देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। आज राति भने देशभर आंशिक बदली हुने सम्भावना रहेको छ।






























