आफ्नो घरमा पुग्न सास्ती खेप्दै स्थानीय बासिन्दा
बाँके नरैनापुर गाउँपालिका २ वर्ष अघि निर्माण हुने भनिएको सडक हाल सम्म पनि निर्माण नभएपछि स्थानीय बासिन्दाहरु सास्ती खेप्न बाध्य छन् ।
नरैनापुर गाउँपालिका वडा नं.३ बालापुर गाउँमा हुलाकी सडक देखि उत्तर तर्फ स्वास्थ्य चौकी वडा कार्यालय र विद्यालय समेतलाई सुविधा हुने गरि निर्माणको टेन्ण्डर गरि सडक खनेर छाडेको दुई वर्ष सम्म निर्माण सुरु नभएको स्थानीयको गुनासो छ ।
सडक हिलाम्मे भएका कारण ६० बढि घर परिवार सहज रुपमा आफ्नो घरमा समेत आवतजावत गर्ने अवस्था छैन, स्थानीय सुमेर खाँले भने, निर्माण देखिएको लापरवाही करिब २ वर्ष देखि खेप्दै आएका छौं ।
सडक निर्माणमा खटिएका प्राविधिक सन्तोष साहीले सडक निर्माणमा विवाद उत्पन्न भएका कारण निर्माण कम्पनीले काम गर्न नसकेको बताए । विभिन्न ब्यक्तिले सडक चौडाईको मापदण्डमा विवाद उत्पन्न गरी उच्च अदालतमा मुद्दा गरेपछि निर्माण कम्पनीले काम नगरेको हो, उनले भने, वर्षायाममा आवतजावतका लागि अहिले ग्राभेल गर्ने काम सुरु गरिएको छ ।
पानी परेपछि हिलाम्मे भएको सडकमा आवतजावत सुविधा नरहेको गुनासो बढेपछि नरैनापुर गाउँपालिकाले आफै ग्राभेल गर्ने कार्य सुरु गरेको छ । नाली निर्माण सडक ग्राभेलका लागि २०७८ सालमा अम्मर वष्टकोटी जेभीले टेण्डर लिई सामान्य काम गरेर सम्पर्कमै नआएपछि तत्कालका लागि गाउँपालिकाबाट काम थालिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले बताए ।
निर्माण कम्पनीले गाउँपालिकाबाट कुनै प्रकारको पेश्की वा अन्य रकम नलगेकोले निजको सम्झौता रद्द गर्ने तयारी रहेको अधिकृत चौधरीले बताए ।