For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

मलाई ठिक छ

byDainik Nepalgunj
September 29, 2026
in Health, विचार
0 0
0
मलाई ठिक छ
Share on FacebookShare on Twitter

मुटु दिवस रहेछ। मुटुको कुरा गर्दा एउटा वाक्य धेरै सुनिन्छ—“मुटु दह्रो हुनुपर्छ।” मैले पनि यो कुरा धेरै पटक सुनेको छु। आफ्नो मुटु दह्रो नै छ जस्तो लाग्थ्यो। स्वस्थ पनि छ भन्ने लाग्थ्यो।

म नियमित हिँड्थेँ। उकाली–ओराली गर्न गाह्रो लाग्दैनथ्यो। साइकल चलाउँथेँ। हाइकिङ मेरो नियमित गतिविधि थियो। लामो पदयात्रा पनि मज्जैले गरिन्थ्यो। त्यसैले मलाई आफ्नो मुटु स्वस्थ नै छ भन्ने विश्वास थियो। शरीर सक्रिय छ भने मुटु पनि स्वस्थ नै होला भन्ने सोच थियो।

एकदिन अचानक मुटु दुख्यो त्यो क्षण सम्झँदा अहिले पनि शरीरमा एक किसिमको डर पैदा हुन्छ। मुटु दुख्दा संसारमा अरू कुनै दुखाइ छैन जस्तो लाग्दो रहेछ। शरीर आफैँ काप्न थाल्यो। मन आत्तियो। केही समयअघिसम्म सामान्य लागिरहेको जीवन एकाएक फरक भयो।

त्यो दिन मैले पहिलो पटक मुटुको वास्तविक महत्व बुझें।

मुटु हाम्रो शरीरको एउटा अंग हो भनेर पढेका थियौँ। तर मुटुमा समस्या आएपछि मात्र थाहा हुँदो रहेछ—मुटुसँग हाम्रो जीवनका सबै कुरा जोडिएका छन्। परिवार, साथीभाइ, काम, सपना, भविष्य र आफूले बाँचिरहेको सामान्य जीवन सबै मुटुको धड्कनसँग जोडिएका रहेछन्।

त्यसपछि अस्पताल, जाँच, रिपोर्ट, उपचार र औषधिको क्रम सुरु भयो। धेरै कुरा नयाँ थिए। धेरै कुरा बुझ्न बाँकी थियो। कतिपय कुरा सुन्दा डर पनि लाग्थ्यो। तर जीवन रोकिएन।

डाक्टरले सोध्नुभयो, “कस्तो छ अहिले?”

मैले भनेँ, “मलाई ठिक छ।”

साथीहरूले सोधे, “कस्तो छ अहिले तलाई?”

मैले भनेँ, “मलाई ठिक छ।”

परिवारले सोध्यो, “अहिले कस्तो छ?”

मैले फेरि भनेँ, “मलाई ठिक छ।”

छिमेकीले सोधे। देश–विदेशबाट फोन र सन्देश आए। सबैको प्रश्न एउटै थियो—“कस्तो छ?”

मेरो उत्तर पनि एउटै थियो—“मलाई ठिक छ।”

सायद उनीहरूलाई ढुक्क बनाउन मैले त्यसो भनेँ। सायद आफूलाई पनि ढुक्क बनाउन यही शब्द दोहोराएँ।

तर एक दिन मैले आफैँलाई सोधेँ—“कस्तो छ तलाई?”

केही बेर सोचें। अनि फेरि आफैँलाई भनेँ—“ठिक छ मलाई।”

तर यो “ठिक छ” भन्न सधैँ सजिलो हुँदैन रहेछ।

कहिलेकाहीँ यति भन्दा पनि मुटु चसक्क हुन्छ। मन ढक्क फुल्छ। ढुकढुकी बढ्छ। केही क्षणका लागि पुरानो घटना सम्झिन्छु। अनि फेरि आफैँलाई सम्झाउँछु—मुटु दह्रो बनाऊ। डराउनु हुँदैन। उपचार भइरहेको छ। जीवन अघि बढाउनुपर्छ।
पहिले मैले मुटु दह्रो हुनुको अर्थ अर्कै तरिकाले बुझेको रहेछु। धेरै हिँड्न सक्नु, उकाली–ओराली गर्न सक्नु, साइकल चलाउन सक्नु, लामो यात्रा गर्न सक्नु र शरीरलाई सक्रिय राख्न सक्नु नै मुटु दह्रो हुनु हो भन्ने लाग्थ्यो।

अहिले बुझ्दैछु—मुटु दह्रो हुनु भनेको शरीरको बल मात्र होइन रहेछ।
समस्या आएपछि आफूलाई सम्हाल्नु पनि मुटु दह्रो हुनु रहेछ। डर लाग्दा पनि उपचारका लागि अघि बढ्नु मुटु दह्रो हुनु रहेछ। कमजोर महसुस हुँदा पनि आशा नछोड्नु मुटु दह्रो हुनु रहेछ। आफ्ना मानिसहरूको माया र चिन्तालाई बुझ्नु पनि मुटु दह्रो हुनु रहेछ।

मुटुको समस्यापछि स्वास्थ्यलाई हेर्ने मेरो दृष्टिकोण पनि बदलिएको छ।
पहिले बिहान उठेर हिँड्नु, काममा जानु, साथीहरूसँग भेट्नु, साइकल चलाउनु, यात्रा गर्नु—यी सबै सामान्य कुरा लाग्थे। अहिले यिनै सामान्य कुराहरू जीवनका महत्वपूर्ण खुसीजस्ता लाग्छन्।

बिहान उठेर आफू ठीक छु भन्ने महसुस गर्नु पनि ठूलो कुरा रहेछ। आफ्ना मानिसहरूसँग कुरा गर्न पाउनु ठूलो कुरा रहेछ। आफ्नै खुट्टाले हिँड्न पाउनु ठूलो कुरा रहेछ। भोलिको दिनको योजना बनाउन पाउनु पनि ठूलो कुरा रहेछ।
हामी स्वस्थ हुँदा स्वास्थ्यको मूल्य कमै बुझ्छौँ। शरीरले साथ दिइरहेको हुन्छ, त्यसैले त्यसलाई सामान्य ठान्छौँ। तर स्वास्थ्यमा समस्या आएपछि मात्र थाहा हुन्छ—स्वस्थ हुनु नै सबैभन्दा ठूलो सम्पत्ति रहेछ।

त्यसैले मुटु दिवसको अवसरमा म आफूलाई पनि केही कुरा सम्झाउन चाहन्छु।
आफ्नो शरीरको कुरा सुन्नुपर्छ। रक्तचाप, मधुमेह, कोलेस्ट्रोलजस्ता कुरामा ध्यान दिनुपर्छ। नियमित स्वास्थ्य जाँच गर्नुपर्छ। असामान्य लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन। “मलाई केही हुँदैन” भन्ने सोच सधैँ सही नहुन सक्छ।

अझ महत्वपूर्ण कुरा, स्वास्थ्यलाई समस्या आएपछि मात्र होइन, स्वस्थ हुँदा पनि जीवनलाई महत्व दिनुपर्छ।

आज पनि कहिलेकाहीँ पुरानो घटना सम्झँदा मुटु चसक्क हुन्छ। मन ढक्क फुल्छ। ढुकढुकी बढ्छ। तर अब म त्यसलाई डरको रूपमा मात्र लिँदिनँ। त्यो मेरो जीवनप्रतिको सचेतना पनि हो।

त्यस बेला केही बेर रोकिन्छु। आफ्नो मुटुको धड्कन सुन्छु। अनि आफैँलाई भन्छु—
“मलाई ठिक छ।”

सायद म पहिले जस्तो छैन। सायद मेरो जीवनमा केही सावधानी थपिएको छ। केही डर पनि थपिएको छ। तर एउटा कुरा पनि थपिएको छ—जीवनप्रतिको मूल्यबोध।
अब हिँड्दा हिँडाइको महत्व थाहा हुन्छ। परिवारसँग बस्दा त्यो समयको महत्व थाहा हुन्छ। साथीको फोन आउँदा त्यो सम्बन्धको महत्व थाहा हुन्छ। बिहान आँखा खुल्दा अर्को दिन पाएको अनुभूति हुन्छ।

मुटुले मलाई एउटा कुरा सिकाएको छ—जीवनलाई सामान्य भनेर कहिल्यै नलिनु।
आज मुटु दिवसमा म ठूलो सन्देश दिन चाहन्नँ। केवल यति भन्न चाहन्छु—मुटु स्वस्थ राखौँ, आफ्नो स्वास्थ्यप्रति सचेत बनौँ र शरीरले दिएको संकेतलाई बेवास्ता नगरौँ।
र यदि कहिलेकाहीँ डर लाग्यो भने पनि आफूलाई सम्झाऔँ—

मुटु दह्रो बनाऊ।
जीवन अझै बाँकी छ।
अनि म आफैँलाई जस्तै फेरि भनौँ—
“मलाई ठिक छ।”

Previous Post

परिषदमा गाभियो पर्यटन प्रवर्द्धन मञ्च

Next Post

चिन्ताजनक ‘मुटु रोग’

Next Post
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

चिन्ताजनक ‘मुटु रोग’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

September 30, 2026
निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

September 30, 2026
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

चिन्ताजनक ‘मुटु रोग’

September 30, 2026
मलाई ठिक छ

मलाई ठिक छ

September 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version