For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नविलले लियो ‘टाइटल’

    नविलले लियो ‘टाइटल’

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नविलले लियो ‘टाइटल’

    नविलले लियो ‘टाइटल’

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज मुख्य समाचार

नेपालगन्जमा ‘फेसबुके मेयर’को लर्को !

byDainik Nepalgunj
October 27, 2026
in मुख्य समाचार
0 0
0
नेपालगन्जमा ‘फेसबुके मेयर’को लर्को !
Share on FacebookShare on Twitter

बहस

तुला अधिकारी

न पृष्ठभूमि, न अनुभव, न योजना, न सपना, न सार्वजनिक परीक्षण । नेपालगन्जमा यतिबेला एउटा अनौठो जात्रा चलिरहेको छ । फेसबुकका भित्ताहरूमा मेयरका उम्मेदवारहरूको लर्को छ । कसैले आफै त कसैले आफ्नाहरू मार्फत् मेयरको उम्मेदवार करार गरिरहेका छन् । डिजिटल दुनियाँमा आइरहेका अधिकांशका दावी फोटा कृत्रिम बुद्धिमत्ता (एआई) निर्मित छन् । प्रविधि सस्तो हुँदा प्रचार सस्तो भएको छ र मेयर बन्नेहरूको आकांक्षा झनै सस्तो बनेको छ । लोकतन्त्रमा मेयरको आकांक्षा राख्नेहरूको जुलुस लाग्नु अन्यथा होइन, सुन्दर पक्ष हो । तर आकांक्षीहरूको योगदान, अनुभव, उद्देश्य, योजना, पृष्ठभूमि र मतदाताहरू माझको पहिचान मुल कुरा हो ।

मेरो नेपालगन्ज आवतजावत पछिल्लो समय केही कम भएको छ । तै पनि नेपालगन्जका सवालहरूमा चासो हुन्छ । काठमाडौंमा पनि नेपालगन्जियाहरू भेट हुँदा चर्चा हुन्छ । यसपाली नेपालगन्जमा दशैं मनाउन आउँदा मैले आउने स्थानीय चुनावका लागि मेयरका आकांक्षीहरू, प्रमुख दलका सम्भावित अनुहारहरू र उनीहरूको सार्वजनिक छवी र नेपालगन्जलाई दिशा दिन सक्ने सामथ्र्य बारे धेरै जना संग कुरा गरें । झण्डै २५ जना मेयरका आकांक्षी मैदानमा देखिदा पनि वाह… फलानो चाँहि गज्जव गर्न सक्ने हो है भन्ने एकजना पनि नभएको अधिकांशको टिप्पणी सुन्दा दिक्क लाग्यो । उदेक लाग्दो कुरा त नयाँ भनिएका वा पूराना हुन्, प्रमुख दलमा पनि नेपालगन्जलाई योजनावद्ध दिशा दिन सक्ने अनुहार सुनिएन ।

यो आलेखको ध्येय कुनै पनि व्यक्तिलाई योग्य वा अयोग्यको जामा भिराउनु होइन । तर, सक्षम र सहि व्यक्ति छानिनका लागि चिन्तन र चर्चा होस् भन्नका लागि अवश्य हो । आलेख मार्फत् एउटा प्रश्न उठाउनका लागि हो, सार्वजनिक पदको आकांक्षा राख्ने व्यक्तिको सार्वजनिक परिचय र योजना नागरिकसमक्ष स्पष्ट हुनुपर्दैन ?

शहरका भित्ता वा सोसल प्लेटफर्मका पेजमा ब्यानर देखिनु सार्वजनिक जानकारी दिनु होइन । नाम र तस्बिर देखिनु सार्वजनिक परीक्षणमा उत्रनु होइन । उम्मेदवारीको चर्चा चल्नु र नागरिकसँग उनीहरूका समस्या र चाहना बारे घुलमिल हुनु अनि शहरको दूर दिशाको खाका बारे छलफल हुनु नितान्त भिन्न कुरा हुन् । हुनु पर्ने के हो त ? भित्ते उम्मेदवार कि नागरिक सम्बाद ?

मेयरको पद व्यक्तिगत महत्त्वाकांक्षा प्रदर्शन गर्ने मञ्च मात्रै हो त ? यो लाखौँ नागरिकको दैनिक जीवन, सार्वजनिक बजेट र सहरको भविष्यसँग जोडिएको जिम्मेवारी पनि होइन र ? मेयर बन्न चाहनेहरू संग नेपालगन्जलाई कस्तो बनाउने र कसरी बनाउने भन्ने सवालको विश्वसनीय जवाफ छ कि छैन ?

कुनै व्यक्तिले मेयर बन्ने इच्छा राख्नु लोकतान्त्रिक अधिकार हो । त्यसमा आपत्ति गर्नुपर्ने कारण छैन । समस्या त्यतिबेला सुरु हुन्छ, जब पदको आकांक्षा सार्वजनिक गर्ने काम नै उम्मेदवारीको सम्पूर्ण परिचय बन्छ । न नगरको योजना, न विकासको स्पष्ट दृष्टिकोण, न विगतको कामको हिसाब, न टिमको परिचय । केवल तस्बिर, ब्यानर र सामाजिक सञ्जालका पोस्ट । यस्तो प्रवृत्तिलाई उम्मेदवारीको प्रतिस्पर्धा भन्ने कि मेयर पदको ‘डिजिटल लिलामी’ ?

नेपालगन्ज नेपालको पुराना र चर्चित सहरमध्ये एक हो । पश्चिम नेपालको व्यापारिक केन्द्र, नेपाल– भारत सीमासँग जोडिएको महत्त्वपूर्ण बजार र धार्मिक तथा सांस्कृतिक विविधताको साझा थलो हो । मध्यपश्चिमका पहाडी जिल्लादेखि तराईसम्मका मानिसको आर्थिक, शैक्षिक र सामाजिक जीवनसँग यसको गहिरो सम्बन्ध छ ।

नेपालगन्ज नगर पञ्चायतको स्थापना वि.सं. २०१७ मा भएको हो । पछि यसको नाम नेपालगन्ज नगरपालिका रह्यो । बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि २०४९ सालमा विजयकुमार गुप्ता नगरप्रमुख निर्वाचित भए । उनले चक्रपथलगायतका दीर्घकालीन योजनाको अवधारणा अघि सारेका थिए । हालको न्यूरोड उनकै योजना थियो । त्यसपछि २०५४ सालमा धवलशमशेर राणा नगरप्रमुख निर्वाचित भए । उनी २०७४ सालमा फेरि नगरप्रमुख बने र २०७९ सम्म कार्यकाल सम्हाले । विकासे मेयरको उपाधी पाएका धवलले वाटरपार्क निर्माण बाहेक मौलिक र उनलाई मात्र जस जाने केहि पनि गर्न सकेनन् । परियोजनाहरूले चिल्लो घसेका सडक र ढलको जस उनीलाई दिनु अनुचित हुन्छ ।

उनी आउनु अघिदेखि चालू रहेका परियोजनाका काममा नगरको योगदान नभएपछि जसको पगरी उनलाई लाउन मिलेन । यसवीच वसपार्क सुधार, रानी तलाउ सुधार जस्ता काम भए होलान् । तर, यी कामको चर्चा भन्दा महत्त्वपूर्ण सवाल के हुन् भने उनले सहरलाई कुन दिशातर्फ लगे ? त्यसका लागि सार्वजनिक सम्बाद र विज्ञहरूको वुद्धि प्रयोग गरी दिर्घ सोचको कुनै दस्तावेज तयार गरी त्यस अनुसार काम गरे कि जे सुर लाग्यो त्यहि गरे ? नेपालगन्जको आगामी अनुहार कस्तो हुन्छ ? आगामी पहिचान के हुन्छ ?

त्यसैले अब आउने मेयर संग कम्तिमै यी प्रश्नको उत्तर हुनु पर्छ । मेयर हुन चाहनेहरू संग पनि हुनु पर्छ ।

यसका साथै सहरलाई आर्थिक रूपमा सबल बनाउने, रोजगारी सिर्जना गर्ने, पर्यटन र व्यापारको सम्भावना विस्तार गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र भविष्यको जनसङ्ख्या तथा वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने योजना पनि चाहिन्छ । नेपालगन्जको हकमा यस्ता दीर्घकालीन दृष्टिकोणमाथि गम्भीर बहस आवश्यक छ ।

धवलशमशेर राणाका दुवै कार्यकालबारे मूल्याङ्कन गर्दा उनको जुन राष्ट्रिय पहिचान र पारिवारिक रवाफ थियो त्यसबाट नेपालगन्जलाई उनले कुनै ठूलो र दीर्घ लाभ दिन नसकेको साँचो हो । नेपालगन्जको सार्वजनिक बहसमा हाइमास्ट बत्ती, सडक र पार्कजस्ता देखिने संरचनाले बढी स्थान पाएका छन् । ती कामको आफ्नै महत्त्व छ । तर एउटा सहरको विकासलाई बत्तीको उचाइ र सडकको लम्बाइले मात्र नाप्न मिल्दैन ।

नेपालगन्जलाई आगामी २० वर्षमा कस्तो सहर बनाउने ? यसको व्यापारिक सम्भावनालाई कसरी उपयोग गर्ने ? सीमावर्ती अर्थतन्त्रबाट स्थानीय व्यवसायी र नागरिकले कसरी बढी लाभ लिने ? युवाले आफ्नै सहरमा रोजगारी पाउने वातावरण कसरी बनाउने ? गर्मी, धुलो, फोहोर, अव्यवस्थित सहरीकरण र सार्वजनिक स्थानको अभावलाई कसरी सम्बोधन गर्ने ? यी प्रश्नको जवाफ दिने सहरको साझा गुरुयोजना कहाँ छ ? बनेको छ भने त्यसको कार्यान्वयन कति भयो ? नागरिकले त्यसबारे कति जानकारी पाएका छन् ? नागरिकको अपनत्व छ कि छैन ? पछिल्ला मेयरहरूको वास्तविक परीक्षा यस्तै प्रश्नबाट हुनुपर्छ ।

धवलशमशेरपछि २०७९ सालमा प्रशान्त विष्ट नगरप्रमुख निर्वाचित भए । उनले सुरू गरेको हनुमानको विशाल मूर्तिको निर्माण बाहेक अरू नगरबासीले याद गर्ने उनका काम खासै देखिएनन् । सहरको दीर्घकालीन विकास रणनीतिका साथ उनले पनि काम गर्न सकेनन् भन्ने गुनासो जायज छ । किनभने सहरको सामान्य रूप परिवर्तन भैरहनु र सहरले आफ्नो भविष्यको दिशा पहिल्याउनु फरक कुरा हुन् । कहिलेकाहीँ समयको बहाव, प्रविधि, नागरिकको दबाब, निजी क्षेत्रको लगानी र सामाजिक परिवर्तनले पनि सहरको स्वरूप बदल्छ । त्यसको सम्पूर्ण श्रेय नगर नेतृत्वलाई दिन मिल्दैन ।

नेपालगन्जको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । व्यापार, होटल, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सेवामूलक व्यवसायले सहरलाई चलायमान बनाएका छन् । स्थानीय उद्यमीले जोखिम लिएर लगानी गरेका छन् । उनीहरूले रोजगारी सिर्जना गरेका छन् र नेपालगन्जलाई क्षेत्रीय बजारका रूपमा टिकाइराख्न योगदान दिएका छन् । तर निजी क्षेत्रको आर्थिक सक्रियता र सहरको सार्वजनिक पहिचान एउटै कुरा होइनन् ।

नेपालगन्जलाई व्यापारिक केन्द्रका रूपमा चिनिन्छ। तर के यसलाई व्यवस्थित स्वास्थ्य सेवा, धार्मिक तथा सांस्कृतिक पर्यटन, सीमावर्ती व्यापार, स्थानीय खाद्य संस्कृति वा क्षेत्रीय हवका रूपमा थप स्थापित गर्न सकिँदैन ? के यहाँको मौलिकता, इतिहास र सांस्कृतिक विविधतालाई आर्थिक अवसरसँग जोड्न सकिँदैन ?

धवल समशेर राणाको सपना अनुसार, जुन पङ्तिकार सँगको कुराकानीमा उनले नेपालगन्जको पहिचान बनाउने बताएका थिए, नेपालगन्जमा स्पा, क्यासिनो र मनोरञ्जनसम्बन्धी व्यवसाय पनि देखिन्छन् । यस्ता व्यवसायको अस्तित्व मात्रले सहरले लाभ पाएको प्रमाणित गर्दैन। तिनको रोजगारी, स्थानीय खरिद, कर योगदान, नियमन र सामाजिक प्रभावबारे तथ्य आवश्यक हुन्छ ।

सहरले निजी लगानीलाई कसरी व्यवस्थित गर्ने ? त्यसबाट सिर्जित आर्थिक लाभ स्थानीय नागरिकसम्म कसरी पु¥याउने ? सहरको पहिचानलाई केवल बजार र मनोरञ्जनमा सीमित नगरी थप विविध कसरी बनाउने ? नगर नेतृत्वले उत्तर दिनुपर्ने प्रश्न यिनै हुन् ।

सामाजिक सञ्जालमा मेयर पदका दाबेदार सार्वजनिक हुने क्रम बढ्नुलाई लोकतान्त्रिक सहभागिताको एउटा सुन्दर स्वरूप मान्न सकिन्छ । नयाँ पुस्ता, स्वतन्त्र नागरिक र फरक पृष्ठभूमिका व्यक्तिले नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक हो । तर उम्मेदवारीको घोषणा र सार्वजनिक नेतृत्वको तयारी फरक विषय हुन् ।

कसैले मेयर बन्न चाहन्छ भने नागरिकले उसका बारेमा जान्न पाउनुपर्छ । उसले विगतमा के काम ग¥यो ? सार्वजनिक स्रोत वा संस्थाको जिम्मेवारी सम्हालेको अनुभव छ ? सहरका समस्याबारे उसको बुझाइ के छ ? उसले अघि सार्ने योजना कति व्यावहारिक छन् ? त्यसको लागत र स्रोत कहाँबाट जुटाउने ? कार्यान्वयनका लागि कस्तो टिम बनाउने ? नागरिकसँग जवाफदेही रहने प्रणाली के हुनेछ ? यी प्रश्न कुनै व्यक्तिको शैक्षिक प्रमाणपत्र वा राजनीतिक पृष्ठभूमिमा मात्र सीमित छैनन् । औपचारिक शिक्षा कम भएको व्यक्तिले पनि उत्कृष्ट नेतृत्व दिन सक्छ । नयाँ व्यक्तिले पनि पुरानोभन्दा फरक दृष्टिकोण ल्याउन सक्छ । राजनीतिक दलसँग आबद्ध हुनु वा स्वतन्त्र रहनु आफैँमा योग्यताको प्रमाण होइन । मुख्य कुरा हो, सार्वजनिक जिम्मेवारीका लागि तयारी, स्पष्ट दृष्टिकोण, काम गर्ने क्षमता र नागरिकप्रतिको जवाफदेहिता ।

एआईबाट आकर्षक तस्बिर बनाउन सकिन्छ । केही मिनेटमै ब्यानर तयार गर्न सकिन्छ । फेसबुक मार्फत् हजारौँ मानिससम्म पुग्न पनि सकिन्छ । तर प्रविधिले नगरको फोहोर व्यवस्थापन गर्दैन, बजेटको प्राथमिकता आफैँ निर्धारण गर्दैन र बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना गर्दैन । त्यसका लागि योजना, स्रोत, संस्था र निरन्तर काम चाहिन्छ ।

उम्मेदवारको संख्या बढ्छ तर सार्वजनिक बहसको गुणस्तर बढ्दैन भने चिन्ताको विषय हो । योजना नभएका, सार्वजनिक प्रश्नको जवाफ दिन तयार भै नसकेका र आफ्नो प्रस्तावको व्यावहारिकता देखाउन नसक्ने उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई केवल प्रचारको भिडमा बदल्न सक्छ । त्यसले नागरिकलाई विकल्पको वास्तविक अन्तर बुझ्न कठिन बनाउँछ ।

अनि निर्वाचन आफैमा खर्चिलो हुन्छ । यो जनताको कर र विकास बजेट काटेर व्यवस्थापन हुन्छ । मतपत्र छापिन्छन्, कर्मचारी परिचालन हुन्छन् र सुरक्षा तथा व्यवस्थापनमा राज्यको स्रोत उपयोग हुन्छ । त्यसैले उम्मेदवारीको स्वतन्त्र अधिकारसँगै सार्वजनिक जिम्मेवारीको चेतना पनि आवश्यक छ । यसको अर्थ कसैले उम्मेदवार बन्नुअघि कुनै निकायबाट अनुमति लिनुपर्छ भन्ने होइन । अर्थ यति हो कि उम्मेदवार आफैँले नागरिकसमक्ष आफ्नो योग्यता, योजना र प्रतिबद्धता प्रस्तुत गर्न तयार हुनुपर्छ । नत्र मतपत्रको आकार र खर्चको आकार मात्रै बढ्छ ।

नगरप्रमुख बन्ने आकांक्षा राख्ने सबैले कम्तीमा एउटा सार्वजनिक दस्तावेज ल्याउन । जसमा पाँच वर्षमा गर्ने मुख्य काम, प्राथमिकता, लागतको अनुमान, स्रोत, समयसीमा र नतिजा मापन गर्ने आधार स्पष्ट होस् । सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि वा त्यससँगै नगरको वास्तविक समस्या र समाधानबारे छलफल सुरु गरून् । नागरिकले पनि केवल तस्बिर, पार्टी, जातीय वा व्यक्तिगत सम्बन्धका आधारमा होइन, सार्वजनिक प्रतिबद्धता र विगतको कामका आधारमा प्रश्न वा धारणा राखुन् । नगरको फोहोर व्यवस्थापन, ढल निकास, सार्वजनिक यातायात, पैदलयात्रीको सुरक्षा, हरियाली, गर्मीको प्रभाव, व्यवस्थित बजार, युवाको रोजगारी र सीमावर्ती व्यापारको सम्भावनालाई एउटै सहरी विकास योजनामा समेट्न पहल लिउन् ।

हो, नेपालगन्जको पहिचान के हो र भविष्यमा के बनाउने ? यो प्रश्नको उत्तर कुनै एक मेयरले एक्लै दिन सक्दैन । नागरिक, निजी क्षेत्र, विज्ञ, नागरिक समाज र स्थानीय सरकारबीच छलफल हुनुपर्छ । तर त्यस छलफललाई दिशा दिने र निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नगर नेतृत्वकै हो ।

मेयर फेरिन सक्छन्, राजनीतिक दल फेरिन सक्छन् र चुनावी नारासमेत फेरिन सक्छन् । तर सहरको विकासको दिशा हरेक पाँच वर्षमा शून्यबाट सुरु हुनु हुँदैन ।नेपालगन्जको अबको चुनावी बहसमा कसले कति आकर्षक तस्बिर बनायो भन्ने होइन, कसले कस्तो सहर बनाउने योजना ल्यायो भन्ने प्रश्न अगाडि आउनुपर्छ ।

फेसबुकमा मेयरको दाबेदारी सार्वजनिक गर्न सबै स्वतन्त्र छन् । तर, नेपालगन्जलाई मेयरको डिजिटल लिलामी होइन, सहरको भविष्यबारे खुला बहस सुरू गर्दा राम्रो होला । बहसमा आफ्नो योजना र विचार मार्फत् जसले नगरवासीको मन जित्छ उसैले हाँक्ला नगरको बागडोर । फेसवुकमा मेयर चाल्न खोज्ने नेपालगन्जका वौद्धिक र अगुवा ठान्नेहरूले यता तिर सोच्नु उचित होला कि !

Previous Post

एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ‘फेसबुके मेयर’को लर्को !

नेपालगन्जमा ‘फेसबुके मेयर’को लर्को !

October 27, 2026
एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल

एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल

October 27, 2026
आजको मौसम : कोशी, मधेश र बागमतीमा आंशिक बदली

आजको मौसम : कोशी, मधेश र बागमतीमा आंशिक बदली

October 27, 2026
नेपालगन्जमै राष्ट्रिय पौडी

नेपालगन्जमै राष्ट्रिय पौडी

October 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version