For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

byDainik Nepalgunj
October 3, 2026
in News
0 0
0
होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना
Share on FacebookShare on Twitter

होप इन्टरनेशनल एकेडेमी विकासनगर–२, नेपालगञ्जमा शुक्रबार बिहान कक्षा १ देखि १२ सम्मका ३५० भन्दा बढी विद्यार्थी तथा शिक्षकले सामूहिक योग साधना गरेका छन्। विद्यार्थीमा स्वस्थ जीवनशैली, आत्मअनुशासन, एकाग्रता, सकारात्मक सोच र मानसिक शान्तिको विकास गर्ने उद्देश्यले आयोजित योग साधना कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवात ॐकार ध्वनि, राष्ट्रिय गान तथा ‘ॐ भूर्भुवः स्वः’ गायत्री मन्त्रको उच्चारणबाट गरिएको थियो। त्यसपछि योगगुरुहरूको निर्देशनमा विद्यार्थी तथा शिक्षकले विभिन्न योगासन, प्राणायाम, ध्यान, श्वास–प्रश्वास नियन्त्रण तथा मानसिक एकाग्रतासम्बन्धी अभ्यास गरेका थिए। योगमय संगीतको तालसँगै गरिएको सामूहिक योगाभ्यासले कार्यक्रमलाई थप ऊर्जाशील र आकर्षक बनाएको थियो।

योग साधनाका क्रममा योगगुरु एवं पतञ्जली योग समिति बाँकेका कानुनी सल्लाहकार अधिवक्ता बसन्त गौतमले योग केवल शारीरिक व्यायाम नभई स्वस्थ शरीर, शान्त मन, सकारात्मक सोच र अनुशासित जीवन निर्माण गर्ने समग्र अभ्यास भएको बताउनुभयो। उहाँले विद्यार्थीले दैनिक जीवनमा आत्महेरचाह, ध्यान, समयको सदुपयोग, सकारात्मक सोच र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

गौतमले आमाबुबा तथा गुरु–शिक्षकप्रति सम्मान र सबै मानिसप्रति प्रेम, सद्भाव तथा करुणाको भावना विकास गर्न पनि विद्यार्थीलाई आग्रह गर्नुभयो। पछिल्लो समय बालबालिकासमेत नसर्ने रोगको जोखिममा पर्न थालेको सन्दर्भ उल्लेख गर्दै उहाँले जंक फुडबाट टाढा रही सन्तुलित तथा पौष्टिक आहार, नियमित योग–व्यायाम, सत्कर्म र सकारात्मक सोचको विकास गर्न सके स्वस्थ तथा जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने बताउनुभयो। साथै, बाबुआमाले गरेको लगानी र देखेको सपना पूरा गर्न विद्यार्थीले अनुशासित र लगनशील भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा पतञ्जली योग समिति बाँकेका अध्यक्ष पुष्कर आचार्यले योग, स्वास्थ्य, अनुशासन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धबारे धारणा राख्नुभयो। उहाँले योगलाई नियमित जीवनशैलीको हिस्सा बनाउनुपर्ने बताउनुभयो।

त्यसैगरी पतञ्जली योग समिति बाँकेका योगगुरुहरू दुर्गा चौधरी, पुष्कर आचार्य, हीरा रावल, नयनसिंह धामी तथा योगगुरु बसन्त गौतमले विद्यार्थी तथा शिक्षकलाई विभिन्न योगासन, प्राणायाम र ध्यान साधनाको अभ्यास गराउनुभएको थियो। योगगुरुहरूले नियमित योगाभ्यासले शरीरलाई स्वस्थ र लचिलो राख्नुका साथै मनलाई शान्त, विचारलाई सकारात्मक र व्यवहारलाई अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। प्रशिक्षणका क्रममा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका प्रभारी योगगुरु दुर्गा चौधरीले योग प्रशिक्षणका क्रममा विद्यार्थीले आफ्ना गुरुजन तथा जन्म दिने आमाबुबाप्रति आदर–सम्मान गर्ने संस्कार सिक्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थी जीवनमा मेहनत र लगनशीलताका साथ अध्ययन गर्नुका साथै असल कर्म र सकारात्मक आचरणलाई आत्मसात् गर्न सके जीवन सफल बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

‘शिक्षाको उद्देश्य असल विद्यार्थी मात्र होइन, असल नागरिक निर्माण गर्नु हो’
कार्यक्रममा होप इन्टरनेशनल एकेडेमी प्लस टु कार्यक्रमका संयोजक रमेश कुमार पाण्डेयले विद्यार्थी जीवनमा योग र ध्यानको नियमित अभ्यासले अध्ययनमा एकाग्रता बढाउनुका साथै व्यवहारमा अनुशासन र सकारात्मकता विकास गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले शिक्षाको उद्देश्य परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थी मात्र नभई असल र जिम्मेवार नागरिक निर्माण गर्नु पनि भएको धारणा व्यक्त गर्नुभयो।
होप ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपालकी उपाध्यक्ष सरस्वती मल्लले योग मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

त्यस्तै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष एवं होप इन्टरनेशनल एकेडेमीका अध्यक्ष सुरेश कुमार गौतमले योग साधना प्रत्येक व्यक्तिको सरोकारको विषय भएको बताउँदै विद्यालयमा सञ्चालन गरिएको यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा होप इन्टरनेशनल एकेडेमीकी इन्चार्ज पूर्णिमा मैठुले विद्यालयका तर्फबाट स्वागत मन्तव्य राख्दै विद्यार्थी जीवनमा योग साधनाको महत्वबारे प्रकाश पार्नुभयो।
विद्यार्थीका लागि योग किन महत्वपूर्ण ?

विद्यार्थी जीवन शारीरिक, मानसिक र भावनात्मक विकासको महत्वपूर्ण चरण हो। यस अवस्थामा नियमित योगाभ्यासले शरीरलाई सक्रिय र स्वस्थ राख्न, मनलाई शान्त बनाउन, अध्ययनमा एकाग्रता बढाउन तथा आत्मअनुशासन र धैर्य विकास गर्न सहयोग पुर्‍याउँछ। ध्यान र प्राणायामले श्वासप्रश्वासप्रति सजगता तथा मानसिक स्थिरता विकास गर्न सहयोग गर्ने भएकाले विद्यार्थीको अध्ययन र दैनिक व्यवहारमा समेत यसको सकारात्मक प्रभाव पर्न सक्छ।

योगले विद्यार्थीलाई आफ्नो शरीर, विचार र व्यवहारप्रति सचेत बनाउँदै स्वस्थ खानपान, नियमित दिनचर्या, समयको सदुपयोग र सकारात्मक सोचतर्फ प्रेरित गर्न सक्छ। त्यसैले विद्यालय तहमा योगलाई केवल शारीरिक अभ्यासका रूपमा नभई स्वस्थ शरीर, शान्त मन, सकारात्मक विचार र अनुशासित व्यवहार विकास गर्ने जीवनोपयोगी अभ्यासका रूपमा अघि बढाउनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए।

योग प्रशिक्षकहरूले विद्यार्थीले कार्यक्रममा सिकेका योगासन, प्राणायाम र ध्यानलाई एकदिने अभ्यासमा सीमित नराखी दैनिक जीवनको नियमित अभ्यास र व्यवहारमा उतार्नुपर्ने बताएका थिए।

अस्वस्थ जीवनशैली परिवर्तनमा जोड
कार्यक्रमले विद्यार्थीमा देखिन सक्ने अनियमित दिनचर्या, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा नकारात्मक सोचलाई क्रमशः परिवर्तन गर्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
योग प्रशिक्षकहरुका अनुसार सानै उमेरदेखि योग, ध्यान, अनुशासन, स्वस्थ खानपान र सकारात्मक सोचको संस्कार विकास गर्न सके विद्यार्थी भविष्यमा आफ्नो पेशागत जीवनसँगै समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्छन्। योग साधनाले भविष्यमा चिकित्सक, इन्जिनियर, वैज्ञानिक, सामाजिक अभियन्ता, राष्ट्रसेवक तथा विभिन्न क्षेत्रमा दक्ष जनशक्ति बन्न आवश्यक आत्मअनुशासन, एकाग्रता, धैर्य र सकारात्मक सोच विकास गर्न सकिन्छ

हरेक शुक्रबार नियमित योग साधना
होप इन्टरनेशनल एकेडेमीले योग साधनालाई एकदिने कार्यक्रमका रूपमा मात्र सीमित नराखी आगामी दिनमा हरेक शुक्रबार नियमित अतिरिक्त क्रियाकलापका रूपमा योग साधना सञ्चालन गर्ने जनाएको छ।

विद्यालयले शिक्षालाई पाठ्यपुस्तक र परीक्षामा मात्र सीमित नराखी विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा भावनात्मक विकासलाई समेत प्राथमिकता दिने जनाएको छ। स्वस्थ शरीर, शान्त मन, सकारात्मक सोच र अनुशासित व्यवहार भएका विद्यार्थी नै भविष्यमा देशका लागि योग्य तथा जिम्मेवार जनशक्ति बन्न सक्ने विद्यालयको धारणा छ।

होप इन्टरनेशनल एकेडेमी, उपभोक्ता हित संरक्षण मञ्च बाँके, होप ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपाल तथा पतञ्जली योग समिति बाँकेको सहकार्यमा आयोजित कार्यक्रमले विद्यार्थी, शिक्षक तथा सरोकारवालाबीच योग, स्वस्थ जीवनशैली र विद्यार्थीको समग्र विकासमा योग साधनाको महत्वबारे सकारात्मक सन्देश दिएको होप इन्टरनेशनल एकेडेमीका अध्यक्ष सुरेश कुमार गौतमले जानकारी दिनु भयो ।

Previous Post

समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

October 3, 2026
समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

October 3, 2026
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

October 3, 2026
नेपालगन्जका सडकमा अस्तव्यस्त पार्किङ

नेपालगन्जका सडकमा अस्तव्यस्त पार्किङ

October 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version