय तहलाई प्राविधिक सहायता उपलब्ध गराइने छ ।

वर्षे पानी संकलनका लागि स्थानीय तहसँगको समन्वयमा कृत्रिम पोखरी, पुराना ताल तथा पोखरीको निर्माण र संरक्षण गर्न‘एक वडा एक पोखरी’कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने, पहाडका जिल्लामा छरिएर रहेका बस्तीलाई एकीकृत गर्न र बसाइँसराइलाई निरुत्साहित गर्न घनाबस्ती र सहरउन्मुख क्षेत्रहरूमा बस्ती विकास तथा सहरी पूर्वाधार निर्माण कार्य विस्तार गर्दै लगिने, एक जिल्ला, एक नमुना बस्ती कार्यक्रम अन्तर्गत प्रदेशका प्रत्येक जिल्लामा कम्तिमा एउटा नमुना बस्ती विकासको लागि स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयन गरिने उल्लेख छ ।

वन्यजन्तुबाट हुने सबै प्रकारका क्षतिको लागि राहत वितरण र बिमा कार्यक्रमलाई निरन्तरता दिइने, घाइते र विरामी वन्यजन्तुको संरक्षण गर्न उद्धार केन्द्र सञ्चालनमा ल्याई उद्दार एम्बुलेन्स सेवा शुरु गरिने उल्लेख छ ।
दलित, जनजाति, अपाङ्गता भएका, विपन्न तथा सीमान्तकृत समुदायको शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुदृढीकरणका लागि ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान विस्तार गरिने, प्राविधिक तथा उच्च शिक्षाको विकाससँगै लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट केन्द्रका रूपमा विकास गरिने नीति लिइने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिइने छ । साथै, सीपमूलक रोजगारी प्रवद्र्धनका लागि प्रदेशभर स्किल्स म्यापिङ सुरु गरिने र सामाजिक रूपले पछाडि परेका समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

स्वास्थ्यमा प्राथमिकता
सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा सञ्चालन गर्ने भएको छ । सुरक्षित प्रसूति सेवा विस्तार, ग्रामीण अल्ट्रासाउन्ड सेवा तथा जनसंख्या नीति कार्यान्वयनलाई प्राथमिकता दिइनेछ ।‘नेपाल आरोग्य वर्ष २०२७’ अन्तर्गत योग, ध्यान र मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अघि बढाइनेछ । प्रदेशका प्रमुख अस्पतालहरूको स्तरोन्नति, जलन, डायलाइसिस, क्यान्सर र मुटु रोग उपचार सेवाको विस्तार गरिने, डिजिटल स्वास्थ्य सूचना प्रणाली, मोबाइल एप र सामुदायिक स्वास्थ्य अभिलेख प्रणाली सुदृढ गरिने, आयुर्वेद र वैकल्पिक चिकित्साको प्रवद्र्धनसँगै स्वास्थ्यकर्मीको क्षमता विकास र दुर्गम क्षेत्रमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । स्वास्थ्य क्षेत्रमा राप्ती प्रादेशिक अस्पताललाई दुई सय शैय्याको अस्पतालमा स्तरोन्नति गरिनेछ भने लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिनेछ ।
सेवा प्रवाहलाई सरलिकृत बनाइने
लुम्बिनी प्रदेश सरकारले सेवा प्रवाहलाई छिटो, सरलीकृत र प्रविधिमैत्री बनाउन डिजिटल टोकन, फाइल ट्र्याकिङ र एकल विन्दु सेवा प्रणाली लागू गर्ने भएको छ । सुशासन प्रवद्र्धनका लागि प्रदेश सदाचार नीति तर्जुमा, तथ्यमा आधारित नीति निर्माण र तथ्याङ्क प्रणाली सुदृढीकरण गरिनेछ ।

कर्मचारी प्रशासनलाई पारदर्शी बनाउन सरुवा–बढुवा प्रणाली सुधार, प्रदेश किताबखाना स्थापना र डिजिटल अभिलेखीकरण गरिनेछ । आयोजना बैंकमार्फत योजना छनोट र बजेट व्यवस्थापनलाई व्यवस्थित गरिनेछ । प्रदेश लोक सेवा आयोग सुदृढीकरण र अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाइने सरकारको नीति रहेको छ ।

कर्मचारी तथा शिक्षकहरूको वैयक्तिक विवरण विद्युतीय माध्यमबाट राख्न प्रदेश किताबखाना र सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कर्मचारीहरूको अवकाश भुक्तानीका लागि प्रदेश निवृत्तिभरण कोष को स्थापना गरिने नीति कार्यक्रममा समेटिएको छ ।

Previous Post

एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

Next Post

२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या

Next Post
२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या

२५ करोड पर्ने १२ टन सल्लाको आँख्ला निकासी नहुँदा समस्या

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version