For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पहिले प्रेम जाल अहिले जेल !

byDainik Nepalgunj
September 29, 2026
in News, मुख्य समाचार
0 0
0
पहिले प्रेम जाल अहिले जेल !
Share on FacebookShare on Twitter

‘हनी ट्रयाप’मा लाखौं असुलेको आरोप लागेकी महिला पक्राउ

एउटा महिला कतिसम्म खतरनाक हुन सक्छन् ? आफ्नो रुप र यौवनको आवरणलाई प्रेम जालका रुपमा फ्याँकेर पर्ने युवाहरुबाट कतिसम्म आर्थिक अपराध गर्न सक्छन् होला ? यसैमा कतिको जीवन र यौवनको बरबादी भएको होला ? यी सबै प्रश्नको उत्तर एउटै महिलाबाट खोज्ने बाँके प्रहरीको एक महिनादेखिको प्रयास सफल भएको छ ।

घटना १

कानुनी अविवाहित ती महिलाको रुप र यौवनको आवरणलाई आकर्षण मानेर नजिकिएका युुवा प्रेम जालमा पर्छन् । केही महिना रमाइलो चल्छ, दुबै अविवाहित भएकाले विवाहका योजना बन्छन्, विवाह पूर्व सम्बन्ध स्थापना हुन्छ । शुरु हुन्छ, महिलाको कारोबार !

‘पुरै फिल्मी छ, कथा !’ अनुसन्धानमा खटिएका एक अधिकारी दैनिक नेपालगन्जसँग भन्छन्, ‘डेन्जर रैछन यी महिला त !’ प्रेमिकाको माग धान्नै नसक्ने भएपछि भएको जग्गा पास गरेर युवा विदेशिए, यहाँ परिवार पुरै तनावमा पर्यो । केही बोले फोटो, भिडियो सार्वजनिक गरिदिने, खुलेर बोलेका कल रेकर्ड त प्रमाण हुनेनै भए, बलात्कार गरेको अभियोगमा जेल पुर्याइदिने धम्की ।

जग्गा पास गरेका युवा विदेश गएपछि महिला अर्काे ‘मुर्गा’को खोजीमा…

घटना नम्बर २

विवाहितसँगको अर्काे संगत शुरु हुन्छ । सम्बन्ध व्यवसायिक साझेदारका रुपमा । विस्तारै महिलाको व्यवसाय त ‘प्रेम जालको आकर्षण, यौनपछिको असुली । ‘यो घटना अझै डरलाग्दो पो छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘मेरो लागेको ऋण तिरिदे भनेर मासिक ४० हजार रुपिया ति व्यक्तिले तिर्दै आएको बैंक स्टेटमेन्टबाटै देखिन्छ ।’ अनुसन्धान भइरहेकाले धेरै कुरा खुल्दै जाने संकेत गर्दै उनले भने, ‘कम्तिमा दुई वर्षदेखि यो दोस्रो व्यक्तिलाई हनी ट्रयापमा पारिरहेको देखिन्छ ।’

घटना नम्बर ३

‘हमेसाजस्तै विजनेश पार्टनरकोखोजिमा रहेकी यी महिलाले बैजनाथ –२ का सामान्य व्यक्तिलाई निशाना लगाउँछिन्, ठ्याक्कै मुर्गा पनि भनेजस्तै भेटिन्छन्,’ प्रहरी स्रोत भन्छ, ‘विजनेश पार्टनरसीपका लागि १८ लाख बुझ्दासम्म दुवैबीच अनैतिक सम्बन्धको स्थापना हुन्छ ।’ प्रेमजालमा परिसकेका ती युवासँग महिलाले २८ लाखको एउटा चेक बुझेपछि ‘कम तौलको मुर्गा’ बाट महिला टाढिन्छिन् । ‘२८ लाख भुक्तानी नगरे चेक बाउन्समा मुद्दा हाल्छु भनेपछि युवा बाँके प्रहरी पुग्छन्, एउटा उजुरी दर्ता गराउँछन्, प्रहरी मिहिन अध्ययन शुरु गर्छ ।

त्यसको पत्तो नपाएकी महिलाले चेक बाउन्समा हालेपछि प्रहरी परिसर काठमाडौले युवालाई पक्राउका लागि खोजी गर्छ, पक्राउ गरेरै हिरासतमा पुर्याउँछ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, यसको जानकारी पाउँछन्, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जीसीले, जसलाई ती युवाले एक महिनाअघिनै पीडादायी हनीट्रयापका व्यथा बिसाएका थिए ।

ंंंं८८८

प्रेम सम्बन्ध र शारीरिक सम्बन्धको जालमा पारेर एक पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई लाखौ रुपैयाँ असुलेको आरोपमा बाँके प्रहरीले एक महिलालाई पक्राउ गरेको सोमवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले २०८३ असोज ५ गते पक्राउ गरेको हो । ‘यी महिलासँग अरुपनि पीडित भएका हुनसक्ने भएकाले यसलाई ढिलैभएपनि सार्वजनिक गरिएको हो,’ एकसातापछि किन त यो घटना सार्वजनिक गरिएको ? दैनिक नेपालगन्जको जिज्ञासामा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जीसीले भने, ‘सिरियल इन्सिडेन्टहरु होलान् जस्तो देखिन्छ ।’ उनले यसखालका घटनाबाट सचेत बनाउन पनि आवश्यक रहेको बताए ।

बाँके प्रहरीका अनुसार, श्रेष्ठले बैजनाथ गाउँपालिका–२ बस्ने ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजना बनाएर माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेकी थिइन् । त्यसपछि ती पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की देखाएर पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडित पुरुषले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाले ती पुरुषबाट हालसम्म १८ लाख नगद रुपैयाँ असुलेको देखिएको छ । २८ लाखको चेक लिएकी महिलाले रकम माग्ने र असुल्ने क्रम नरोकिएपछि पीडित पुरुष प्रहरीको सम्पर्कमा पुगेका थिए ।

प्रहरीले घटनालाई ‘हनी ट्रयाप’मार्फत आपराधिक लाभ लिएको घटनाका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । केही समयदेखि फरार रहेकी श्रेष्ठलाई पक्राउ गरेपछि घटनासँग जोडिएका अन्य पक्षबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको बताए । ‘घटनाबारे अनुसन्धानमा छौं,’ उनले दैनिक नेपालगन्जसँग भने ।

प्रहरीले घटनामा अन्य पुरुष पनि पीडित भएको हुनसक्ने आशंका गरेको छ । श्रेष्ठविरुद्ध थप उजुरी आए त्यस विषयमा समेत अनुसन्धान गरिने बाँके प्रहरीले जनाएको छ । अहिलेसम्म प्राप्त उजुरी र प्रारम्भिक अनुसन्धानका आधारमा घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

रोचक कुरा त के भने, यीनै महिलाको चेक बाउन्सको उजुरीमा युवा प्रहरी परिसरमा अनुसन्धानका लागि थुनिएका छन् । बाँके प्रहरीले यो कुराको जानकारी पाएपछि विशेष टोली बनाएर महिलाको खोजीका लागि राजधानी पठाएको थियो । पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा घटनाका श्रृंखलाबद्ध खुलासा भएको प्रहरीले जनाएको छ ।

Previous Post

काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

Next Post

लुम्बिनी : ५ हजार बढी विद्यालय, १२ लाख बढी विद्यार्थी

Next Post
लुम्बिनी : ५ हजार बढी विद्यालय, १२ लाख बढी विद्यार्थी

लुम्बिनी : ५ हजार बढी विद्यालय, १२ लाख बढी विद्यार्थी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी : ५ हजार बढी विद्यालय, १२ लाख बढी विद्यार्थी

लुम्बिनी : ५ हजार बढी विद्यालय, १२ लाख बढी विद्यार्थी

September 29, 2026
पहिले प्रेम जाल अहिले जेल !

पहिले प्रेम जाल अहिले जेल !

September 29, 2026
काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

September 29, 2026
महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

September 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version