यति वेला कुन विषय पढ्ने कहाँ भन्ने जिज्ञासाले विभिन्न कलेज तथा स्कुलहरुमा बुझन जानेको क्रम बढ्दो छ । एसइइ पछि विद्यार्थीको रोजाइ र अभिभावकको रोजाइमा मतान्तर भएको पनि हामी पाउछौं । अधिकांश अभिभावकले आफ्नो छोराछोरीहरु राम्रो उच्च शिक्षा पाउन भन्ने चाहना राखेको पाइन्छ । आपूmले पढ्न सक्ने र रुचीको विषयलाई विद्यार्थीले प्राथमिकता दिनपर्छ । विषय रोजाइ र विद्यालय रोजाइ दुइटा कुरामा निर्भर हुन्छ । विषय रोजाइ विद्यार्थीको अन्तर रुचीसँग सम्वद्ध हुनुपर्छ र सँगसगै विषय पूर्व दक्षता पनि सवल हुनुपर्छ । विद्यालय रोजाइका सवालमा दक्ष शिक्षक र उत्कृष्ट शिक्षण पद्दति तथा स्तरीय भौतिक पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छ । यति वेला बाँके जिल्ला अन्तर्गत नेपालगञ्ज र कोहलपुर क्षेत्र अन्तर्गतको केहि विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गर्दै विद्यार्थीहरुलाई राजधानी काठमाण्डौमा नै ठूलो धनराशी खर्चेर विभिन्न समस्याहरुलाई झेलेर शिक्षा आर्जन गर्ने बाध्यतालाई केहि हद सम्म कम गरेको पाइन्छ । विशेष त मानवीय एंव सामाजिक विकासको निम्ति निजी क्षेत्रमा स्तरीय माध्यमिक विद्यालयको प्रतिस्पर्धा बढेको छ ।
![]()
वि.सं. २०५७ सालबाट स्कुल शिक्षा सुरुवात गरेको ८ वर्षपछि यस विद्यालयले शैक्षिक सत्र २०६५ सालदेखि कक्षा ११ तर्फ कोहलपुर क्षेत्रको आवश्यकतालाई मधयनजर राख्दै विज्ञान संकायको सञ्चालनको अनुमति लिई पहिलो पटक संस्थागत विद्यालयको उदय भयो । सञ्चालनको दोस्रो वर्ष व्यवस्थापन संकायको पनि पढाइ सुरु गरिएको थियो । हाल कक्षा १२ तर्फ १४ औँ व्याच सम्म आइपुग्दा १३०० विद्यार्थीहरु पास आउट भएर गइसकेका छन् । यहाँ अध्ययन गरेकाहरु विभिन्न सरकारी सेवा तथा विश्वविद्यालयमा प्रोफेसर सम्म भएका छन् । साथै आ–आफ्नो कार्य क्षेत्रमा आफ्नो योग्दान र दक्षता देखाइ रहेका छन् । कक्षा १२ तर्फको बोर्ड परीक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालय एस.एल.सी÷एसईई परीक्षाको नतिजा र विद्यालय स्तरीयकरण मूल्याङ्कनमा समेत यो संस्था दशौं वर्षदेखि ‘क’ श्रैणीमा कायम रहेको छ । अबको २१ औं शताब्दी डिजिटल शताब्दी भएकाले शिक्षण पद्धती समेत डिजिटल हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ राख्दै यसै शैक्षिक सत्र देखि हरेक कक्षाकोठामा स्मार्टबोर्ड मार्फत पठन–पाठन शुरु हुने भएको छ । पुस्तकले ज्ञान त दियो व्यवहारिक शिक्षा भएन । त्यसैले आगामी दिनमा प्रविधि मैत्री बिद्यालय बनाउने दृढ लक्ष्यका साथ अगाडी बढेको छ । विद्यार्थीलाई विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउनु नै आजका विद्यालय तथा शिक्षाकर्मीको दायित्व हो । गोरखाले यो चुनौतिप्रति सचेत रहि विद्यार्थीहरुलाई गुणत्मक शिक्षा उपलब्ध गराउन प्रतिवद्ध छ ।
![]()
आफ्नै स्वामित्वको अढाई बिगाहा क्षेत्रफलमा फैलिएको सुविद्या सम्पन्न भौतिक पूर्वाधार, शान्त वातावरण भएको यस विद्यालयमा मल्टीमिडिया प्रोजेक्टर तथा स्मार्टबोर्ड जडित उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, इन्टरनेट सहित कम्प्युटर ल्याव, सभाहल, खानपिनका लागि चमेना गृह, व्यवस्थित खेल मैदान र यातायात सुविधा छन । विद्यार्थीलाई शैक्षिक भ्रमण अन्र्तगत देशको विभिन्न भागमा स्थलगत अवलोकन गराउने गरेको छ ।
विद्यालयले विद्यार्थी र अभिभावकसँग अहिले सम्म कमाएको पूँजी भनेकै विश्वसनीयता र गुणस्तर हो । यस विद्यालयको शैक्षिक सफलताको कारण निजी क्षेत्रमा स्थापना र विकसित भैरहेको शैक्षिक संस्थाहरु मध्ये एक नमूना र अग्रणी शैक्षिक संस्थाको रुपमा सेवामूखी भावना र समर्पणको प्रतिफल हो । गुणस्तरीय शिक्षाको लागि सकारात्मक सोचको विकास भन्ने आफनो मूल नाराका साथ अगाडी बढिरहेको यस विद्यालयले अभिभावकको चाहना र आवश्यकता अनुसार जुनसुकै वर्गका विद्यार्थीले अध्ययन गर्न सक्ने खालको शुल्कबाट सञ्चालित यस विद्यालयले इसइइ परीक्षामा उत्कृष्ट अंक ल्याइ यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले प्राप्त गरेको अंक र प्रवेश परीक्षा टपरलाई उच्च सम्मान गर्दै विभिन्न मेरिट छात्रवृत्ति प्रदान गर्नुको साथै जिल्ला प्रथम, दुर्गम क्षेत्र छात्रा, मिहिनेती, जेहेन्दार एंव गरिव, दलित, खेलाडी आदि विद्यार्थीको लागि विशेष कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कोटा विज्ञान संकायमा ८० जना र व्यवस्थापन संकायमा ४० जना रहेको छ ।
यसरी गोरखामा आधारभूत तहदेखि स्नातक तह सम्मको कृषि प्राविधिक विषय समेत सञ्चालन गर्ने एउटा पूर्ण संस्था वन्न पुगेको छ । साथै शिक्षक, अभिभावक तथा विद्यार्थी बीच निरन्तर अन्तरक्रियात्मक कार्यक्रमले यो संस्था गुणस्तरीय शिक्षा दिन सफल रहेदै आएको छ । गोरखा स्कुल यी सबै दृष्टीले समर्थ रहेको छ ।