For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

byDainik Nepalgunj
November 28, 2026
in विचार
0 0
0
‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’
Share on FacebookShare on Twitter

धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजकका रूपमा धारा शुद्ध तोरीको तेलले लामो समयदेखि नै सहकार्य गर्दै आएको छ । म्याराथनको १२औँ संस्करणसम्म आइपुग्दा यसको उचाइ, सहभागिता र सहरसँगको सम्बन्धबारे बहस उठेका छन् । नेपालगन्जलाई चलायमान बनाउने सम्भावना बोकेको यो आयोजनालाई अझ प्रभावकारी र साझा बनाउन के गर्नुपर्छ भन्ने विषयमा पनि बहस आवश्यक छ । यही सन्दर्भमा दैनिक नेपालगन्जले धारा नेपालगन्ज म्याराथनका मुख्य प्रायोजक केएल दुगड समूहका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार छाजेडसँग गरेको संवादको सम्पादित अंश आजको विशेष । म्याराथनको बढ्दो उचाइसँगै त्यसको वास्तविक सम्भावना, अन्तर्राष्ट्रिय सहभागिता, स्थानीय अपनत्व र जनसहभागिताको अवस्थाबारे उनको मूल्यांकन संवादमा समेटिएको छ। साथै, नेपालगन्जको घट्दो आर्थिक गतिविधि, सरकारी तथा गैरसरकारी कार्यालयको स्थानान्तरण, स्थानीय बजारको चलायमानता र एकीकृत जाँच चौकीलाई सुख्खा बन्दरगाहका रूपमा विकास गरी औद्योगिकीकरण अघि बढाउनुपर्ने आवश्यकताबारे उनका विचार प्रस्तुत गरिएको छ ।

धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणसम्म आइपुग्दा तपाईंको समीक्षा के छ ?

दिनप्रतिदिन म्याराथनको उचाइ बढ्दै गएको छ भन्ने कुरामा विमति राख्नुपर्ने अवस्था छैन। तर यसले जुन उचाइ हासिल गर्नुपर्ने हो, त्यो भने अझै प्राप्त गर्न सकेको छैन। यदि हामीले अपेक्षित उचाइ हासिल गर्न सक्यौँ भने अन्तर्राष्ट्रिय स्तरका खेलाडी पनि उत्साहजनक रूपमा सहभागी हुन आउने थिए। तर अहिले त्यस्तो सहभागिता देखिएको छैन।

अर्को कुरा, हाम्रो सहरको अवस्था पनि त्यस्तै छ । हामीले सहरवासीलाई ‘यो मेरो आफ्नै कार्यक्रम हो, यसमा मेरो पनि अपनत्व र भूमिका छ’ भन्ने महसुस गराउन सकेका छैनौँ। कतै न कतै कमजोरी छ। त्यो हाम्रो संवादमा हुन सक्छ, प्रचारप्रसारमा हुन सक्छ वा यसलाई वर्षभरि सञ्चालन हुने कार्यक्रमका रूपमा विकास गर्न आवश्यक वार्षिक क्यालेन्डर बनाउन नसक्नुमा पनि हुन सक्छ। यसमा मेरो पनि केही कमजोरी हुन सक्छ, आयोजक टिमको पनि कमजोरी हुन सक्छ।

तर जबसम्म हामीले यसलाई नेपालगन्जवासीको साझा म्याराथनका रूपमा स्थापित गर्न सक्दैनौँ र यसको साझा दायित्व ग्रहण गर्न सक्दैनौँ, तबसम्म अपेक्षित उचाइमा पु¥याउन गाह्रो हुन्छ।

उचाइको कुरा गर्दा आयोजकले एथलेटिक्स महासंघबाट अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेको छ । तर त्यसको महत्त्व नेपालगन्जवासीलाई बुझाउन र त्यसको प्रतिफल सहरलाई दिन भने हामीले सकेका छैनौँ ।

एकदिने कार्यक्रमका रूपमा हेर्दा आयोजकले आफ्नो तर्फबाट प्रयास गरिरहेको देखिन्छ । तर सहभागीको संख्या र जनसहभागिताका दृष्टिले अझै धेरै गर्नुपर्ने अवस्था छ नि ?

हो, मैले भन्न खोजेको पनि त्यही हो। एक दिनको कार्यक्रम सम्पन्न गर्नु मात्रै पर्याप्त हुँदैन। विश्वभरि पनि यस्ता कार्यक्रमको मूल्यांकन गर्दा त्यसको समग्र प्रभाव र सहभागितालाई हेरिन्छ।

हामीले जति सहभागीलाई दौडाउन सक्यौँ, त्यसका लागि इमानदारीपूर्वक प्रयास गरेका छौँ। तर यो संख्या अझै बढ्नुपर्ने हो भन्ने मलाई लाग्छ। सहभागिता उत्साहजनक हुन नसकेको भन्नुको कारण पनि यही हो। नेपालगन्जमा दशौँ हजार मानिस दौडिनुपर्ने हो। तर अहिलेसम्म त्यो अवस्था सिर्जना हुन सकेको छैन।

एउटा उद्योगपति तथा मुख्य प्रायोजकका रूपमा मात्र होइन, नेपालगन्जवासीका हिसाबले पनि यसमा सहरवासीको भूमिकामाथि प्रश्न उठाउन सकिन्छ नि ?

मैले अघि पनि यही कुरा भनेको हुँ। कतै न कतै हामीले सहरवासीलाई यस कार्यक्रममा जोड्न नसक्नुमा हाम्रै कमजोरी छ। त्यसको आत्मसमीक्षा गर्नैपर्छ। हामी कहाँ चुक्यौँ भन्ने कुरा पहिचान गर्न आवश्यक छ।

हामीले समयमा विज्ञापन गर्न सकेनौँ कि ? समयमा नै मानिसहरूलाई यसमा जोड्न सकेनौँ कि ? यो कार्यक्रम किन आवश्यक छ र यसले सहर तथा यस क्षेत्रलाई कसरी चलायमान बनाउँछ भन्ने कुरा बुझाउन सकेनौँ कि ? यस्ता विषयमा हामीले गम्भीर भएर सोच्नुपर्छ।

मलाई लाग्छ, यसमा केही कमजोरी अवश्य छन् र आगामी दिनमा ती सुधार गर्नुपर्छ।

मेरो एउटै भनाइ छ, जब नेपालगन्जवासीले यसलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व ग्रहण गर्दैनन्, तबसम्म यसलाई अपेक्षित उचाइमा पु¥याउन समय लाग्छ।

समग्रमा नेपालगन्जलाई जीवन्त र चलायमान सहर बनाउन यस्ता कार्यक्रमको भूमिका कस्तो हुन्छ ?

यसको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। म्याराथन हुने दिनभन्दा दुई दिनअघिदेखि नै हामी सबै जुट्छौँ। धेरै मानिसको उपस्थिति र सक्रियता हुन्छ। तर हामीले खोजेको उत्साहजनक सहभागिता त्योभन्दा धेरै ठूलो हो।

आज हामी विदेशका विभिन्न सहरका उदाहरण हेर्छौँ। त्यहाँ आफ्नै सहरका मात्रै होइन, छिमेकी सहरका मानिस पनि यस्ता कार्यक्रममा सहभागी हुन आउँछन्। तर हाम्रो अवस्था हेर्दा आफ्नै बाँके जिल्लाका सातवटै स्थानीय तहबाट समेत अपेक्षाकृत उत्साहजनक सहभागिता जुटाउन सकेका छैनौँ।

यसको एउटा कारण हामीले गाउँपालिका र गाउँगाउँसम्म पुगेर पर्याप्त प्रचारप्रसार गर्न नसक्नु पनि हुन सक्छ। त्यसैले त्यहाँका नागरिकले यो कार्यक्रमको महत्त्व र उद्देश्य बुझ्न नसकेको हुन सक्छ। कतिपयलाई यो ठूलो कार्यक्रम हो, आयोजकहरूले आफ्नै लागि गरिरहेका छन् भन्ने लागेको पनि हुन सक्छ।

मेरो भनाइ एउटै छ, जबसम्म आम नागरिकले यसलाई आफ्नै कार्यक्रम ठानेर अपनत्व ग्रहण गर्दैनन्, तबसम्म म्याराथनलाई यसको वास्तविक उद्देश्यअनुसार अपेक्षित उचाइमा पु¥याउन मुस्किल हुन्छ। त्यसैले यसलाई नेपालगन्जवासीको साझा कार्यक्रम बनाउन आवश्यक छ।

नेपालगन्जलाई चलायमान बनाउन अब के गर्नुपर्ला ? एउटा इभेन्टले पनि सहरमा आकर्षण र आर्थिक गतिविधि बढाउन सक्छ भन्ने बुझाइ छ।

यो विषय पटक पटकका छलफलमा पनि उठ्ने गरेको छ । यहाँ क्षेत्रीय कार्यालयदेखि विभिन्न एनजीओ तथा आईएनजीओका कार्यालय थिए। तर आज केही कार्यालय यहाँबाट गइसकेका छन् भने केही जाने तयारीमा छन्। हिजोको बैठकमा पनि केही कार्यालय जाने तयारीमा रहेको कुरा उठेको थियो।

जब यहाँबाट कार्यालयहरू जान्छन्, त्यसको असर स्थानीय बजारमा पनि पर्छ। हिजो कामको सिलसिलामा बाहिरबाट मानिसहरू नेपालगन्ज आउनुपर्ने अवस्था थियो। उनीहरूले बजारमा केही न केही आर्थिक गतिविधि त बढाउँथे। कसैले दुई सय रुपैयाँ खर्च गर्ला, कसैले पाँच सय रुपैयाँ खर्च गर्ला। आफ्नो क्षमताअनुसार केही न केही खर्च गरेर जाँदा बजार चलायमान हुन्छ।

यहाँका होटल व्यवसायी, रिक्सा व्यवसायी, बास बस्ने र खाना खाने सुविधासँग जोडिएका साना व्यवसायी सबैलाई यसले फाइदा पु¥याउँछ। सानो–सानो खर्चले पनि बजारलाई चलायमान बनाउँछ। त्यस्तै, कसैलाई नेपालगन्ज आउनुपर्ने र केही किनमेल गर्नुपर्ने छ भने उसले सोच्छ, ‘म नेपालगन्ज जाँदै छु, त्यहीँबाट किनेर ल्याउँछु।’

तर आज कुनै कार्यालय बुटवल गयो वा दाङ गयो भने भोलि त्यहाँको बजार चलायमान हुन्छ। त्यसकारण कार्यालयहरूको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यस्तै भूमिका यसखालका आयोजनाले पनि निर्वाह गर्न सक्छन्।

यस्तो अवस्थामा नेपालगन्जले कसरी सोच्नुपर्छ, ताकि यहाँको बजार चलायमान रहिरहोस् र सहरको आकर्षण पनि नघटोस् ? यसका उपाय के हुन सक्छन् ?

उपायका रूपमा मलाई के लाग्छ भने हामीले यहाँ व्यवसाय र औद्योगिकीकरणलाई मात्रै भए पनि प्रोत्साहन गर्न सक्नुपर्छ। त्यसका लागि हिजो पनि कुरा उठेको थियो कि एकीकृत जाँच चौकी (आईसीपी) लाई स्तरोन्नति गरेर सुख्खा बन्दरगाहका रूपमा विकास गर्न सकियो भने यस क्षेत्रका सम्पूर्ण जनतालाई फाइदा पुग्छ।

Previous Post

राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

Next Post

धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

Next Post
धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भ्रष्टाचारविरुद्ध छैटौँ नेपालगन्ज वाकाथनको तयारी

भ्रष्टाचारविरुद्ध छैटौँ नेपालगन्ज वाकाथनको तयारी

November 28, 2026
धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

November 28, 2026
‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

November 28, 2026
राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

November 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version