For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वडा अधिवेशन गर्दै इतर समूह

byDainik Nepalgunj
September 27, 2026
in News, Sports, मुख्य समाचार
0 0
0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा
Share on FacebookShare on Twitter

निर्देशिकामै वडादेखि केन्द्रसम्म जेनजी प्रतिनिधित्व अनिवार्य

नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको संस्थापन इतर समूहले वडादेखि केन्द्रसम्मका पार्टी कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका नवयुवाको प्रतिनिधित्व अनिवार्य गर्ने भएको छ । १५औं महाधिवेशनका लागि तयार हुँदै गरेको निर्वाचन निर्देशिकामा प्रत्येक तहका कार्यसमितिमा एक जना महिला र एक जना पुरुष नवयुवा समेट्ने व्यवस्था गर्न लागिएको हो ।

एकराज पोख्रेल संयोजक रहेको केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको ‘१५औं महाधिवेशन निर्वाचन निर्देशिका’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । निर्देशिकालाई शनिबार अन्तिम रूप दिने तयारी रहेको स्रोतले जनाएको छ ।

निर्देशिकामा निर्वाचित हुने सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुष एक–एक जना अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा एक जना १८ देखि २८ वर्षसम्मको महिला र एक जना १८ देखि २८ वर्षसम्मको नवयुवा अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ निर्देशिका निर्माणमा संलग्न स्रोतले भन्यो ।

कांग्रेसको विधानअनुसार केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी आठ तहका कार्यसमिति गठन हुने व्यवस्था छ । तर अहिले टोलबाहेक छ तहका वडा कार्यसमिति अस्तित्वमा छन् ।

नवयुवा प्रतिनिधित्वको व्यवस्था कार्यसमितिमा मात्रै सीमित रहने छैन । समावेशी समूहबाट निर्वाचित हुने प्रतिनिधिमा समेत १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुषलाई समेट्ने प्रावधान निर्देशिकामा राखिएको छ ।

‘समावेशीअन्तर्गत समावेश गरिएका क्लष्टरबाट निर्वाचित हुने प्रतिनिधिहरूमा समेत सकेसम्म एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।

तर सम्बन्धित स्थानमा तोकिएको उमेर समूहका नवयुवा उपलब्ध नभएमा पद रिक्त नराख्ने विकल्प पनि निर्देशिकामा राखिएको छ । १८ देखि २८ वर्ष उमेर समूहका नवयुवा तथा समावेशी क्लष्टरमा समेत सो उमेर समूहका नवयुवा नभए अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ ।

‘यदि कुनै स्थानमा १८ देखि २८ वर्षसम्मको तथा समावेशी क्लष्टरमा समेत १८ देखि २८ वर्षसम्मको नवयुवा नभई खाली हुन गएको खण्डमा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्नलाई बाधा पुग्ने छैन,’ निर्देशिकामा भनिएको छ ।

इतर समूहले कार्यसमितिमा विषयविज्ञको प्रतिनिधित्वलाई समेत अनिवार्य बनाउन खोजेको छ । विषयविज्ञको उपस्थिति आवश्यक पर्ने स्थानमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने बाध्यकारी प्रावधान निर्वाचन निर्देशिकामा राखिएको स्रोतले जनाएको छ ।

यसैबीच, नेपाली कांग्रेसभित्र १५औं महाधिवेशनलाई लिएर दुई समूहले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएका छन् । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह हाल सञ्चालन भइरहेको कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । बाँकेमा त्यसको नेतृत्व उप–सभापति कृष्ण कार्कीले गरिरहेका छन् ।

देउवा समूहले २१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ । चुनदेवी सम्पर्क कार्यालयका अनुसार इतर समूहले भने असोज १५ गते देशभरका वडामा वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

इतर समूहले १५औं महाधिवेशनको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ । समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजक तोकेर महाधिवेशनको तयारी अघि बढाइरहेको छ । बाँकेमा उपसभापति कार्की जिल्ला संयोजक छन् ।

इतर समूहको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते हुनेछ । त्यसको भोलिपल्ट अर्थात् असोज १६ गते कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका सभापति गगन थापा नेतृत्वको कांग्रेसले काठमाडौंमै केन्द्रीय महाधिवेशन आयोजना गर्दैछ ।

यसरी कांग्रेसको १५औं महाधिवेशनलाई लिएर संस्थापन इतर समूहले आफ्नो छुट्टै संगठनात्मक र निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ । त्यसैक्रममा तयार पारिँदै गरेको निर्वाचन निर्देशिकामा नवयुवा प्रतिनिधित्वलाई वडादेखि केन्द्रीय तहसम्म समेट्ने व्यवस्था गरिएको हो ।

Previous Post

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version