दैनिक नेपालगन्ज
अपराध न्यूनीकरण गर्ने उद्देश्यले बाँके प्रहरीले एक महिनामै १०२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । असोज महिनामा विद्यालय तथा समुदाय क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमबाट ३ हजारभन्दा बढी लाभान्वित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले असोज महिनामा मात्रै उक्त संख्यामा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।
‘विद्यालय र समुदायलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रमले अपराध न्यूनीकरण, सुरक्षा सचेतना र प्रहरी–समुदायबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ प्रवक्ता राठौरले दैनिक नेपालगन्जसँग भने ।































