बाँकेका १६ वटा विद्यालयले एसईई परीक्षामा एक जना पनि विद्यार्थी पास गराउन सकेनन् । जसमा १२ वटा सामुदायिक विद्यालय छन् भने ४ वटा संस्थागत विद्यालयहरू छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले नै चलाइरहेको नेपालगन्ज कन्या माविले पनि एक जनापनि विद्यार्थी पास गराउन सकेन । बाँकेका १० वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उतीर्ण गराएका छन् । शतप्रतिशत नतिजा ल्याउने सबै संस्थागत विद्यालयहरू छन् ।
सामुदायिकतर्फ सबैभन्दा राम्रो नतिजा ल्याउने विद्यालय नै राम्रो नतिजा क्रममा १८ औं नम्बरमा छ । उक्त विद्यालय हो जनता मावी सन्तकुटी । उक्त विद्यालयमा ९४.६ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।
बाँकेका कुल १ सय ९८ विद्यालयका ९ हजार २ सय ९३ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ६ हजार ३०३ जना विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।