‘सम्झनालाई क्या दिउँ बैना, मेरो माया झुटो होइन, यो मुटुमा तिमीबाहेक अरू कोही छैन’ बोलको नयाँ गीत सार्वजनिक हुँदा नेपालगन्जमा उपस्थित दर्शक गीतको संगीत र भिडियोमा झुमेका थिए । चर्चित गायक सुनिल सिंह ठकुरीको नयाँ गीत ‘ओ मेरा छोर्याट्टि’ शुक्रवार नेपालगन्जमा सार्वजनिक गरिएको हो ।
बास नेपालको समन्वयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ओमप्रकाश शर्माले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सार्वजनिक कार्यक्रममा गायक ठकुरीले गीतको लाइभ प्रस्तुति समेत दिएका थिए । उनको प्रस्तुति चलिरहँदा म्युजिक भिडियोमा अभिनय गरेकी मोडल करिष्मा शाही ठकुरी पनि स्टेजमा पुगेर नाच्न थालेपछि कार्यक्रम रोमाञ्चक बनेको थियो ।
पश्चिम नेपालको स्थानीय भाषामा तयार पारिएको गीतले यस क्षेत्रको भाषा, कला र संस्कृतिलाई उजागर गरेको कार्यक्रममा सहभागीले बताए ।
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । प्रमुख अतिथि शर्माले नयाँ प्रतिभाको गीतसंगीतप्रतिको लगाव सुखद पक्ष भएको उल्लेख गर्दै सार्वजनिक गीतले सबैको मन जित्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, बास नेपालका सल्लाहकार किरण आचार्यले गीत र म्युजिक भिडियोले पश्चिम नेपालको पहिचान झल्काएको बताइन् । अर्का सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्थाले स्थानीय कला तथा संस्कृतिको संरक्षणमा समेत भूमिका निर्वाह गरेको बताए । अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले गीतमा सुदूरपश्चिमको कला र संस्कृति प्रस्तुत गरिएको बताए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको थियो ।






























