नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा गत असोज १७ गते भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
उक्त घटनाका सम्बन्धमा परिषद्मा अनलाइनमार्फत उजुरी परेको र सो विषयमा गम्भीर ध्यानाकर्षण भएको परिषद्ले जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक विवरण पेश गर्न परिषद्ले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको हो ।
परिषद्ले समितिले घटनाको अनुसन्धान गरी सत्यतथ्य विवरण पेश गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।




























