For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

byDainik Nepalgunj
June 5, 2026
in News, मुख्य समाचार
0 0
0
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
Share on FacebookShare on Twitter

रुपनी जिएम

अत्यधिक गर्मी र बढ्दो तापक्रमले बाँकेमा आर्थिक तथा स्वास्थ्य चुनौती बढाएको छ । तापक्रम निरन्तर उकालो लागेसँगै दैनिक ज्यालादारी गर्ने मजदुर, किसान, विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने आम्दानी घट्नुका साथै गर्मीजन्य स्वास्थ्य समस्या बढ्न थालेका छन् ।बैजनाथ गाउँपालिका–५ निवासी ४७ वर्षीया कमला नेपालीले भन्नुभयो, “दैनिक हजारदेखि एक हजार २०० रुपैयाँसम्म कमाउँथेँ, तर अहिले रु ५०० कमाउन पनि गाह्रो छ ।” वैदेशिक रोजगारबाट फर्किएपछि विगत साढे चार वर्षदेखि रिक्सा चलाउँदै आउनुभएकी कमलाले आफू र सन्तानको खर्च रिक्साको आम्दानीबाट धान्दै आउनुभएको छ । उहाँका अनुसार गर्मी मौसममा बिहान र साँझबाहेक यात्रु कम पाइने भएकाले आम्दानीमा उल्लेख्य कमी आएको छ ।“गर्मीमा साँझ र बिहान मात्र यात्रु भेटिन्छन् । दिउँसो कोही पनि निस्कँदैनन्, त्यसैले कमाइ घटेको छ”, कमलाले भन्नुभयो । घरायसी जिम्मेवारीका कारण बिहान र साँझ रिक्सा चलाउन नपाउने भएकाले दिउँसो मात्रै काम गर्नुपर्ने र त्यही समयमा यात्रु नपाइने समस्या रहेको उहाँको भनाइ छ ।“सानासाना केटाकेटी छन् । बिहान खाना पकाउने, विद्यालय पुर्‍याउने र घरधन्दा गर्दा रिक्सा चलाउन भ्याइँदैन । साँझ पनि उनीहरूलाई विद्यालयबाट ल्याएपछि समय मिल्दैन । दिउँसो मात्रै रिक्सा चलाउँछु, तर गर्मीले यात्रु पाइँदैन”, उहाँले भन्नुभयो ।खजुरा गाउँपालिका–३ निवासी पार्वती थारुको आम्दानीमा पनि गर्मीले असर पुर्‍याएको छ । विगत छ वर्षदेखि टनेलखेती गर्दै आउनुभएकी उहाँले यस वर्षको अत्यधिक गर्मीले तरकारी उत्पादनमा ठूलो क्षति पुगेको बताउनुभयो । “तरकारीखेती यसपटक राम्रोसँग फस्टाउन सकेन । उत्पादन कम हुँदा बिक्री पनि घट्यो”, उहाँले भन्नुभयो । यस वर्ष उहाँले करेला र लौकाखेतीका लागि रु एक लाख ७० हजार लगानी गर्नुभएको थियो । तर अपेक्षाअनुसार उत्पादन नभएकाले अघिल्लो वर्षको तुलनामा झण्डै ६० प्रतिशत आम्दानी घटेको उहाँको भनाइ छ ।प्रत्येक याममा करिब रु पाँच लाख बराबरको तरकारी बिक्री गर्ने गरेको उल्लेख गर्दै उहाँले यस वर्षको गर्मीले खेतीमा अभूतपूर्व असर पारेको बताउनुभयो । “यो वर्षजस्तो गर्मी पहिले कहिल्यै अनुभव गरेको थिइनँ । मानिस मात्र होइन, तरकारी र बोटबिरुवासमेत गर्मीले प्रभावित भए”, पार्वतीले भन्नुभयो । उहाँका अनुसार पर्याप्त मलजल र स्याहारसुसार गर्दागर्दै पनि केही बिरुवा सुके भने केही कोपिलामै नष्ट भए ।बाँकेमा अत्यधिक गर्मीका कारण विद्यार्थी पनि प्रभावित भएका छन् । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारी विद्यालयले हरेक वर्षझैँ बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म कक्षा सञ्चालन गरिरहेका छन् ।जानकी गाउँपालिका–२ स्थित भृकुटी प्राथमिक विद्यामन्दिरकी शिक्षिका राजकुमारी सिंह ठकुरीले गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा बस्न कठिन भइरहेको बताउनुभयो । “पङ्खा चले पनि कक्षाकोठामा तातो हावाकै महसुस हुन्छ । विद्यार्थीमा थकान, टाउको दुख्ने, चक्कर आउने र पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेको छ”, उहाँले भन्नुभयो ।टाढाबाट पैदल हिँडेर विद्यालय आउने विद्यार्थी अझ बढी प्रभावित हुने गरेको उहाँको भनाइ छ । “विद्यार्थीलाई पर्याप्त पानी पिउन, टाउको छोपेरसकेसम्म घामबाट जोगिन सल्लाह दिएका छौँ । अभिभावकले पनि बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो । अत्यधिक गर्मीका कारण भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेका अनुसार गर्मीजन्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ । “बालबालिका, बाहिर काम गर्ने युवा तथा ज्येष्ठ नागरिक बढी प्रभावित भइरहेका छन् । शरीरमा पानीको कमी, टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान, वान्ता हुने तथा बेहोस हुनेजस्ता समस्या बढिरहेका छन्”, उहाँले भन्नुभयो ।गर्मीबाट बच्न दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन र बाहिर जानै परे छाता, छाउको छोप्न तथा हलुका सुती कपडा प्रयोग गर्न डा राजनले सुझाव दिनुभयो । “तिर्खा लागेपछि मात्र होइन, नियमित रूपमा पर्याप्त पानी पिउनुपर्छ । नरिवल पानी, फलफूलको रस, जाउलो तथा अन्य झोलयुक्त खानेकुराले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ”, उहाँले भन्नुभयो । लामो समयसम्म चर्को घाममा बस्दा हिट स्ट्रोकको जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।डा राजनले भन्नुभयो, “सकेसम्म छायाँयुक्त स्थानमा बस्ने, अनावश्यक रूपमा घाममा नहिँड्ने र शरीरमा पानीको कमी हुन नदिने बानीले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । सामान्य लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन, आवश्यक परे चिकित्सकीय परामर्श लिनुपर्छ ।”

Previous Post

दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

Next Post

‘परिवर्तनका लागि प्रविधि’ नारासहित लुम्बिनी प्राविधिक विश्वविद्यालयले गर्दै राष्ट्रिय सम्मेलन

Next Post
‘परिवर्तनका लागि प्रविधि’ नारासहित लुम्बिनी प्राविधिक विश्वविद्यालयले गर्दै राष्ट्रिय सम्मेलन

‘परिवर्तनका लागि प्रविधि’ नारासहित लुम्बिनी प्राविधिक विश्वविद्यालयले गर्दै राष्ट्रिय सम्मेलन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

मल गोदाममा मन्त्री–सांसद, सरकारको ध्यानाकर्षण

July 22, 2026
वीपी कोइरालालाई अर्को कोणबाट

वीपी कोइरालालाई अर्को कोणबाट

July 22, 2026
नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

July 22, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

July 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version