For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

byDainik Nepalgunj
October 5, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन
Share on FacebookShare on Twitter

प्रेम सम्बन्धको आवरणमा पुरुषलाई नजिक्याउने, शारीरिक सम्बन्ध स्थापित भएपछि विभिन्न मुद्दामा फसाइदिने धम्की दिने र त्यही डर देखाएर लाखौं रुपैयाँ तथा सम्पत्ति असुल्ने गरेको आरोपमा पक्राउ परेकी सविता श्रेष्ठविरुद्ध पीडितका व्यथा थपिँदै गएका छन् ।

बाँके प्रहरीले अनुसन्धान अघि बढाएपछि श्रेष्ठबाट पीडित भएको दाबी गर्दै हेटौंडाबाट एउटा परिवार औपचारिक जाहेरी दिन नेपालगन्ज आइपुगेको छ । यससँगै अनुसन्धानका क्रममा यसअघि खुलेका घटनासँग मिल्दोजुल्दो प्रकृतिका थप विवरणसमेत प्रहरीको सम्पर्कमा आउन थालेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी ३० वर्षीया श्रेष्ठलाई बाँके प्रहरीले गत असोज ५ गते हनी ट्रयापमा पारेर आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरेको थियो । प्रेम सम्बन्ध र शारीरिक सम्बन्धको जालमा पारेर एक पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई लाखौं रुपैयाँ असुलेको आरोप उनीमाथि छ ।

प्रहरीले श्रेष्ठ पक्राउ परेको घटना सार्वजनिक गरेपछि हेटौंडाबाट एक परिवार आइतबार नेपालगन्ज आइपुग्यो । उनीहरूले प्रहरीमा नयाँ उजुरी दर्ता गराएका छन् । उजुरी दिन आएका पीडित युवककी आमा र दिदीले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरे । उनीहरूले श्रेष्ठकै कारण आफ्नो परिवार आर्थिक र मानसिक संकटमा परेको दाबी गरे ।

पीडित युवक हाल वैदेशिक रोजगारीमा रहेको उनकी आमाले बताइन् । सामाजिक सञ्जालमार्फत कुराकानी सुरु भएपछि श्रेष्ठले छोरालाई प्रेमजालमा पारेको उनको भनाइ छ । छोरालाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिइएपछि परिवार तनावमा परेको उनले बताइन् ।

‘छोरा केही समयको लागि नेपाल आउने जाने गथ्र्यो, श्रेष्ठले जबर्जस्ती करणीमा फसाउँने धम्की पछि परिवार शोकमा पर्दा समेत छोरा नेपाल आउन सकेन’, उनले दैनिक नेपालगन्जसँग भनिन् । उनका अनुसार, श्रेष्ठले पैसा असुल्नुका साथै घरमै पुगेर परिवारलाई धम्की दिने र विवाद गर्ने गरेकी थिइन् । त्यसबाट परिवारले लामो समय तनाव झेल्नुपरेको उनले बताइन् ।

‘हाम्रो परिवारलाई आर्थिक क्षति त पुर्याइकी थिई, घरमै पुगेर झगडा गर्ने, धम्की दिने गर्दा निकै तनाव झेल्नुपर्यो’, बोहराले भनिन्, ‘१६ लाख ५८ हजार नगद श्रेष्ठले असुलिन् ।’ नगद लिएपछि पनि माग रोकिएन । श्रेष्ठले घर र जग्गासमेत माग गरेको परिवारको आरोप छ । पीडितका अनुसार घर दृष्टिबन्धक गरेर ५० लाख रुपैयाँको जग्गा श्रेष्ठको नाममा खरिद गरिदिनुपरेको थियो ।

‘घरमै पुगेर श्रेष्ठले आफ्नो परिवारसँग थप रकम तथा जग्गा माग गरेको’ उनले बताइन् । श्रेष्ठले आफ्नो नाममा आएको ५० लाख रुपैयाँ मूल्यको जग्गा बैंकमा राखेर ४० लाख रुपैयाँ ऋणसमेत निकालेको पीडितकी आमाले बताइन् । उनका अनुसार, छोरासँग श्रेष्ठले थप असुलेको सम्पत्तिको प्रमाण परिवारले जुटाइरहेको छ ।

घटना यतिमै रोकिएन । श्रेष्ठले घरमा पुगेर विवाद गरेपछि परिवारका कान्छा छोराले विवाहको प्रमाण मागेका थिए । त्यसपछि उनीविरुद्ध प्रहरीमा कुटपिट गरेको आरोपमा मुद्दासमेत दर्ता भएको उनले बताइन् । उक्त मुद्दामा कान्छो छोरा २२ दिन हिरासतमा बसेपछि धरौटीमा छुटेको आमाले जानकारी दिइन् ।

पीडित परिवारले श्रेष्ठको पक्राउबारे समाचार सार्वजनिक भएपछि मात्रै विगतमा आफूहरूमाथि भएको घटनालाई प्रहरीसम्म पुर्याउने निर्णय गरेको बताएको छ । उनीहरूका अनुसार, छोरामाथि निरन्तर मुद्दा लगाइदिने धम्की आउँदा वैदेशिक रोजगारीमा रहेका उनलाई नेपाल फर्किनसमेत कठिन भएको थियो ।

बाँकेको बैजनाथ गाउँपालिकाका अर्का पुरुषको घटना पनि यही प्रकृतिसँग जोडिएको प्रहरीले जनाएको छ । पीडित ती पुरुषका अनुसार, इनड्राइभ गर्दा काठमाडौंमा श्रेष्ठसँग भेट भएको थियो । सामान्य चिनजानबाट सुरु भएको सम्बन्ध विस्तारै पैसाको कारोबारतर्फ पुगेको उनको भनाइ छ ।

‘मेरा ४० लाख जति नगद र गहना लगेकी छ’, बैजनाथका पीडित पुरुषले दैनिक नेपालगन्जसँगको सम्पर्कमा भने । पीडक श्रेष्ठले विभिन्न बहाना बनाएर पैसा माग्न थालेको र पछि जबर्जस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्न थालेपछि प्रहरीमा उजुरी दिएको पीडित पुरुषले बताए । प्रहरीमा परेको उजुरीका आधारमा बाँके प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो ।

प्रहरी स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले ती पुरुषबाट हालसम्म १८ लाख रुपैयाँ नगद असुलेको देखिएको छ । ती पुरुषबाट श्रेष्ठले २८ लाख रुपैयाँको चेकसमेत लिएको अनुसन्धानमा खुलेको छ । रकम माग्ने र असुल्ने क्रम नरोकिएपछि उनी प्रहरीको सम्पर्कमा पुगेका थिए ।

२८ लाख रुपैयाँ भुक्तानी नगरे चेक बाउन्सको मुद्दा हाल्ने धम्की दिएपछि पीडित पुरुषले बाँके प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले घटनाका विभिन्न पक्षबारे अध्ययन सुरु गरेको थियो । तर, त्यसको जानकारी नपाएकी श्रेष्ठले चेक बाउन्सको प्रक्रिया अघि बढाएपछि काठमाडौंस्थित प्रहरी परिसरले ती पुरुषलाई पक्राउ गर्न खोजी थालेको थियो । उनी पक्राउ परेर हिरासतमा पुगेपछि घटनाले अर्को मोड लिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बताउँछन् ।

यही घटनाबारे एक महिनाअघि नै ती पुरुषले बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीलाई आफ्नो पीडा सुनाएका थिए । काठमाडौंमा पक्राउ परेको जानकारी पाएपछि बाँके प्रहरी नेतृत्वले घटनालाई थप गम्भीरताका साथ अनुसन्धानमा जोडेको प्रहरी स्रोतको भनाइ छ ।

अनुसन्धानका क्रममा श्रेष्ठले एउटै प्रकृतिको तरिका पटकपटक अपनाएको देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । सुरुमा अविवाहित पुरुषसँग प्रेम सम्बन्ध स्थापित गर्ने, सम्बन्धलाई विवाहसम्म पुर्याउने आशा देखाउने र त्यसपछि शारीरिक सम्बन्धलाई नै दबाब तथा असुलीको माध्यम बनाउने गरेको अनुसन्धानबाट देखिएको उनीहरूको भनाइ छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार, पहिलो घटनामा पनि श्रेष्ठले अविवाहित युवालाई प्रेम सम्बन्धमा पारेर केही महिनासम्म सम्बन्ध अघि बढाएकी थिइन् । दुवै अविवाहित भएकाले विवाहको योजनासमेत बनेको थियो । विवाहअघि नै उनीहरूबीच शारीरिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि युवामाथि आर्थिक दबाब बढेको प्रहरी अधिकारीको भनाइ छ । प्रेमिकाको माग धान्न नसकेपछि ती युवाले आफ्नो जग्गासमेत पास गरेर विदेशिनुपरेको अनुसन्धानबाट खुलेको उनले बताए । युवक विदेश गएपछि परिवार भने थप तनावमा परेको थियो । त्यही परिवार पनि अहिले बाँके प्रहरीसँग कानुनी उपचारका लागि आइपुगेको छ । दैनिक नेपालगन्जले यसबारे समाचार प्रकाशमा ल्याएको थियो ।

ती अधिकारीका अनुसार, युवकले सम्बन्धबारे खुलेर बोल्न खोज्दा तस्वीर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिइन्थ्यो । कुराकानीका क्रममा भएका फोन कलका रेकर्डसमेत आफूविरुद्ध प्रमाण बन्न सक्ने भन्दै डर देखाइन्थ्यो । अझ गम्भीर रूपमा बलात्कारको अभियोगमा जेल पुर्याइदिने धम्कीसमेत दिइएको प्रहरीको भनाइ छ । ‘पुरै फिल्मी छ, कथा !’ अनुसन्धानमा खटिएका एक अधिकारीले दैनिक नेपालगन्जसँग भने ।

प्रहरीका अनुसार, पहिलो घटनामा जग्गा पास गरेर युवा विदेशिएपछि श्रेष्ठले अर्को पुरुषसँग सम्बन्ध अघि बढाएको देखिएको छ । त्यसपछि उनी विवाहित पुरुषसँग नजिकिएको अनुसन्धानमा खुलेको छ । दोस्रो पुरुषसँगको सम्बन्ध भने व्यवसायिक साझेदारीका नाममा सुरु भएको प्रहरीको भनाइ छ । क्रमशः सम्बन्ध व्यवसायबाट व्यक्तिगत हुँदै असुलीको चरणमा पुगेको अनुसन्धानमा देखिएको छ । प्रहरी अधिकारीका अनुसार उक्त पुरुष पनि लामो समयदेखि श्रेष्ठको प्रभावमा थिए ।

प्रहरीका अनुसार, दोस्रो पुरुषलाई कम्तीमा दुई वर्षदेखि हनी ट्रयापमा पारिएको देखिएको छ । अनुसन्धान जारी रहेकाले यससँग सम्बन्धित थप विवरण खुल्दै जाने प्रहरी अधिकारीले बताए ।

तेस्रो घटनामा पनि श्रेष्ठले आफूलाई व्यवसायिक साझेदारको खोजीमा रहेको देखाएर पुरुषलाई नजिक्याएको प्रहरी स्रोतको भनाइ छ । बैजनाथ–२ का एक सामान्य व्यक्तिलाई त्यसरी नै निशाना बनाइएको थियो । प्रहरी स्रोतका अनुसार, पैसा बुझाउने क्रममा दुवैबीच अनैतिक सम्बन्धसमेत स्थापना भएको थियो । सम्बन्धमा परिसकेपछि ती पुरुषमाथि आर्थिक दबाब थपिँदै गएको थियो । श्रेष्ठले अन्ततः २८ लाख रुपैयाँको चेकसमेत लिएको प्रहरीको भनाइ छ ।

‘हमेसाजस्तै विजनेश पार्टनरको खोजिमा रहेकी यी महिलाले बैजनाथ–२ का सामान्य व्यक्तिलाई निशाना लगाउँछिन्, ठ्याक्कै मुर्गा पनि भनेजस्तै भेटिन्छन्,’ प्रहरी स्रोतले भन्यो, ‘विजनेश पार्टनरसीपका लागि १८ लाख बुझ्दासम्म दुवैबीच अनैतिक सम्बन्धको स्थापना हुन्छ ।’

२८ लाख रुपैयाँको चेक पाएपछि भने श्रेष्ठ ती पुरुषबाट टाढिएको प्रहरी स्रोतको भनाइ छ । त्यसपछि चेक भुक्तानीका लागि दबाब बढाइयो । रकम नदिए चेक बाउन्सको मुद्दा हाल्ने धम्की दिइएपछि पीडित पुरुष बाँके प्रहरीको सम्पर्कमा पुगेका थिए ।

प्रहरीमा उजुरी परेपछि घटनाको गहिराइमा पुगेर अनुसन्धान सुरु भयो । तर, श्रेष्ठले चेक बाउन्सको प्रक्रिया अघि बढाइसकेकी थिइन् । त्यसका आधारमा काठमाडौं प्रहरी परिसरबाट ती पुरुषको खोजी र पक्राउ प्रक्रिया अघि बढ्यो । अन्ततः उनी पक्राउ परे र हिरासतमा पुगे ।

त्यसपछि मात्र बाँके प्रहरी नेतृत्वले घटनाको अर्को पाटोमा काम अघि बढाएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । पीडित पुरुषले यसअघि नै प्रहरी उपरीक्षक अंगुर जीसीलाई घटनाबारे जानकारी गराएका कारण पक्राउको खबरपछि अनुसन्धानलाई समन्वय गर्दै अघि बढाइएको उनीहरूको भनाइ छ ।

श्रेष्ठ पक्राउ परेको खबर सार्वजनिक भएपछि भने यसअघि चुप बसेका अन्य सम्भावित पीडितहरू पनि प्रहरीको सम्पर्कमा आउन थालेका छन् । प्रहरी स्रोतका अनुसार तीनवटा घटना सार्वजनिक भएपछि थप पीडितहरू नेपालगन्ज आएर आफ्नो पीडा सुनाउन थालेका छन् ।

बाँके प्रहरीले श्रेष्ठमाथि हनी ट्रयापमार्फत आपराधिक लाभ लिएको घटनाका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । केही समयदेखि फरार रहेकी श्रेष्ठ पक्राउ परेपछि उनीसँग जोडिएका अन्य व्यक्ति, आर्थिक कारोबार, सम्पत्ति हस्तान्तरण र विभिन्न घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘अकुत सम्पत्तिको कुरा पनि आइरहेको छ,’ प्रहरी उपरीक्षक जीसीले दैनिक नेपालगन्जसँग भने, ‘सम्पत्ति शुद्धिकरणको दफा आकर्षित भइरहेकोले त्यसतर्फपनि अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार, अहिले सार्वजनिक भएका घटना प्रारम्भिक अनुसन्धानबाट खुलेका हुन् । थप पीडित र घटनाहरू सम्पर्कमा आए अनुसन्धानको दायरा अझ फराकिलो हुन सक्ने देखिएको छ । सामाजिक सञ्जालबाट सुरु हुने सम्बन्ध, प्रेमको नाममा हुने आर्थिक कारोबार र शारीरिक सम्बन्धपछि दिइने धम्कीलाई सामान्य रूपमा नलिनुपर्ने देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

एकातिर प्रेम र व्यवसायिक साझेदारीको विश्वास दिलाउने र अर्कोतिर निजी तस्वीर, भिडियो, फोन संवाद तथा शारीरिक सम्बन्धलाई दबाबको हतियार बनाएर रकम असुल्ने प्रवृत्तिले व्यक्तिगत मात्र नभई परिवारकै सम्पत्ति र सामाजिक प्रतिष्ठामाथि गम्भीर असर पार्ने यी घटनाले देखाएका छन् । ‘विशेषगरी अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालबाट सम्बन्ध बढाउँदा आर्थिक कारोबार, निजी सामग्री आदानप्रदान र संवेदनशील सम्बन्धमा प्रवेश गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ,’ प्रहरी अधिकारी भन्छन् ।

बाँके प्रहरीले थप पीडितहरू सम्पर्कमा आए घटनाको वास्तविक दायरा पहिचान गर्न सकिने जनाएको छ । पक्राउ परेकी श्रेष्ठसँग जोडिएका आर्थिक कारोबार, बैंक स्टेटमेन्ट, चेक, सम्पत्ति र उजुरीहरूलाई आधार बनाएर अनुसन्धान अघि बढाइरहेको प्रहरीको भनाइ छ । यसले घटनालाई केवल व्यक्तिगत सम्बन्धको विवाद नभई धम्की, डर र प्रभाव प्रयोग गरी आर्थिक लाभ लिएको आपराधिक घटनाका रूपमा हेरेर अनुसन्धान गर्न बाटो खोलेको छ ।

पक्राउ परेकी श्रेष्ठमाथिका आरोपको अन्तिम निरुपण भने अनुसन्धान र कानुनी प्रक्रियाबाट हुने नै छ । तर, अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका घटनाले प्रेम सम्बन्ध, व्यवसायिक साझेदारी वा सामाजिक सञ्जालबाट बनेको चिनजानलाई आधार बनाएर कसैलाई आर्थिक तथा मानसिक रूपमा नियन्त्रणमा लिने जोखिमप्रति समाजलाई गम्भीर बनाएको छ । ‘थप पीडितहरू खुलेर प्रहरीको सम्पर्कमा आउन सके अनुसन्धानले घटनाको वास्तविक स्वरूप र सम्भावित सञ्जाल पहिचान गर्न थप सहयोग पुग्ने देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन् ।

Previous Post

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version