For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

byDainik Nepalgunj
October 6, 2026
in News, मुख्य समाचार
0 0
0
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक
Share on FacebookShare on Twitter

गर्भावस्था, प्रसव र प्रसवोत्तर अवस्थामा महिलामाथि हुने हिंसालाई स्पष्ट रूपमा कसुरका रूपमा परिभाषित गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था गर्नुपर्नेमा नेपालगन्जमा आयोजित बहसका सहभागीले जोड दिएका छन् । विद्यमान कानुनमा आवश्यक सुधार नगरेसम्म महिलाका लागि सम्मानजनक प्रसूति सेवाको सुनिश्चितता गर्न कठिन हुने उनीहरुको भनाइ छ ।

महिला, कानून र विकास मञ्चले सोमबार नेपालगन्जमा आयोजना गरेको बहसमा पत्रकार, जनप्रतिनिधि, कानुन व्यवसायी र अधिकारकर्मी सहभागी थिए । कार्यक्रममा सहभागीले प्रसूतिको तीनवटै चरणमा महिलाले भोग्ने दुव्र्यवहार, हिंसा र अधिकार उल्लंघनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

‘त्यसपछिमात्रै दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्भव हुन्छ,’ विभिन्न घटनाको स्मरण गर्दै सहभागीले भने, ‘पीडितलाई क्षतिपूर्तिका लागि पनि स्पष्ट कानुनी आधार तय गरिनुपर्छ ।’

कार्यक्रममा नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर अवस्थामा महिलाले भोग्दै आएका दुव्र्यवहार, हिंसा तथा अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण अध्ययनका निष्कर्ष पनि सार्वजनिक गरिएको थियो । अनुसन्धानकर्ताले अध्ययनका क्रममा प्रसूतिका तीनवटै चरणमा नेपाली महिलाले हिंसा सामना गर्नुपरेको अवस्था गम्भीर रहेको बताएका थिए ।

मुख्य अनुसन्धानकर्ता अधिवक्ता सविन श्रेष्ठले अध्ययनको उद्देश्य महिलाले गर्भावस्था, प्रसव र प्रसवोत्तर अवस्थामा भोग्ने दुव्र्यवहार, हिंसा र अधिकार उल्लंघनका प्रकार तथा अवस्थाको पहिचान र अभिलेख गर्नु रहेको बताए । ‘यस अध्ययनको मुख्य उद्देश्य गर्भावस्था, प्रसव र प्रसवोत्तर अवस्थामा महिलाहरूले भोग्ने गरेका दुव्र्यवहार, हिंसा र अधिकार उल्लङ्घनका प्रकार तथा तिनको अवस्थालाई पहिचान र अभिलेख गर्नु’, मञ्चका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले भने ।

अनुसन्धानकर्ता अधिवक्ता दिपेश श्रेष्ठले अध्ययनका क्रममा प्रसूतिका तीनवटै चरणमा महिलाले हिंसा भोगिरहेको भयावह अवस्था देखिएको बताए । उनका अनुसार हिंसाको स्वरूप र त्यसको प्रभावलाई प्रसूति सेवाको समग्र अवस्थासँग जोडेर हेर्नुपर्ने देखिएको छ ।

महिला, कानून र विकास मञ्चका अनुसार अध्ययन नेपालको सातै प्रदेशमा गरिएको थियो । अध्ययनका लागि प्रत्येक प्रदेशबाट दुई–दुई वटा गरी १४ जिल्ला छनोट गरिएको थियो । छनोट गरिएका जिल्लामा प्रादेशिक राजधानीसमेत समावेश थिए । ती जिल्लाका २८ स्थानीय तह अध्ययनमा समेटिएका थिए । प्रत्येक जिल्लाबाट एक नगरपालिका र एक गाउँपालिका छनोट गरिएको थियो ।

अध्ययनले संविधानले महिलालाई प्रत्याभूत गरेको अधिकार र उनीहरुले व्यवहारमा भोगिरहेको अवस्थाबीच ठूलो अन्तर रहेको देखाएको छ । तथ्यांकअनुसार एक–तिहाइभन्दा बढी महिलाले गर्भावस्थामा ३८.४ प्रतिशत, प्रसवका क्रममा ३७.९ प्रतिशत र प्रसवोत्तर अवस्थामा ३५.९ प्रतिशत हिंसा भोग्नुपरेको देखिएको छ ।

प्रादेशिक तथ्यांकले मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रसूति हिंसाको दर तुलनात्मक रूपमा बढी रहेको देखाएको छ । ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी क्षेत्रका महिलाले बढी हिंसा भोग्ने गरेको अध्ययनमा उल्लेख छ ।

जनसांख्यिकीय विश्लेषणले ३५ वर्ष वा सोभन्दा बढी उमेरका महिला प्रसूति हिंसाको बढी जोखिममा रहेको देखाएको छ । उक्त उमेर समूहका ५० प्रतिशतभन्दा बढी महिलाले हिंसा सामना गरिरहेका छन् । त्यस्तै, झन्डै आधा दलित र मुस्लिम उत्तरदाताले दुव्र्यवहार भोगेको बताएका छन् ।

अध्ययनमा हिंसा गर्ने व्यक्तिको पहिचानसमेत गरिएको छ। मुख्य रूपमा परिवारका सदस्यबाट ६० देखि ७१ प्रतिशतसम्म र श्रीमान्बाट ४२ देखि ४८ प्रतिशतसम्म हिंसा हुने गरेको पाइएको छ । यसले प्रसूति हिंसा स्वास्थ्य संस्थाभित्रको व्यवहारमा मात्र सीमित नरहेको देखाएको छ ।

प्रसवका क्रममा स्वास्थ्यकर्मीबाट समेत दुव्र्यवहार भोग्नुपरेको महिलाले बताएका छन् । अध्ययनअनुसार, २६ प्रतिशत गर्भवती महिलाले प्रसवका क्रममा गालीगलौज वा रुखो व्यवहारजस्ता समस्या भोगेको बताएका छन् । उनीहरुले स्वास्थ्यकर्मीलाई समेत पीडकका रूपमा पहिचान गरेका छन् ।

अध्ययनले महिलाको प्रजनन स्वायत्तता र सुसूचित मञ्जुरीको अधिकारमाथि भइरहेको उल्लंघनलाई पनि गम्भीर रूपमा औंल्याएको छ । करिब १५ प्रतिशत महिलाले आफ्नो स्वीकृतिबिना नै शारीरिक परीक्षण गरिएको बताएका छन् ।

त्यस्तै, प्रसवको पीडामा रहेका ४१ प्रतिशतभन्दा बढी महिलालाई बच्चा जन्माउने विधि छनोट गर्ने विकल्पसमेत नदिइएको अध्ययनले देखाएको छ । प्रसूति सेवाका क्रममा महिलाको निर्णय अधिकार र जानकारीमा आधारित मञ्जुरीको अवस्था कमजोर रहेको यसले देखाएको अनुसन्धानकर्ताको निष्कर्ष छ ।

महिला, कानून र विकास मञ्चले सामाजिक–सांस्कृतिक तथा प्रणालीगत कारणले समेत महिलामाथि हुने यस्ता व्यवहारलाई प्रभावित गरिरहेको जनाएको छ । ‘यस्ता अधिकार उल्लङ्घनहरू सिर्जना गर्नमा भूमिका खेल्ने सामाजिक–सांस्कृतिक तथा प्रणालीगत कारकहरूलाई बुझ्न र सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नका लागि कानुनी तथा नीतिगत सुधारका सवालमा प्रमाणमा आधारित सिफारिसहरू प्रदान गर्ने यस तथ्य–अन्वेषण अध्ययनको लक्ष्य हो,’ मञ्चले भनेको छ ।

अध्ययनका निष्कर्षले सम्मानजनक प्रसूति सेवाका लागि कानुनी सुधारसँगै स्वास्थ्य प्रणाली र सामाजिक व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको देखाएको सहभागीले बताएका छन् । प्रसूति हिंसालाई स्पष्ट रूपमा कसुरको परिभाषाभित्र ल्याउन सके दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउने बाटो सहज हुने उनीहरुको भनाइ थियो ।

एम्पली फाई चेन्ज र महिला कानून र विकास मञ्च काठमाडौंको आयोजनामा बहसमूलक छलफल गरिएको हो ।

पत्रकार राकेश मिश्रले सहजीकरण गरेको कार्यक्रममा महिला, कानून र विकास मञ्चकी रचना सुवेदीले स्वागत गरेकी थिइन् । कार्यक्रममा सहभागी पत्रकार तथा महिला अधिकारकर्मीहरूले गर्भावस्था र प्रसवका समयमा महिलाले स्वास्थ्य संस्था तथा परिवारभित्रै भोग्नुपर्ने व्यवहार, स्वास्थ्य सेवामा पहुँच, सम्मानजनक प्रसूति सेवा, गोपनीयता, सूचनाको अधिकार तथा हिंसाबाट संरक्षणलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

Previous Post

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version