सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माण अघि बढाउन दुई प्रदेशबीच छलफल
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्री र कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाबीच सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई तीव्रता दिने विषयमा छलफल भएको छ ।
मन्त्री खड्का रोकाको नेतृत्वमा आएको टोलीले मंगलबार लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री खत्रीसँग भेट गरी सडक निर्माणको काम छिटो सुरु गर्ने र समयमै सम्पन्न गर्ने विषयमा छलफल गरेको हो ।
भेटका क्रममा मन्त्री खत्रीले बर्दियातर्फबाट समेत सडक निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिए । उनले वन क्षेत्रको सहमति प्रक्रियालाई छिटो टुंगोमा पु¥याउन दुवै प्रदेश सरकारले पहल गरिरहेको बताए ।
छलफलमा कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले सडकको हालसम्मको प्रगति र निर्माण कार्य अघि बढाउन देखिएका कठिनाइबारे जानकारी गराएका थिए ।






























