For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

byDainik Nepalgunj
July 22, 2026
in विचार
0 0
0
सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस
Share on FacebookShare on Twitter

प्रत्येक वर्ष जुलाई १७ लाई विश्वभर अन्तर्राष्ट्रिय न्याय दिवसका रूपमा मनाइन्छ । सन् १९९८ जुलाई १७ का दिन संयुक्त राष्ट्रसंघको तत्वावधानमा इटालीको रोममा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को ’रोम विधान’ पारित गरेको ऐतिहासिक स्मरणमा यो दिवस मनाउन थालिएको हो । यही विधानका आधारमा सन् २००२ जुलाई १ देखि स्थायी अन्तर्राष्ट्रिय फौजदारी अदालत विधिवत् रूपमा सञ्चालनमा आयो । रोम विधानले नरसंहार, मानवता विरुद्धका अपराध, युद्ध अपराध र आक्रामकताको अपराधजस्ता विश्वका गम्भीरतम चौथो पुस्ताका अपराधहरूलाई अन्तर्राष्ट्रिय कानुनी दायरामा ल्याउने व्यवस्था गरेको छ । नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय न्याय दिवस केवल औपचारिकता वा दिवस मनाउने कार्यमा मात्र सीमित रहनु हुँदैन, बल्कि यो विगतका मानव अधिकार उल्लङ्घनका पीडितहरूलाई सत्य, न्याय र परिपूरणको प्रत्याभूति गराउन, दण्डहीनताको चक्र तोड्न र राष्ट्रिय न्यायिक संयन्त्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सबल बनाउन रोम विधानको अनुमोदनबारे गम्भीर समीक्षा गर्ने अवसर पनि हो ।

नेपालमा दशक लामो सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार र मानवीय कानुनका गम्भीर उल्लङ्घन तथा बर्बर अपराधका अनेकन घटनाहरू घटे । चितवनको माडीस्थित बादरमुडेमा तत्कालीन विद्रोही पक्षद्वारा यात्रुवाहक बसमा गराइएको बम विस्फोटमा परी ठूलो संख्यामा निर्दोष सर्वसाधारणले ज्यान गुमाए । उता, सरकार र तत्कालीन विद्रोही पक्षबीच शान्ति वार्ता चलिरहेकै अवस्थामा एकै ठाउँमा भेला भएका ११ जना माओवादी कार्यकर्तालाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिई लाइन लगाएर सामूहिक हत्या ग¥यो । दाङको घोरही नजिकै बर्गद्गी गाउँमा खलियानमा धान दाइँ गरिरहेका ११ जना गरिब किसानहरूलाई सुरक्षाकर्मीहरूले अन्धधुन्ध गोली हानी सामूहिक हत्या गरे । बाँकेको चिसापानी, काठमाडौँको भैरवनाथ गणबाट नियोजित रूपमा ठूलो संख्यामा नागरिकहरूलाई बेपत्ता पारियो । कालिकोटको कोटवाडा, रुकुमको खारा लगायत देशका विभिन्न भागमा भएका गैरन्यायिक हत्या, यातना, र यौन हिंसाका घटनाहरू इतिहासका काला धब्बा हुन् । पञ्चायत कालदेखि २०६२÷६३ को जनआन्दोलन र त्यसपछिका मधेश आन्दोलनसम्म पुग्दा सयौँ निर्दोष नागरिकले ज्यान गुमाएका छन् । विडम्बना, शान्ति सम्झौता भएको डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि यी जघन्य अपराधका दोषीहरूमाथि कानुनबमोजिम ठोस कारबाही हुन सकेको छैन र पीडितहरू अझै पनि न्यायका लागि भौँतारिन बाध्य छन् ।

नेपालको संक्रमणकालीन न्याय प्रक्रिया यति लामो समयसम्म टुङ्गोमा नपुग्नु र पीडितहरूले न्यायको अनुभूति गर्न नसक्नुको पछाडि राज्य तहमा विद्यमान राजनीतिक इच्छाशक्तिको अभाव र दण्डहीनताको संस्थागत प्रश्रय नै मुख्य कारण हो । अपराधको राजनीतिकरण गर्ने र शक्तिको आवरणमा जोगाउने जुन प्रवृत्ति झाङ्गिएको छ, त्यसले कानुनी शासनको धज्जी उडाएको छ । सर्वोच्च अदालतले गरेका ऐतिहासिक आदेशहरू, राष्ट्रिय मानव अधिकार आयोगले गरेका सयौँ सिफारिसहरू तथा संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले व्यक्त गरेका निष्कर्षहरूको पालना र कार्यान्वयनमा राज्य संयन्त्र उदासीन देखिन्छ । यस्तो अवस्थामा गम्भीर मानव अधिकार उल्लङ्घनका दोषीहरू खुल्लमखुल्ला घुमिरहँदा पीडित समाजमा थप प्रताडित बनिरहेको छ ।

यस पृष्ठभूमिमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानको अनुमोदन नेपालका लागि अपरिहार्य कानुनी र नैतिक आवश्यकता बनेको छ । रोम विधान केवल बाह्य हस्तक्षेपको माध्यम नभई राष्ट्रिय फौजदारी न्याय प्रणालीलाई सुदृढ र आधुनिक बनाउने एक भरपर्दो आधारस्तम्भ हो । रोम विधानको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त ’पूरकताको सिद्धान्त’ हो । यसको अर्थ अन्तर्राष्ट्रिय फौजदारी अदालतले सिधै कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन; जबसम्म सम्बन्धित देशको न्याय प्रणालीले गम्भीर अपराधको अनुसन्धान, अभियोजन र कारबाही गर्न सक्षम र इच्छुक रहन्छ, तबसम्म आईसीसीको अधिकारक्षेत्र क्रियाशील हुँदैन । तर, जब कुनै राज्य आफ्ना नागरिकमाथि भएका जघन्य अपराधका दोषीलाई कारबाही गर्न असमर्थ वा अनिच्छुक हुन्छ, तब मात्र अन्तर्राष्ट्रिय अधिकारक्षेत्र आकर्षित हुन्छ । त्यसैले, रोम विधानको पक्ष राष्ट्र बनेर नेपालले आफ्नै देशका अदालत, अनुसन्धानकारी निकाय र कानुनहरूलाई अन्तर्राष्ट्रिय स्तरको शक्तिशाली र सक्षम बनाउने सुवर्ण अवसर प्राप्त गर्दछ ।

नेपालका राजनीतिक नेतृत्वमा रोम विधान अनुमोदन गरेमा विगतका घटनालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पुगिएला कि भन्ने जुन एक खालको त्रास र भ्रम देखिन्छ, त्यो कानुनी दृष्टिले पूर्णतः निराधार छ । रोम विधानको क्षेत्राधिकार मूलतः भविष्यदर्शी हुन्छ, अर्थात् विधान अनुमोदन गरेपछि घट्ने घटनाहरूमा मात्र यसको अधिकारक्षेत्र लागू हुन्छ । विगतका घटनाहरूको समाधान गर्न देशभित्रै गठित संक्रमणकालीन न्याय संयन्त्रहरू र राष्ट्रिय अदालतहरूलाई नै पारदर्शी, निष्पक्ष र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सञ्चालन गरिनुपर्छ । यदि राज्यले देशभित्रै पीडितलाई चित्तबुझ्दो न्याय, सत्यको अन्वेषण र परिपूरणको व्यवस्था मिलाउँछ भने कुनै पनि पीडित अन्तर्राष्ट्रिय निकायसम्म पुग्नुपर्ने बाध्यता रहँदैन । अतः नेताहरूमा रहेको त्रास केवल अज्ञानता वा अपराधबाट उम्कने मनसायको उपज मात्र हो ।

रोम विधानको अनुमोदनले नेपालको कानुनी शासनलाई बलियो बनाउनुका साथै भविष्यमा हुन सक्ने सम्भावित अपराधहरूका विरुद्ध एउटा शक्तिशाली निरोधक (म्भतभचचभलत) को काम गर्दछ । राजनीतिक वा जातीय आवरणमा हुने हिंसा, राज्य पक्ष वा विद्रोही पक्षबाट हुने गैरन्यायिक हत्या, बेपत्ता, यातना र बलात्कारजस्ता मानवता विरोधी अपराधहरूलाई अक्षम्य अपराधका रूपमा वर्गीकरण गरी आममाफी दिन नमिल्ने कानुनी व्यवस्था सुनिश्चित गर्न रोम विधानले मार्गनिर्देश गर्दछ । न्यूजील्याण्ड र क्यानडाजस्ता मुलुकहरूले रोम विधान अंगीकार गरेपछि आफ्ना राष्ट्रिय कानुनहरूमा व्यापक सुधार गरी फौजदारी न्याय प्रणालीलाई अभूतपूर्व रूपमा सुदृढ बनाएका उदाहरणहरू हाम्रासामु छन् । नेपालले पनि रोम विधान अनुमोदन गर्दा अन्तर्राष्ट्रिय जगत्मा मानव अधिकारप्रतिको आफ्नो प्रतिबद्धता नवीकरण हुनेछ भने संयुक्त राष्ट्रसंघको विश्वव्यापी आवधिक समीक्षा (ग्एच्) का क्रममा नेपालले स्वीकार गरेका सिफारिसहरूको पालनसमेत हुनेछ ।

अन्तर्राष्ट्रिय न्याय दिवसको यस पावन अवसरमा सम्पूर्ण नागरिक समाज, मानव अधिकारकर्मी, कानुनी क्षेत्रका विज्ञ तथा आम सञ्चारमाध्यमका तर्फबाट सरकार र व्यवस्थापिका संसद्समक्ष प्रस्ट मागहरू अघि सारिएका छन् । पहिलो, पुनस्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नै रोम विधान अनुमोदन गर्न सरकारलाई दिएको सर्वसम्मत निर्देशनादेशलाई अविलम्ब कार्यान्वयन गर्दै नेपाल सरकारले रोम विधानको अनुमोदन÷संलग्नता प्रक्रिया अघि बढाउनुपर्छ । दोस्रो, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्दा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आममाफी नहुने, सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी पीडितमैत्री बनाइनुपर्छ । तेस्रो, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलाई स्रोत, साधन र स्वायत्तताले सम्पन्न बनाई विश्वसनीय बनाइनुपर्छ । चौथो, राष्ट्रिय मानव अधिकार आयोग र अदालतका आदेशहरू शतप्रतिशत कार्यान्वयन गरिनुपर्छ । र पाँचौँ, यातना, गैरन्यायिक हत्या र यौन हिंसालाई मुलुकी अपराध संहितामा अझ स्पष्ट र कठोर सजायको दायरामा ल्याएर राष्ट्रिय न्यायिक संयन्त्रको पूर्ण सबलीकरण गरिनुपर्छ ।

अन्ततः, दण्डहीनताको अन्त्य र कानुनी शासनको स्थापना बिना दिगो शान्ति र विकास सम्भव छैन । रोम विधान कुनै राजनीतिक एजेन्डा नभई न्याय, समानता र मानव अधिकारको विश्वव्यापी साझा दस्तावेज हो । विगतका घाउहरूमा मलम लगाउन, पीडितको न्याय पाउने मौलिक अधिकारको सम्मान गर्न र भविष्यका पुस्तालाई राज्य वा गैरराज्य पक्षबाट हुन सक्ने सम्भावित बर्बरताबाट जोगाउन नेपालले रोम विधानको अविलम्ब अनुमोदन गर्नु नै आजको ऐतिहासिक आवश्यकता हो । राज्यले न्यायका याचकहरूलाई अब धेरै समय उपेक्षा गर्नु हुँदैन; अन्तर्राष्ट्रिय न्याय दिवसले नेपाल सरकारलाई यही सत्य बोध गराउन सकोस् ।

Previous Post

बाँके : १२ जनाको नागरिकता रद्द

Next Post

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

मल गोदाममा मन्त्री–सांसद, सरकारको ध्यानाकर्षण

July 22, 2026
वीपी कोइरालालाई अर्को कोणबाट

वीपी कोइरालालाई अर्को कोणबाट

July 22, 2026
नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

July 22, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ

July 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version