For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

byDainik Nepalgunj
July 15, 2026
in News, Sports, मुख्य समाचार
0 0
0
अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख
Share on FacebookShare on Twitter

रुपनी जिएम

“मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान गर्छ र मैले नै यो वर्षको अवार्ड पाउँछु भन्ने । काम गर्दै जाँदा यस्ता अन्तरराष्ट्रिय अवार्डले पनि सम्मानित भइनेरहेछ”, यो भनाइ हो–नेपालगन्ज धारा म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीको ।

नेपालगञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदको नक्सामा स्थापित गर्ने उद्देश्यले करिब एक दशकअघि सुरु गरिएको नेपालगञ्ज धारा म्याराथुनले यस वर्ष प्रतिष्ठित एम्स सोसल अवार्ड–२०२६ प्राप्त गरेपछि बाँकेसहित समग्र नेपाली खेलकुद क्षेत्र उत्साहित बनेको छ । विश्वका विभिन्न देशका खेलकुद संस्था आबद्ध रहेको एम्सबाट नेपालले पहिलोपटक प्राप्त गरेको यो सम्मानले नेपालगन्ज धारा म्याराथनलाई मात्र होइन, सिङ्गो नेपालको खेलकुदलाई अन्तरराष्ट्रिय समुदायमाझ नयाँ परिचय दिलाएको छ ।

बाँकेको खजुरा गाउँपालिकामा जन्मिनुभएका टिएस ठकुरीले आफ्नो व्यावसायिक यात्रा पत्रकारिताबाट सुरु गर्नुभएको थियो । उहाँले २०६५ देखि २०६९ सालसम्म काठमाडौँस्थित नेपाल समाचारपत्रमा पत्रकारिता गर्नुभयो । राजधानीमा रहँदा देशका विभिन्न सहरले खेलकुदका माध्यमबाट आफ्नो पहिचान निर्माण गरिरहेको देख्दा उहाँलाई नेपालगन्ज भने सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको महसुस भयो । यही सोचले उहाँलाई नेपालगन्जलाई फरक ढङ्गले चिनाउने अभियान सुरु गर्न प्रेरित ग¥यो ।

त्यतिबेला पोखरा म्याराथन, धरानको बुढासुब्बा गोल्डकप तथा रुपन्देहीको तिलोत्तमा म्याराथनजस्ता प्रतियोगिताले राष्ट्रिय चर्चा पाउने गर्थे । नेपालगन्जलाई पनि खेलकुदमार्फत राष्ट्रिय पहिचान दिलाउन सकिन्छ भन्ने विश्वासका साथ उहाँले म्याराथनलाई रोज्नुभयो । 

धावन एउटा यस्तो खेल हो, जहाँ उमेर, पेसा वा सामाजिक पृष्ठभूमिभन्दा इच्छाशक्ति र सहभागिताले महत्व पाउँछ । यही कारण सबैलाई समेट्ने खेलका रूपमा म्याराथनलाई अघि बढाइएको उहाँ बताउनुहुन्छ ।

सन् २०१५ मा आयोजना गरिएको पहिलो नेपालगन्ज धारा म्याराथनमा ३१५ जना धावक सहभागी भएका थिए । सीमित स्रोत, न्यून अनुभव र आर्थिक अभावबीच सुरु भएको प्रतियोगिता आज हजारौँ धावकको सहभागिता हुने अन्तरराष्ट्रियस्तरको प्रतियोगिताका रूपमा विकसित भएको छ । हाल प्रत्येक संस्करणमा झण्डै पाँच हजारभन्दा बढी धावक सहभागी हुने गरेका छन् तर टिएसका लागि खेलकुदको यो यात्रा भने सहज थिएन । 

प्रतियोगिता सञ्चालनका लागि सबैभन्दा ठूलो चुनौती आर्थिक व्यवस्थापन नै हुन्छ । त्यसमा पनि म्याराथन जस्तो खेल सामान्य त हुने कुरै भएन । खेलप्रतिको विश्वास र दृढ इच्छा शक्तिका आधारमा टिएस ठकुरीले निजी क्षेत्रसँग सहकार्यको पहल गर्नुभयो । उहाँले ‘के एल दुग्गड ग्रुप अफ कम्पनी’लाई नेपालगन्जको पहिचान निर्माण गर्ने अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । कम्पनीका नेपालगन्ज प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेडले पनि टि एसको उक्त अवधारणालाई सकारात्मक रूपमा स्वीकार गर्नुभयो । त्यसयता निरन्तर ‘के एल दुग्गड ग्रुप’ नै मुख्य प्रायोजक रहँदै आएको छ । यही सहकार्यका कारण प्रतियोगिता ‘नेपालगन्ज धारा म्याराथन’ नामले स्थापित हुन सफल भएको ।

पहिलो संस्करणदेखि नै प्रतियोगिताले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको छ । स्वस्थ जीवनशैली, युवालाई खेलतर्फ आकर्षित गर्ने, महिला सहभागिता बढाउने तथा नेपालगन्जलाई खेल पर्यटनसँग जोड्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिँदै आएका छन् । यसले स्थानीय होटल, यातायात, व्यापार तथा पर्यटन व्यवसायलाई प्रत्यक्ष रूपमा लाभ पु¥याउँदै आएको छ ।

विश्वका १२० देश आबद्ध रहेको एम्ससँग करिब ६०० सदस्य संस्था छन् । नेपालबाट यसवर्ष प्राप्त भएको यो पहिलो तथा एकमात्र अवार्ड हो । टिएस ठकुरीका अनुसार एम्ससँग आबद्ध हुने नेपालको पहिलो म्याराथन पनि नेपालगन्ज धारा म्याराथन नै हो । हाल नेपालका सात वटा म्याराथन एम्ससँग आबद्ध भए पनि नेपालगन्ज धारा म्याराथनले सुरुदेखि नै अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा अग्रणी भूमिका खेलेको उहाँको भनाइ छ ।

यो सम्मान प्राप्त भएपछि पनि आफूले यसलाई व्यक्तिगत उपलब्धिका रूपमा नलिएको टिएस ठकुरी बताउनुहुन्छ । “मैले नेपालगन्ज धारा म्याराथन कुनै अवार्ड जित्ने उद्देश्यले सुरु गरेको होइन । मेरो एउटै सपना थियो, नेपालगन्जलाई खेलकुदमार्फत चिनाउने । आज त्यो सपना पूरा हुँदै गएको देख्दा अत्यन्त खुसी लागेको छ”, उहाँले भन्नुभयो, “यो सम्मान मेरो व्यक्तिगत होइन, सिङ्गो नेपालका लागि प्राप्त भएको गौरव हो । नेपालगन्ज धारा म्याराथन एउटा माध्यम मात्र बनेको हो ।” 

उहाँका अनुसार प्रतियोगिताले अनेकौँ चुनौती पार गरेको छ । कोभिड–१९ महामारीका बेला विश्वभर अधिकांश खेल गतिविधि रोकिए पनि नेपालगन्ज धारा म्याराथन पूर्ण रूपमा रोकिएन । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै २५ पुरुष र २५ महिलाको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष ठकुरीले बताउनुभयो । कठिन परिस्थितिमा पनि प्रतियोगिताको निरन्तरता कायम राख्न सक्नु नै यसको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक भएको उहाँको भनाइ छ ।
‘नेपालगन्ज धारा म्याराथन’को अन्तरराष्ट्रिय यात्रामा निजी क्षेत्रको साथ पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । मुख्य प्रायोजक के एल दुग्गड ग्रुपले सुरुदेखि देखाएको विश्वास, स्थानीय समुदायको साथ र स्वयंसेवकको समर्पणकै कारण आजको उपलब्धि सम्भव भएको उहाँको भनाइ छ । 

नेपालगन्ज धारा म्याराथनको सफल यात्रामा मुख्य प्रायोजकका रूपमा निरन्तर साथ दिँदै आएको ‘केएल दुग्गड ग्रुप’को योगदानलाई आयोजकले महत्वपूर्ण उपलब्धिका रूपमा लिने गरेका छन् । सुरुआतदेखि नै प्रतियोगितालाई आर्थिक तथा नैतिक रूपमा साथ दिँदै आएको कम्पनीले खेलकुदलाई सामाजिक उत्तरदायित्वसँग जोडेर हेरेको छ ।

संस्थापक अध्यक्ष टिएस ठकुरीका अनुसार निजी क्षेत्रको विश्वास र सहकार्यबिनाको अवस्थामा नेपालगन्ज धारा म्याराथनलाई निरन्तरता दिन निकै कठिन हुने थियो । प्रायोजक संस्थाको विश्वासले मात्र प्रतियोगितालाई स्थायित्व दिएको होइन, अन्तरराष्ट्रिय मञ्चसम्म पुग्ने आत्मविश्वाससमेत प्रदान गरेको उहाँको भनाइ छ । ‘के एल दुग्गड ग्रुप’ का नेपालगन्ज प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेडले नेपालगन्ज धारा म्याराथनले प्राप्त गरेको अन्तरराष्ट्रिय सम्मान सम्पूर्ण नेपालका लागि गर्वको विषय भएको बताउनुभयो ।

“हामीले नेपालगन्ज धारा म्याराथनलाई सुरुदेखि नै एउटा खेल प्रतियोगिताभन्दा पनि नेपालगन्जको पहिचान निर्माण गर्ने अभियानका रूपमा हेरेका थियौँ । आज एम्स सोसल अवार्ड–२०२६ प्राप्त हुनु हामी सबैका लागि अत्यन्त गौरवको क्षण हो । उहाँले भन्नुभयो, “हाम्रो सानो सहयोगले यति ठूलो उपलब्धिमा साथ दिन पाएकामा खुसी लागेको छ । यो सम्मानले निजी क्षेत्र र खेलकुदबीचको सहकार्यले असम्भव जस्तो लाग्ने लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । आगामी दिनमा पनि हाम्रो साथ निरन्तर रहनेछ ।” 

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले नेपालगञ्ज धारा म्याराथनले अन्तरराष्ट्रिय सम्मान प्राप्त गर्ने समाचार सुरुमा आफूलाई विश्वास नै नलागेको बताउनुभयो । “पहिलो पटक अवार्ड पाउने कुरा सुन्दा मैले कल्पना पनि गरेको थिइन । औपचारिक रूपमा अवार्ड प्राप्त गर्ने कुरा पक्का भएपछि पनि पत्यार लागिरहेको थिएन”, उहाँले भन्नुभयो, “जब टिएसजीले वास्तवमै यो सम्मान प्राप्त गर्नुभयो, त्यसपछि खुसीको सीमा नै रहेन ।” यो नेपालगन्जको मात्र उपलब्धि नभएर सिङ्गो नेपालको नाम विश्व खेलकुद समुदायमाझ चिनाउने ऐतिहासिक सफलता भएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार यस्ता व्यक्तित्व र अभियानलाई राज्यले पनि उचित सम्मान गर्नुपर्छ । 

नेपालगन्ज धारा म्याराथनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनमा सुरुदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमिल्सेनाले पनि यस्ता अन्तरराष्ट्रिय सम्मानले नेपालको खेलकुद क्षेत्रको सम्भावनालाई थप उजागर गरेको बताउनुभयो । “खेलकुदमा प्राप्त हुने अन्तरराष्ट्रिय सम्मानले देशको प्रतिष्ठा बढाउने काम गर्छ । नेपालगन्ज धारा म्याराथनले प्राप्त गरेको यो उपलब्धिले नेपाली खेलकुद विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको छ”, तिमिल्सेनाले भन्नुभयो, “अब यस्ता अभियानलाई सरकारले नीतिगत, आर्थिक तथा पूर्वाधारका हिसाबले अझ बढी सहयोग गर्नुपर्छ । निजी क्षेत्र, सञ्चारमाध्यम र खेल संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनसके नेपालबाट अझ धेरै अन्तरराष्ट्रिय सफलता हासिल गर्न सकिन्छ ।” 

महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्वउपकप्तान तथा सञ्चारकर्मी ममता थापा पहिलो संस्करणदेखि नै नेपालगन्ज धारा म्याराथनसँग प्रत्यक्ष रूपमा जोडिँदै आउनुभएको छ । उहाँले प्रतियोगिताको सुरुदेखिको सङ्घर्ष र अहिलेको उपलब्धि नजिकबाट देख्नुभएको अनुभव सुनाउँदै यो सम्मान सम्पूर्ण नेपाली खेलाडीका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो । “धारा म्याराथनले यस्तो प्रतिष्ठित अन्तरराष्ट्रिय अवार्ड प्राप्त गर्ला भन्ने मैले पनि सोचेकी थिइनँ । अवार्ड प्राप्त गरेको खबर सुनेपछि निकै खुसी लाग्यो”, उहाँले भन्नुभयो, “म स्वयं खेलाडी भएकाले यो उपलब्धिको महत्व अझ गहिरोसँग महसुस गर्न सक्छु । यसले नेपालका खेलाडीलाई मेहनत र निरन्तरताले विश्वस्तरमा पनि पहिचान बनाउन सकिन्छ भन्ने आत्मविश्वास दिएको छ । यो धारा म्याराथुनको मात्र सफलता होइन, सम्पूर्ण नेपाली खेलकुद परिवारको गौरवको विषय हो ।”

खेलकर्मीहरूका अनुसार नेपालगन्ज धारा म्याराथनले केबल धावन प्रतियोगिता आयोजना गर्ने काम मात्र गरेको छैन । यसले खेलमार्फत सामाजिक एकता, स्वस्थ जीवनशैली, पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको चलायमानता तथा नेपालगन्जको अन्तरराष्ट्रिय पहिचान निर्माणमा उल्लेखनीय योगदान पु¥याएको छ । 

प्रतियोगिताका अवसरमा देशका विभिन्न जिल्लासँगै विदेशबाट पनि धावक नेपालगन्ज आउनेक्रम बढ्दै गएको छ । यसले होटल, यातायात, रेष्टुरेन्ट, व्यापार तथा अन्य सेवा क्षेत्रमा सकारात्मक प्रभाव पारेको स्थानीय व्यवसायीहरूको अनुभव छ । 

पत्रकारिताबाट सुरु भएको टि एस ठकुरीको एउटा सोंच आज अन्तरराष्ट्रिय सम्मानमा परिणत हुनु आफैँमा प्रेरणादायी यात्रा बनेको छ । सीमित स्रोत, अनेक चुनौती र निरन्तर सङ्घर्षका बीच सुरु भएको नेपालगन्ज धारा म्याराथनले आज विश्व खेलकुद समुदायबाट सम्मान प्राप्त गर्दै नेपालको खेल इतिहासमा एउटा नयाँ अध्याय थपेको छ । एम्स सोसल अवार्ड–२०२६ ले नेपालगन्ज धारा म्याराथनको प्रतिष्ठा मात्र उचालेको छैन, नेपाली खेलकुदको क्षमता, सम्भावना र अन्तरराष्ट्रिय स्वीकार्यतालाई पनि नयाँ उचाइमा पु¥याएको छ । खेलकर्मीको विश्वास छ, यो उपलब्धिले आगामी दिनमा नेपालमा खेल पर्यटन, म्याराथन संस्कृति र अन्तरराष्ट्रिय खेलकुद सहकार्यलाई थप विस्तार गर्ने आधार तयार पार्नेछ । साथै नेपालगन्ज धारा म्याराथनले तय गरेको यो यात्रा आगामी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा रहने विश्वाससमेत व्यक्त गरिएको छ ।

Previous Post

आजबाट ‘फुल सिलिण्डर’ ग्याँस बजारमा आउने

Next Post

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीको अर्थतन्त्र बढ्यो

लुम्बिनीको अर्थतन्त्र बढ्यो

August 11, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

August 11, 2026
सार्वजनिक सरोकारका मुद्दा प्रदेशस्तरमा विस्तार गरिने

सार्वजनिक सरोकारका मुद्दा प्रदेशस्तरमा विस्तार गरिने

August 11, 2026
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

August 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version