नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ को नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।
क्षेत्र नम्बर १ मा बर्तमान क्षेत्रीय सभापति पोषण केसी र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्य प्यानल बनाएरै निर्वाचनमा होमिएका बेला सहमतिका लागि मतदानमा ढिलाई भएको बताइएको छ ।
मंगलबार दिउँसो मतदान स्थलमा निर्वाचन अधिकारीहरु मात्रै देखिन्थ्ये । ९ सय मतदाता रहेको क्षेत्र नं. १ मा मतदानको टुंगो नलागेपछि मतदाता अन्योलमा रहेका छन् ।
पार्टीका केन्द्रीय नेता र उम्मेदवारहरु छलफलमा रहेको बताइएको छ ।





























