For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

खोजिदै विकासका चुनौतीदेखि साहित्यको भविष्य

byDainik Nepalgunj
November 28, 2026
in News, मुख्य समाचार
0 0
0
खोजिदै विकासका चुनौतीदेखि साहित्यको भविष्य
Share on FacebookShare on Twitter

नेपालगन्ज कनक्लेभमा बहस

नेपालगन्ज कनक्लेभमा युवा, खेलकुद, पर्यटन, उद्यमशीलता, तीन तहका सरकारबीचको समन्वय र साहित्यका विविध विषयमा बहस भएको छ । शान्ति, सद्भाव र खेलकुदको सहर नेपालगन्जलाई विचार विमर्शको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित शुक्रबार आयोजना गरिएको कनक्लेभले स्थानीय सम्भावना, विकासका चुनौती र सामाजिक तथा सांस्कृतिक विविधताका सवाललाई एउटै मञ्चमा ल्याएको हो ।

धारा नेपालगन्ज म्याराथनसँग जोडिएर म्याराथनको अघिल्लो दिन आयोजित कनक्लेभका विभिन्न सत्रमा खेलकुद र पर्यटनको विकासदेखि युवा उद्यमशीलता, संघीयताको अभ्यास र नेपाली साहित्यको भविष्यसम्मका विषयमा विमर्श गरिएको थियो । वक्ताहरूले नेपालगन्ज र समग्र क्षेत्रको सम्भावना उजागर गर्दै त्यसको उपयोगका लागि नीतिगत स्पष्टता, पूर्वाधार, दक्ष जनशक्ति, लगानी र आपसी समन्वय आवश्यक रहेको औँल्याए ।

नेपालगन्ज डिस्कोर्सको छैटौँ संस्करणका रूपमा आयोजित कनक्लेभको पहिलो सत्र ‘खेल, पर्यटन र युवा ः सम्भावनाको नयाँ ढोका’ विषयमा केन्द्रित थियो । पत्रकार विशाल रानामगरले सहजीकरण गरेको सत्रमा एभरेष्ट म्याराथनका प्रमुख कार्यकारी अधिकृत शिखर पाण्डे, नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल दिपमाला ढकाल सहभागी थिए ।

सत्रमा मिस नेपाल ढकालले नेपाली युवालाई आफ्नै देशमा बसेर सपना पूरा गर्न आग्रह गरिन् । हङकङमा जन्मिएकी उनी आफ्नो सपना पूरा गर्न नेपाल आएको बताउँदै विदेशमा अवसर खोज्नुभन्दा आफ्नै देशमा सम्भावना निर्माण गर्नुपर्ने धारणा राखिन् । सपना पूरा गर्न निरन्तर मेहनत र दैनिक गतिविधिमा अनुशासन आवश्यक रहेको उनको भनाइ थियो । मिस नेपाल बाहिरी सुन्दरताको उपाधिमात्र नभई जिम्मेवारी र आत्मविश्वाससँग जोडिएको पदवी भएको उनले बताइन् ।

नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापामगरले प्रतियोगिताको अभावमा खेलाडी उत्पादन हुन नसकेको बताइन् । १७ वर्ष क्रिकेटमा बिताएकी उनले पारिवारिक वातावरणका कारण खेल क्षेत्रमा आउन सहज भए पनि अहिले बाँकेबाट राष्ट्रिय टोलीमा एक जना पनि खेलाडी नहुँदा दुःख लागेको बताइन् । नेपाली महिला क्रिकेट टोली गठन हुँदा उनीसहित बाँकेका सात जना खेलाडी थिए । अन्तर्राष्ट्रियस्तरको खेल मैदान नहुनु पनि यस क्षेत्रको खेलकुद पछि पर्नुको एउटा कारण भएको उनको भनाइ थियो ।

पर्यटन व्यवसायी केशव न्यौपानेले पर्यटन व्यवसायको विस्तारका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक रहेको बताए । सरकारी नीतिले पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्ने उल्लेख गर्दै नेपालगन्ज पर्यटन परिषद्का अध्यक्ष न्यौपानेले संघर्षबिना सफलता सम्भव नहुने धारणा राखे । अप्ठ्यारो परिस्थितिमा गाडिएको जरा बलियो हुने उदाहरण दिँदै उनले सिद्धार्थ हस्पिटालिटी नेपालकै अग्रणी व्यवसायका रूपमा अघि बढिरहेको बताए ।

एभरेष्ट म्याराथनका प्रमुख कार्यकारी अधिकृत पाण्डेले हिमाली क्षेत्रमा सञ्चार सुविधा विस्तार भएपछि प्रतियोगिता आयोजना गर्न सहज भएको बताए । एभरेष्ट म्याराथनले नेपालको पर्यटन प्रवद्र्धनमा योगदान गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाएको उनको भनाइ थियो ।

दोस्रो सत्र ‘युवा उद्यमीमार्फत व्यवसायको विस्तार’ विषयमा केन्द्रित रह्यो । सत्रमा इन्जिनियर तर्कराज भट्ट, चार्टर्ड एकाउन्टेन्ट तेजप्रकाश दीक्षित, मनोसहारा नेपालका संस्थापक रक्षा रेग्मी र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओली सहभागी थिए । पवित्रबहादुर गौतमले सहजीकरण गरेको सत्रमा वक्ताहरूले उद्यमशीलताका लागि पुँजी, बजार, सीप, नीति र शिक्षाको महत्व औँल्याए ।

इन्जिनियर भट्टले उद्यम र व्यवसाय विस्तारका लागि उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिन सक्नुपर्ने बताए । कोभिडपछि आफू उद्यमशीलताको यात्रामा लागेको उल्लेख गर्दै उनले आफूसँग अध्ययन गरेका ९० प्रतिशत साथी विदेशमा रहेको जानकारी दिए । नेपालमै बसेर पनि उद्यमी बन्न सकिने उनको भनाइ थियो ।

चार्टर्ड एकाउन्टेन्ट दीक्षितले स्पष्ट योजना बनाएर अघि बढ्न सके जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने बताए । साथीभाइ मिलेर व्यवसाय सुरु गर्ने तर व्यवसाय सफल भएपछि आपसी विवादमा फस्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सहकार्य र व्यावसायिक समझदारीलाई महत्व दिनुपर्ने धारणा राखे ।

मनोसहारा नेपालका संस्थापक रेग्मीले मनोवैज्ञानिक सेवाबारे समाजमा पर्याप्त जनचेतना नहुँदा सेवा विस्तारमा चुनौती रहेको बताइन् । यस क्षेत्रमा सेवाग्राहीको विश्वास जित्नु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो । प्रत्येक व्यक्तिलाई आफ्ना भावना बुझ्न सक्षम बनाउँदै जीवनमा आइपर्ने चुनौती व्यवस्थापन गर्न सहयोग गर्नु संस्थाको उद्देश्य रहेको उनले बताइन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओलीले नेपालमा स्थिर सरकार बनेपछि लगानी बढेको भए पनि उपभोक्ता नै देशमा नरहने अवस्था सिर्जना हुँदै गएको बताए । १८ वर्षदेखि व्यापार व्यवसायमा संलग्न उनले ज्ञानको अभाव र दक्ष जनशक्ति नहुँदा व्यवसाय सञ्चालनमा समस्या पर्ने गरेको अनुभव सुनाए ।

कनक्लेभको तेस्रो सत्र ‘तीन तहका सरकार ः कति सहज, कति अप्ठेरो ?’ विषयमा भएको बहसमा लुम्बिनी प्रदेशका अर्थमन्त्री इन्द्रजीत थारु, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव रहेको स्वीकार गरे ।

तीनै तहका जनप्रतिनिधिले योजना निर्माण र कार्यान्वयनमा आपसी समन्वय नहुँदा विकास निर्माणका काम प्रभावित हुने गरेको बताए । संघीय सरकारको योजनामा रहेको सडक बिग्रिँदा समेत प्रदेश र स्थानीय सरकारले आलोचना खेप्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ थियो । ‘संघको योजना बन्दा र काम हुँदा समन्वय हुँदैन, बिग्रेपछि प्रदेश र स्थानीय सरकारले गाली खान्छन्,’ उनीहरूले भने ।

प्रदेशका अर्थमन्त्री थारुले संविधानमा व्यवस्था गरिएका सबै अधिकार संघबाट प्रदेशमा हस्तान्तरण नहुँदा संघीयताको कार्यान्वयनमा समस्या भइरहेको बताए । संघीय निजामती ऐन र प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम प्रभावित भएको उनको भनाइ थियो । स्रोतसाधनको बाँडफाँटमा संघले ४० र प्रदेश तथा स्थानीय तहले ६० प्रतिशत पाउने व्यवस्था हुनुपर्ने उनले बताए । विगतका शासक र जनप्रतिनिधिले शासन गर्ने गरेकोमा अहिलेका जनप्रतिनिधिले सेवा गरिरहेको उनको भनाइ थियो ।

नेपालगन्जका प्रमुख विष्टले संघ र प्रदेशले योजना कार्यान्वयन गर्नुअघि स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए । संघीय सरकारले खटाउने प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवा हुँदा स्थानीय तहको काममा बाधा पुग्ने गरेको उनले बताए । संस्थागत घरबहाल कर र ई–रिक्सा व्यवस्थापनजस्ता विषयमा स्थानीय तहले सहजीकरणबाहेक धेरै गर्न नसकिरहेको उनको भनाइ थियो ।

कोहलपुरकी उपप्रमुख सुवेदीले स्थानीय तहको क्षमताभन्दा बाहिरका कामका लागि समेत जनताले दबाब दिने गरेको बताइन् । प्रदेश र स्थानीय तहका कानुन बाझिँदा काम गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै उनले विकास पूर्वाधार निर्माणमा प्रदेश र संघका जनप्रतिनिधिको रुचिले समेत कतिपय अवस्थामा बाधा पुग्ने गरेको बताइन् । पत्रकार तुला अधिकारीले सहजीकरण गरेको सत्रका सहभागीलाई नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापाले मायाको चिनो प्रदान गरेकी थिइन् ।
यस सत्रमा संघीय संसदका पूर्वसचिव गोपालनाथ योगी, खजुरा गाउँपालिकाका प्रवक्ता धनराम ओली र अधिकारकर्मी प्रकाश उपाध्याय, सञ्चारकर्मी एकराज चौधरीले विषयगत टिप्पणी गरेका थिए ।
कनक्लेभको अर्को सत्र ‘कथाको भविष्य र प्रकाशनको चुनौती ः सन्दर्भ बाह्रखरी कथा’ विषयमा केन्द्रित रह्यो । सत्रमा सहभागी साहित्यकार तथा प्रकाशकले बाह्रखरी कथा प्रतियोगिताले नेपाली साहित्यमा नयाँ लेखकको प्रवेश र लेखनलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

वरिष्ठ कथाकार सनत रेग्मीले साहित्यको विकासमा प्रतियोगिताहरूको भूमिका महत्वपूर्ण हुने बताए । यस्ता प्रतियोगिताले नयाँ लेखक जन्माउनुका साथै उनीहरूमा ऊर्जा थप्ने उनको भनाइ थियो । डिजिटल युगमा कथा लेख्दा सामाजिक संरचना, सोच, सभ्यता र संस्कृतिलाई समेट्नुपर्नेमा जोड दिँदै उनले समाजलाई उत्प्रेरित गर्ने साहित्य सिर्जना गर्नुपर्ने बताए । लेखकहरू एआई संस्कृतिबाट जोगिनुपर्ने उनको धारणा थियो ।

फाइनप्रिन्टका प्रकाशक निरज भारीले बाह्रखरीले आठ वर्षदेखि आयोजना गर्दै आएको कथा प्रतियोगितालाई नेपालको प्रकाशन क्षेत्रमा एउटा महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरे । यसले नेपाली साहित्यमा कस्ता नयाँ लेखक आइरहेका छन् भन्ने देखाउने उनले बताए । नेपालमा नयाँ पुस्तक प्रकाशन हुँदा बजारमा आकर्षण कम देखिए पनि पुस्तक प्रकाशनको क्रम नरोकिएको उल्लेख गर्दै उनले नेपाली पुस्तकले अहिले अंग्रेजी भाषाका पुस्तकसँग प्रतिस्पर्धा गर्नुपरेको बताए ।

‘अस्तित्वको एल्गोरिदम’ शीर्षकको कथा लेखेर पुरस्कृत कथाकार सरस्वती सरसले बालबालिकाको प्रविधिप्रतिको बढ्दो आकर्षणले मानवीय अस्तित्वमाथि नै प्रश्न उठाउन सक्ने चिन्ता व्यक्त गरिन् । एक दशकदेखि बालबालिकाको क्षेत्रमा काम गर्दा उनीहरूको प्रविधिसँगको लगाव नजिकबाट देखेको उल्लेख गर्दै उनले प्रविधिलाई साध्यका रूपमा ग्रहण गर्ने प्रवृत्तिप्रति सचेत हुनुपर्ने बताइन् ।

कथाकार मधुर भट्टराईले २०८३ को कथा प्रतियोगितामा दोस्रो भएपछि आफ्नो लेखनमा पनि सम्भावना रहेछ भन्ने अनुभूति भएको बताए । प्रतियोगिताले लेखकलाई अघि बढ्ने राजमार्ग निर्माण गरिदिएको उनको भनाइ थियो । नयनराज पाण्डेले सहजीकरण गरेको सत्रमा साहित्यकारद्वय रेशम बिरही र नरेन्द्रजंग पिटरले सहभागीलाई मायाको चिनो प्रदान गरेका थिए ।

सायर आदिल सरोवरले कनक्लेभको अन्तिम सत्रमा बहुभाषिक कविता वाचनसँगै देउडा प्रस्तुत गरिएको थियो । भेरी साहित्य समाजको संयोजनमा भएको कार्यक्रममा नेपाली, उर्दू, अवधी, थारू भाषाका कविहरूले आ–आफ्ना भाषामा कविता सुनाए । नेपाली भाषाबाट रेशम बिरही, हरी सुवेदी, चरित्रा शाह, ईश्वरी रिजाल, मीना बराल, देवकी निरौला लगायत सहभागी थिए । उर्दू भाषाबाट शैय्यद नेपाली, अन्सर नेपाली, नुरुल हसन, शारिक रब्बानी र मुस्तफा कुरैसीले कविता वाचन गरे ।

त्यसैगरी अवधी भाषाबाट विष्णुलाल कुमाल र तेजप्रकाश दीक्षित, थारू भाषाबाट डा. राजकुमार थारु र सोम डेमनडौराले कविता सुनाए । २० जनाको टोलीले प्रस्तुत गरेको देउडाले कनक्लेभलाई साहित्य र संस्कृतिको उत्सवमय संगम बनाएको थियो ।

कनक्लेभका निर्देशक जनक नेपालले स्वागत मन्तव्य राख्दै नेपालगन्जलाई विचार, विमर्श र अन्तरक्रियाको थलो बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए । पुरानो सहर नेपालगन्जको धार्मिक, भाषिक र सांस्कृतिक विविधतालाई विचार, साहित्य र खेलकुदसँग जोड्ने प्रयासका रूपमा कनक्लेभ र नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको उनले बताए ।

‘नेपालगन्जलाई शान्ति, सद्भाव, खेलकुद र विचार विमर्शको सहरका रूपमा स्थापित गर्ने हाम्रो प्रयास हो । कनक्लेभ विचार र अनुभव आदानप्रदान गर्ने साझा मञ्च हो । यसमा सबै क्षेत्र र समुदायका व्यक्तिको सहभागिताले यसलाई सार्थक बनाएको छ,’ निर्देशक नेपालले भने ।

कार्यक्रमको अन्त्यमा कनक्लेभका सह–निर्देशक इन्जिनियर अरशद कमल सिद्दिकीले धन्यवाद मन्तव्य राखेका थिए । आयोजक क्रियटिभ ह्याण्ड्स् र एनवाइइएफ नेपालगन्जका अनुसार, विभिन्न क्षेत्र र समुदायका अनुभव, विचार तथा दृष्टिकोणलाई एउटै मञ्चमा ल्याएर सार्थक संवादको वातावरण निर्माण गर्नु कनक्लेभको मुख्य उद्देश्य हो । वरिष्ठ पत्रकार पवन आचार्यले सञ्चालन गरेको दिनभरको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागितासँगै अन्तक्र्रियात्मक बहस गरिएको थियो ।

Previous Post

देउतादिन माबिमा लग्दहवा एक सय

Next Post

राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

Next Post
राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

November 28, 2026
खोजिदै विकासका चुनौतीदेखि साहित्यको भविष्य

खोजिदै विकासका चुनौतीदेखि साहित्यको भविष्य

November 28, 2026
देउतादिन माबिमा लग्दहवा एक सय

देउतादिन माबिमा लग्दहवा एक सय

November 27, 2026
विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

November 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version