For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सामुदायिक विद्यालय सुधार्न संस्थागतसँग सहकार्य

byDainik Nepalgunj
July 4, 2024
in News
0 0
0
सामुदायिक विद्यालय सुधार्न संस्थागतसँग सहकार्य
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सामुदायिक विद्यालयको शैक्षिक स्तर निराशाजनक भएपछि नेपालगन्ज उपमहानगरपालिकाको एउटा वडाले संस्थागत विद्यालयसँग सहकार्यको एउटा मोडेल अघि सारेको छ ।

त्यसका लागि दण्ड र पुरस्कारको नीति घोषणा गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं। १८ ले चालु शैक्षिक सत्रका लागि विभिन्न कार्ययोजना बनाउने भएको हो । ‘वडा स्तरबाट गर्न सकिने हदैसम्मको लगानीदेखि निगरानीसम्मको प्रयास गर्ने प्रतिबद्धताका साथ अघि बढेको छु’, बुधबार आफ्नो वडा भित्रका झण्डै एक दर्जन सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख एवं प्रतिनिधिहरूको बैठक आयोजना गरेका वडाध्यक्ष दीपक कुमार बर्माले भने । उनले त्यसो भनिरहँदा पछिल्लो एसईईमा ३२ जना परीक्षार्थी मध्ये दुई जना मात्रै उत्तीर्ण गर्ने सामुदायिक विद्यालय देउतादिन मावि लग्दहवाका प्रधानाध्यापक सरिफ अहमद बागवान भन्दै थिए, ‘हामीले भौतिक पूर्वाधार पाएका छौं, अब शैक्षिक गुणस्तर सुधारमा लाग्नेछौं ।’

नेपालगन्ज–१८ मा रहेको स्प्रिङ्ग डेल, ब्राइटहोप एकेडेमी, सगरमाथा लगायतका संस्थागत विद्यालयले यस बर्षको एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भए । उनीहरू तर्फ लक्षित हुँदै वडाध्यक्ष बर्माले भने, ‘तपाईहरूका लागि वडाले के गरिदिनुपर्छ हामी तयार छौं, तर तपाईका राम्रा पक्षहरू सामुदायिक विद्यालयले उपयोग गर्न पाउने वातावरण बनाउनु पर्यो ।’

वडाध्यक्ष बर्माको अपिलमा आफ्ना धारणा राख्दै नेपालगन्ज मोडेल एकेडेमीका प्रिन्सिपल विज्ञान शाहले प्रत्येक महिनाको अन्तिम शुक्रबार आफ्नो विद्यालयको सुविधा सम्पन्न ल्याब सामुदायिक विद्यालयका विद्यार्थीका लागि उपयोग गर्न दिन सकिने जनाउ दिए । ‘तपाईहरू सँग तालिम प्राप्त शिक्षक हुनुहुन्छ’, नजिकै रहेका संस्थागत विद्यालयका अर्का प्रतिनिधि तेज बहादुर अधिकारीले वडा सँगका आफ्ना अपेक्षा राख्दै भने, ‘उहाँहरूले हाम्रा शिक्षकहरूलाई शिक्षण सिकाई प्रशिक्षण दिन सक्नुहुन्छ ।’ एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल ब्राइट होप एकेडेमीका प्रतिनिधि अधिकारीले संस्थागत विद्यालयमा शिक्षकहरूका लागि शिक्षण सिकाई प्रशिक्षण आवश्यक रहेको औंल्याए ।

स्प्रिङडेल एकेडेमीका प्रतिनिधि यसपाल पौडेल पनि संस्थागत विद्यालय सफल हुनुमा विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त चासोलाई कारक मान्छन् । ‘सामुदायिक विद्यालयमा यो चासो कम हुँदा नतिजा खस्किंदै गएको हो’, पौडेलले वडाले आयोजना गरेको शैक्षिक स्तर सुधार सम्बन्धी बैठकमा भने, ‘हामी सामुदायिक विद्यालयसँग सहकार्य गरेर आवश्यक सहयोग गर्न तयार छौं, वडा स्तरबाट पठन संस्कृति बढाउन उत्प्रेरणात्मक तालिमको आयोजना गर्नुपर्यो ।’

छलफलमा सहभागी शिक्षक प्रतिनिधिहरूले संस्थागत विद्यालयलाई सरकारी स्तरबाट भेदभावको व्यवहार गर्न नहुने तर्क राखे । सामुदायिक विद्यालयका शिक्षक प्रतिनिधिहरूले अपेक्षित शिक्षक दरबन्दीको अभावमै समस्या आंैल्याए । वडाध्यक्ष बर्माले एक अर्काका राम्रा पक्षलाई साटफेर गरेर वडाको शैक्षिक स्तर वृद्धिमा केन्द्रित हुने योजना सुनाए । ‘त्यसको सुरुवात म विद्यालयस्तरीय खेलकुद उत्सवबाट गर्छु’, आगामी आर्थिक बर्षका लागि वडाभित्र विद्यालय स्तरीय खेलकुद उत्सव आयोजना गरिने योजना सुनाउँदै भने, ‘तपाईहरू कुन विद्यालय आयोजक बन्न तयार हुनुहुन्छ प्रस्ताव लिएर आउनुस्, वडाले आवश्यक बजेट दिन्छ ।’

गतबर्षदेखि साइबर सचेतनामा युवाहरू बीच लक्षित वर्ग कार्यक्रम गरिरहेको नेपालगन्ज–१८ ले यसबर्ष वडास्तरका सबै विद्यालयका शिक्षकहरूलाई ‘साइबर क्राइम’ शिक्षाका लागि प्रशिक्षण दिने वडाध्यक्ष बर्माले जानकारी दिए ।

‘शिक्षासँगै नैतिकता र संस्कार सिकाउन पनि तपाईहरू अग्रसर हुन आवश्यक छ’, वडाध्यक्ष बर्माले देउतादिन मावि लग्दहवा, पाटेश्वरी आधारभूत विद्यालय, नेरा प्रा।वि। संगमनगर, रामजानकी प्रा।वि। लगायतका सामुदायिक तथा मनकामना मावि, युरो बेबिजोन लगायतका विद्यालयको सहभागितामा भएको बैठकमा भने, ‘वडाले भौतिक पूर्वाधारमा धेरै काम गरेको छ, अब शिक्षा सुधारमा केन्द्रित हुन्छ ।’

Previous Post

दश लाखको मोबाइल डिस्प्ले बरामद

Next Post

बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

Next Post
बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version