For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

byDainik Nepalgunj
November 25, 2026
in विचार
0 0
0
शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?
Share on FacebookShare on Twitter

वि.सं. २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य गरेको थियो। २०८३ मंसिर ५ गते यस ऐतिहासिक सम्झौताले २० वर्ष पूरा गरेको छ। यस अवधिमा संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, नयाँ संविधान निर्माण र पूर्वलडाकुको समायोजनजस्ता महत्त्वपूर्ण राजनीतिक उपलब्धि हासिल भएका छन्। मुलुक हिंसात्मक द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिक प्रक्रियामा प्रवेश गरेको छ।

तर, दुई दशक बितिसक्दा पनि एउटा गम्भीर प्रश्न अनुत्तरित छ—द्वन्द्वमा आफन्त गुमाएका, बेपत्ता पारिएका, यातना तथा यौनजन्य हिंसा भोगेका पीडितले न्याय कहिले पाउने? राजनीतिक परिवर्तन भयो, सरकार फेरिए र संविधानसमेत फेरियो, तर द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न सकेका छैनन्। हजारौँ पीडित परिवार आज पनि सत्यको खोजी र न्यायको प्रतीक्षामा छन्।

त्यसैले शान्ति सम्झौताको २० वर्षलाई राजनीतिक उपलब्धिको उत्सवका रूपमा मात्र होइन, पीडितलाई न्याय दिने राज्यको अधुरो दायित्वको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्छ। पीडितले सत्य, न्याय र परिपूरण प्राप्त गरे मात्र शान्ति सम्झौता सार्थक हुनेछ।

शान्ति सम्झौता : द्वन्द्व अन्त्य मात्र होइन, न्यायको प्रतिबद्धता
वि.सं. २०५२ सालदेखि सुरु भएको सशस्त्र द्वन्द्वले नेपाली समाजमा गहिरो मानवीय, सामाजिक र आर्थिक क्षति पुर्‍यायो। करिब १७ हजारभन्दा बढी नागरिकले ज्यान गुमाए। हजारौँ नागरिक बेपत्ता पारिए, गैरन्यायिक हत्या, यातना, बलात्कार तथा अन्य यौनजन्य हिंसाका घटना भए। लाखौँ नागरिक विस्थापित भए भने सम्पत्ति र सामाजिक संरचनामा अपूरणीय क्षति पुग्यो।
विस्तृत शान्ति सम्झौता हतियार बिसाउने र सत्ता साझेदारी गर्ने राजनीतिक सहमतिमा मात्र सीमित थिएन। यसले मानव अधिकारको सम्मान, विधिको शासन, द्वन्द्वकालीन घटनाको सत्यतथ्य सार्वजनिक गर्ने, पीडितलाई न्याय तथा परिपूरण प्रदान गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो।
सम्झौताको दफा ५.२.३ मा बेपत्ता पारिएका तथा युद्धका क्रममा मारिएका व्यक्तिहरूको वास्तविक नाम, थर र ठेगाना ६० दिनभित्र सार्वजनिक गरी परिवारलाई जानकारी दिने व्यवस्था थियो। त्यस्तै, दफा ५.२.५ मा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवताविरुद्धका अपराधमा संलग्न व्यक्तिबारे सत्य अन्वेषण गर्न र मेलमिलापको वातावरण निर्माण गर्न आयोग गठन गर्ने प्रतिबद्धता गरिएको थियो। विस्थापितलाई ससम्मान घर फर्काउने तथा कब्जा गरिएका घरजग्गा र सम्पत्ति फिर्ता गर्ने विषय पनि सम्झौताका महत्त्वपूर्ण प्रतिबद्धता थिए।
तर, सम्झौतामा गरिएका प्रतिबद्धता र व्यवहारमा देखिएको वास्तविकताबीच अझै ठूलो दूरी छ।

दुई दशकपछि पनि न्यायको प्रतीक्षामा पीडित
सम्झौतामा ६० दिनभित्र बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्ने भनिए पनि दुई दशक बित्दा धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन सकेका छैनन्। उनीहरूका लागि आफन्त जीवित छन् कि छैनन् भन्ने प्रश्न अझै अनुत्तरित छ। बेपत्ता व्यक्तिका परिवार मानसिक तनाव, आर्थिक कठिनाइ र सामाजिक असुरक्षामा बाँचिरहेका छन्।
त्यसैगरी, द्वन्द्वका कारण विस्थापित भएका नागरिकको पुनर्स्थापना र कब्जा गरिएका सम्पत्ति फिर्ताको काम पनि पूर्ण हुन सकेको छैन। कतिपय पीडितले कागजी रूपमा सम्पत्ति फिर्ता पाए पनि वास्तविक भोगचलन गर्न सकेका छैनन्। उचित क्षतिपूर्ति र जीविकोपार्जनको व्यवस्था नहुँदा उनीहरूको पीडा कायमै छ।
द्वन्द्वका क्रममा राज्य र तत्कालीन विद्रोही पक्ष दुवैबाट गैरन्यायिक हत्या, बलपूर्वक बेपत्ता, यातना, बलात्कार तथा यौनजन्य हिंसाजस्ता गम्भीर मानव अधिकार उल्लंघनका घटना भएका थिए। तर, पीडित परिवारले अहिलेसम्म निष्पक्ष अनुसन्धान, दोषीमाथिको कानुनी कारबाही र न्यायको अनुभूति गर्न सकेका छैनन्।
संक्रमणकालीन न्यायको उद्देश्य विगतका घटनालाई बिर्सेर अघि बढ्नु मात्र होइन। के भएको थियो भन्ने सत्य स्थापित गर्नु, पीडितलाई न्याय दिलाउनु, दोषीलाई जवाफदेही बनाउनु र भविष्यमा यस्ता घटना दोहोरिन नदिनु यसको मूल मर्म हो। प्रत्येक पीडितलाई सत्य जान्न पाउने, न्याय माग्न पाउने, परिपूरण प्राप्त गर्ने र सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ।
विशेषगरी यातना तथा यौनजन्य हिंसाबाट प्रभावित व्यक्तिका लागि गोपनीयता, सुरक्षा, उपचार, मनोसामाजिक परामर्श र सम्मानजनक न्यायिक प्रक्रियाको व्यवस्था हुनुपर्छ। न्यायका नाममा पीडितले थप पीडा र सामाजिक लाञ्छना भोग्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ।

आयोग गठन भए, उजुरी संकलन भए, न्याय किन भएन?
संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकारले दुई पटक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्‍यो। यी आयोगमा ६० हजारभन्दा बढी उजुरी दर्ता भए। यसले पीडितहरू न्यायको आशामा आफ्नो पीडा राज्यसमक्ष राख्न तयार रहेको देखाउँछ।
तर, आयोगहरू पीडितको विश्वास जित्न र प्रभावकारी अनुसन्धान गर्न सफल हुन सकेनन्। राजनीतिक भागबन्डा, पदाधिकारी नियुक्तिमा दलीय स्वार्थ, राजनीतिक हस्तक्षेप, स्रोतसाधनको अभाव र कानुनी जटिलताका कारण अपेक्षित परिणाम आउन सकेन। आयोगको कार्यकाल थपियो, राज्यको ठूलो धनराशि खर्च भयो, तर पीडितले अपेक्षा गरेको सत्य, न्याय र परिपूरण प्राप्त गर्न सकेनन्।
आयोग गठन हुनु मात्र उपलब्धि होइन। पीडितका उजुरीमाथि निष्पक्ष अनुसन्धान, सत्यको उजागर, दोषीको कानुनी जवाफदेहिता र पीडितलाई परिपूरण सुनिश्चित गर्नु नै आयोगको वास्तविक सफलता हो। त्यसैले आयोगमा नियुक्त हुने पदाधिकारी राजनीतिक भागबन्डाका पात्र नभई स्वतन्त्र, निष्पक्ष, सक्षम र संक्रमणकालीन न्यायको मर्म बुझेका व्यक्ति हुनुपर्छ।
यस सन्दर्भमा सर्वोच्च अदालतका आदेश र संक्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय मान्यताको कार्यान्वयन पनि उत्तिकै आवश्यक छ। गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी दिन नमिल्ने, पीडितको अधिकार सुनिश्चित गर्ने र निष्पक्ष न्यायिक प्रक्रिया अघि बढाउने विषयमा सर्वोच्च अदालतले पटक–पटक मार्गनिर्देशन गरेको छ। शान्ति र मेलमिलापको नाममा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिनु न्यायको सिद्धान्तविपरीत हुन्छ। पीडितको इच्छाविपरीत थोपरिएको मेलमिलाप वास्तविक मेलमिलाप हुन सक्दैन।

नयाँ सरकारसँग पीडितको अपेक्षा : आश्वासन होइन, न्याय
सरकार र राजनीतिक नेतृत्व परिवर्तन हुँदैमा संक्रमणकालीन न्यायप्रतिको राज्यको दायित्व परिवर्तन हुँदैन। यो कुनै दल वा नेताको निजी सरोकार नभई राज्यको संवैधानिक, कानुनी र नैतिक जिम्मेवारी हो।
नयाँ सरकारले पनि द्वन्द्वपीडितको न्यायलाई प्राथमिकतामा राख्न नसक्नु चिन्ताजनक छ। पीडितले अर्को आश्वासन वा आयोग गठनको घोषणा मात्र खोजेका छैनन्। उनीहरूले आफ्ना आफन्तको अवस्थाबारे सत्य, निष्पक्ष अनुसन्धान, दोषीको कानुनी जवाफदेहिता, सम्मानजनक परिपूरण र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता खोजिरहेका छन्।
न्यायको प्रतीक्षामा कतिपय पीडित आमाबुबा र आफन्तहरू संसारबाट बिदा भइसकेका छन्। बाँचेका पीडितको उमेर, स्वास्थ्य र आर्थिक अवस्था पनि कमजोर हुँदै गएको छ। यस्तो अवस्थामा संक्रमणकालीन न्यायलाई राजनीतिक बहस र प्रक्रियागत अल्झनमा सीमित राख्नु पीडितमाथिको अर्को अन्याय हुनेछ।
अब सरकारले निम्न विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्छ :
• विश्वसनीय आयोग: राजनीतिक भागबन्डाभन्दा माथि उठेर स्वतन्त्र, निष्पक्ष र सक्षम पदाधिकारी नियुक्त गर्दै पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने।
• दण्डहीनताको अन्त्य: हत्या, बेपत्ता, यातना, बलात्कार तथा अन्य गम्भीर मानव अधिकार उल्लंघनका घटनामा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम जवाफदेही बनाउने।
• बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक: बेपत्ता व्यक्तिको खोजी, पहिचान र अवस्थाबारे अनुसन्धान गरी परिवारको सत्य जान्न पाउने अधिकार सुनिश्चित गर्ने।
• समग्र परिपूरण: पीडितलाई क्षतिपूर्ति मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, सामाजिक सुरक्षा र मनोसामाजिक सहयोग उपलब्ध गराउने।
• पुनर्स्थापना र सम्पत्ति फिर्ता: विस्थापितलाई ससम्मान पुनर्स्थापना गर्ने तथा कब्जा गरिएका सम्पत्ति फिर्ता वा उचित क्षतिपूर्ति सुनिश्चित गर्ने।
• पीडित तथा साक्षीको सुरक्षा: न्यायिक प्रक्रियाका सबै चरणमा गोपनीयता, सुरक्षा र मर्यादा कायम गर्ने।
• समयबद्ध कार्ययोजना: अनुसन्धान, अभियोजन र परिपूरणका लागि स्पष्ट समयसीमा निर्धारण गरी सरकारको प्रगति नियमित रूपमा सार्वजनिक गर्ने।
•
निष्कर्ष : पीडितले न्याय पाए मात्र शान्ति सम्झौता पूरा हुन्छ
विस्तृत शान्ति सम्झौताको २० वर्ष पूरा हुँदा मुलुकले राजनीतिक रूपान्तरणका महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। तर, द्वन्द्वपीडितले न्याय पाए वा पाएनन् भन्ने प्रश्नको जवाफ नदिई शान्ति प्रक्रियालाई पूर्ण भएको मान्न सकिँदैन।
शान्ति भनेको युद्ध र हिंसा नहुनु मात्र होइन। अन्यायमा परेका नागरिकले न्याय पाउनु, पीडितले सम्मानपूर्वक बाँच्न पाउनु, दोषी जवाफदेही हुनु र भविष्यमा मानव अधिकार उल्लंघन नदोहोरिने सुनिश्चितता हुनु पनि दिगो शान्तिका आधार हुन्। न्यायविनाको शान्ति अधुरो र सत्यविनाको मेलमिलाप अर्थहीन हुन्छ।
दुई दशकदेखि न्यायको प्रतीक्षामा रहेका पीडितलाई अब थप आश्वासन होइन, न्याय चाहिएको छ। सरकारले शान्ति सम्झौताका बाँकी प्रतिबद्धता पूरा गर्दै निष्पक्ष अनुसन्धान, दोषीमाथिको कानुनी कारबाही र पीडितको समग्र परिपूरण सुनिश्चित गर्नुपर्छ।
शान्ति सम्झौताको सफलता कति वर्ष बित्यो, कति सरकार बने वा कति आयोग गठन भए भन्ने आधारमा होइन, द्वन्द्वपीडितले कति न्याय पाए भन्ने आधारमा मापन गरिनुपर्छ। पीडितले न्याय पाउनु कुनै सरकारको कृपा होइन, उनीहरूको अधिकार र राज्यको अनिवार्य दायित्व हो।
लेखक गौतम संक्रमणकालीन न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत छन्।

Previous Post

बाँकेमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन चालक पक्राउ

Next Post

निराश पीडित, हराउँदै न्यायको आशा

Next Post
निराश पीडित, हराउँदै न्यायको आशा

निराश पीडित, हराउँदै न्यायको आशा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निराश पीडित, हराउँदै न्यायको आशा

निराश पीडित, हराउँदै न्यायको आशा

November 25, 2026
शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

November 25, 2026
बाँकेमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन चालक पक्राउ

बाँकेमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन चालक पक्राउ

November 25, 2026
प्रदेश मन्त्रीका साझा सवाल

प्रदेश मन्त्रीका साझा सवाल

November 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version