For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी : ५ हजार बढी विद्यालय, १२ लाख बढी विद्यार्थी

byDainik Nepalgunj
September 29, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी : ५ हजार बढी विद्यालय, १२ लाख बढी विद्यार्थी
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा शैक्षिक पूर्वाधार र विद्यालयमा विद्यार्थीको पहुँच विस्तार हुँदै गए पनि प्रदेशका सबै तहको खुद भर्नादर राष्ट्रिय औसतभन्दा कम रहेको देखिएको छ । लुम्बिनी प्रदेश आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार शैक्षिक सत्र २०८२ मा प्रदेशमा कुल ५ हजार ७ सय ८६ विद्यालय सञ्चालनमा रहेका छन् । यो देशभर रहेका ३५ हजार ९ सय ५१ विद्यालयको १६.०९ प्रतिशत हो ।

प्रदेशमा रहेका विद्यालयमध्ये ४ हजार ४ सय ३८ सामुदायिक र १ हजार ३ सय ४८ संस्थागत विद्यालय छन् । देशका सात प्रदेशमध्ये विद्यालय संख्याका आधारमा कोशी प्रदेशमा सबैभन्दा बढी १९.२५ प्रतिशत विद्यालय रहेका छन् भने कर्णालीमा सबैभन्दा कम ९.०३ प्रतिशत विद्यालय छन् ।

लुम्बिनी प्रदेशका ४ हजार ४ सय ३८ सामुदायिक विद्यालयमा ३१ हजार ३ सय ४९ शिक्षक कार्यरत छन् । तीमध्ये ४५.१ प्रतिशत स्थायी, ३६.३ प्रतिशत राहत र १८.६ प्रतिशत अस्थायी शिक्षक रहेको सर्वेक्षणमा उल्लेख छ ।

शैक्षिक सत्र २०८२ मा देशभर कार्यरत कुल शिक्षक संख्यामध्ये लुम्बिनी प्रदेशमा मात्रै १७.४ प्रतिशत शिक्षक कार्यरत छन् । प्रदेशमा विद्यालयको संख्या र विद्यार्थीको चापसँगै शिक्षकको उपस्थिति पनि उल्लेख्य रहेको देखिन्छ ।

शैक्षिक सत्र २०८२ मा देशभर ७० लाख ४१ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । त्यसमध्ये लुम्बिनी प्रदेशमा १२ लाख ३६ हजार विद्यार्थी अध्ययनरत छन् । प्रदेशमा भर्ना भएका विद्यार्थीमध्ये छात्रको संख्या ५२.२ प्रतिशत र छात्राको संख्या ४७.८ प्रतिशत रहेको छ । देशका सातै प्रदेशमा छात्राको तुलनामा छात्रको संख्या बढी रहेको सर्वेक्षणले देखाएको छ ।

विद्यालयको प्रकारअनुसार हेर्दा देशभर भर्ना भएका विद्यार्थीमध्ये ६२.३ प्रतिशत सामुदायिक विद्यालयमा र ३७.७ प्रतिशत संस्थागत विद्यालयमा अध्ययनरत छन् । लुम्बिनी प्रदेशमा भने कुल १२ लाख ३६ हजार विद्यार्थीमध्ये ७ लाख ९५ हजार सामुदायिक विद्यालय र ४ लाख ४१ हजार संस्थागत विद्यालयमा भर्ना भएका छन् ।

यस तथ्यांकअनुसार लुम्बिनीमा सामुदायिक विद्यालयप्रतिको विद्यार्थीको निर्भरता संस्थागत विद्यालयको तुलनामा अझै बढी रहेको देखिन्छ । यसको विपरीत बागमती प्रदेशमा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा विद्यार्थी भर्ना बढी रहेको सर्वेक्षणले उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशका विद्यालयमा सबै तहको खुद विद्यार्थी भर्नादर राष्ट्रिय औसतभन्दा कम रहेको छ । कक्षा १ देखि ५ सम्मको खुद विद्यार्थी भर्नादरमा कर्णाली र बागमती प्रदेश १०० प्रतिशतसहित अगाडि छन् भने कोशी प्रदेशमा सबैभन्दा कम ९२.१ प्रतिशत रहेको छ । कक्षा ९ देखि १२ सम्मको खुद भर्नादर राष्ट्रिय औसत ३५.४ प्रतिशत छ । यस तहमा बागमती प्रदेशमा सबैभन्दा बढी ५१.८ प्रतिशत खुद भर्नादर रहेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम २०.९ प्रतिशत रहेको छ ।

लुम्बिनीमा विद्यालय शिक्षाको पहुँच विस्तार भए पनि विद्यार्थीलाई माथिल्लो तहसम्म निरन्तर अध्ययनमा जोडिराख्ने विषय अझै चुनौतीका रूपमा देखिएको छ ।

माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजाले पनि लुम्बिनी प्रदेशको शैक्षिक अवस्थाबारे अर्को चित्र प्रस्तुत गरेको छ । परीक्षामा देशभरबाट कुल ४ लाख ३० हजार विद्यार्थी सहभागी भएकामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडिङ भएका थिए ।

लुम्बिनी प्रदेशमा भने ६१.३४ प्रतिशत विद्यार्थी ग्रेडिङ भएका छन् । यसले प्रदेशको एसईई नतिजा राष्ट्रिय दरभन्दा कम रहेको देखाउँछ ।

पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी, शैक्षिक गुणस्तर सुधार तथा प्रयोगात्मक क्रियाकलापमा भएका प्रयासका कारण सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको सर्वेक्षणले जनाएको छ ।

लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमध्ये रूपन्देहीको बुटवल उपमहानगरपालिकामा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा ८ हजार २३९ विद्यार्थी अध्ययनरत रहेको सर्वेक्षणमा उल्लेख छ ।

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुमा विद्यालय व्यवस्थापन, शैक्षिक नेतृत्व, पूर्वाधार विकास, लगानी तथा प्रयोगात्मक शिक्षण पद्धतिमा भएको सुधारलाई प्रमुख कारणका रूपमा सर्वेक्षणले औंल्याएको छ ।

लुम्बिनी प्रदेश सरकारले विद्यालयको भौतिक पूर्वाधार विस्तारलाई पनि निरन्तरता दिएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेश सरकारमार्फत ४ सय ९४ वटा कक्षाकोठा र ४९ वटा विद्यालय शौचालय निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा भने प्रदेशमा ५ सय ५८ वटा कक्षाकोठा र ५७ वटा शौचालय निर्माण भएका थिए ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी साक्षरता दर भने बुटवल उपमहानगरपालिकामा रहेको छ । बुटवलको साक्षरता दर ९१.३ प्रतिशत रहेको छ । त्यसपछि तानसेन नगरपालिकाको साक्षरता दर ८९.०५ प्रतिशत र तिलोत्तमा नगरपालिकाको ८८.१ प्रतिशत रहेको छ ।

एकातर्फ बुटवल, तानसेन र तिलोत्तमाजस्ता स्थानीय तहमा साक्षरता दर ८८ प्रतिशतभन्दा माथि पुगेको छ भने अर्कोतर्फ नरैनापुरमा यो दर ५० प्रतिशतभन्दा पनि कम छ । यसले एउटै प्रदेशभित्र शिक्षा तथा साक्षरताको अवस्थामा स्थानीय तहअनुसार उल्लेख्य असमानता रहेको देखाउँछ ।

समग्र तथ्यांकले लुम्बिनी प्रदेशमा विद्यालय, शिक्षक र विद्यार्थीको संख्या उल्लेख्य रहेको तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कायम रहेको देखाउँछ । विद्यालय भवन, कक्षाकोठा, शौचालय निर्माण तथा छात्रवृत्तिजस्ता कार्यक्रम पनि सञ्चालनमा छन् । तर खुद भर्नादर राष्ट्रिय औसतभन्दा कम हुनु, एसईईमा ग्रेडिङ हुने विद्यार्थीको हिस्सा राष्ट्रिय दरभन्दा तल रहनु तथा स्थानीय तहबीच साक्षरता दरमा ठूलो अन्तर देखिनुले शिक्षा क्षेत्रमा अझै सुधारको आवश्यकता रहेको देखिन्छ ।
आर्थिक सर्वेक्षणका तथ्यांकले प्रदेशमा विद्यालय शिक्षाको विस्तार भइरहेको देखाए पनि शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफललाई विद्यार्थीको सिकाइ उपलब्धि, भर्नादर, निरन्तरता र साक्षरताको अवस्थामा अझ प्रभावकारी रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

Previous Post

पहिले प्रेम जाल अहिले जेल !

Next Post

नरेन्द्रको नेतृत्वमा काँग्रेस क्षेत्रीय समिति

Next Post
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

नरेन्द्रको नेतृत्वमा काँग्रेस क्षेत्रीय समिति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

November 14, 2026
छठमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि कार्यालय बन्द

छठमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि कार्यालय बन्द

November 13, 2026
आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने

सहकारीले थाल्यो धान खरिद

November 13, 2026
आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने

आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने

November 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version