For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’

byDainik Nepalgunj
April 14, 2025
in News, मुख्य समाचार
0 0
0
‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’

Share on FacebookShare on Twitter

आजदेखि नयाँ वर्षअर्थात् विक्रम सम्वत् २०८२ सुरु भएको छ । एकापसमा सुख, शान्ति, उन्नति, प्रगति तथा समृद्धिको कामना साटासाट गरी नयाँ वर्षको सुरुआत गर्ने हाम्रो परम्परा हो । विसं ५७ ईशापूर्वमा चन्द्रगुप्त विक्रामादित्यले सुरु गरेको विश्वास गरिन्छ । यो केवल एउटा पात्रो मात्रै होइन यो प्रकृति परिवर्तन हुने समय भएको शास्त्रीय मान्यता छ ।

वसन्त ऋतुमा सुरु हुने नयाँ वर्षमा सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने जानकार बताउँछन् । सूर्य मेष राशीमा प्रवेश गरेसँगै नयाँ वर्ष सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउनुहुन्छ ।

नयाँ वर्षको शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको उल्लेख गर्दै नयाँ वर्षमा नयाँ उत्साहका साथ उन्नति र समृद्धिका लागि एउटा साझा सङ्कल्प लिएर अघि बढ्न आग्रह गर्र्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ वर्षको शुभकामना दिँदै सबै नेपालीको जीवनमा सुख, शान्ति, प्र्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तय प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुभएको छ । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति प्राध्यापक केदारभक्त माथेमा नयाँ वर्षमा मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन ठूला र दीर्घकालीन योजनाको थालनी गर्न ढिलाइ गर्न हुन्न भन्नुहुन्छ । जनतामा सुशासनको प्रत्याभूति गराउँदै तत्काल लाभ प्राप्त गर्ने अवसर सिर्जना गर्नु अहिलेको प्रमुख प्राथमिकता हुनुपर्ने उहाँको भनाइ छ । 

“स–साना कार्यक्रमले पनि नेपाल विकास र समृद्धिका लागि जुरमुराएको सन्देश दिनसक्छ”, पूर्वराजदूत समेत रहनुभएका माथेमाले भन्नुभयो, “शासनमा रहनेहरुले नतिजामुखी कामलाई प्राथमिकता दिएर जनतामा सकारात्मक सन्देश सञ्चार गर्दै नयाँ आशा जगाउन सक्नुपर्छ ।” 

राजनीतिक र प्रणालीको स्थायित्व प्रमुख चुनौती रहेको वर्तमान अवस्थामा नयाँ वर्षमा राजनीतिक दलहरुले यसप्रकारका सङ्कल्प लिन जरुरी रहेको उहाँ औँल्याउनुहुन्छ । यसमा नागरिक समाजलगायतले भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्राडा विद्यानाथ कोइराला वर्ष २०८२ मा मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको बाटोमा हिँडाउनका लागि सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुहुन्छ । “हिमाल, पहाड र तराईमा कैयौँ सम्भावना छन्, प्रकृतिमा असीमित सम्भावना छन्, यसको उपयोग गर्ने वर्ष बनाउनुपर्छ”, उहाँले भन्नुभयो । त्यसका लागि सरकारले सम्भावनामा अवसर देखाउनुपर्छ, त्यसका लागि सहजीकरण गरिदिनुपर्छ ।

पैसा मात्रै कमाएर हुँदैन, सुखी बनाउनका लागि सोहीअनुसारका काम गर्नपर्छ भन्ने उहाँलाई लाग्छ । डा कोइराला युवा जनशक्तिमा अपार सम्भावना देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीसँग ठूला सपना देख्ने र त्यसलाई साकार पार्न सक्ने ठूलो युवा जनशक्ति छ, उनीहरुलाई प्रोत्साहन गर्न सकियो भने २०८२ सालले नयाँ दृष्टिकोण पाउँछ ।”

नयाँ वर्ष पात्रो मात्रै फेरिने समय नभई विद्यालय शिक्षा प्रणालीमा नयाँ शैक्षिक सत्र सुरु हुने समय पनि भएको उल्लेख गर्दै शिक्षाविद् धनञ्जय शर्माले नयाँ वर्षको सुरुआतमै सडकमा आन्दालित हजारौँ शिक्षकलाई कक्षाकोठामा पु¥याउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो । 

“नयाँ शैक्षिक सत्र सुरु हुने समयमा काठमाडौँमा केन्द्रित शिक्षकको आन्दोलन चलिरहेको छ, यसले भर्नालगायत काम प्रभावित भएका छन्”, उहाँले भन्नुभयो, “शिक्षकको केही जायज माग छन् भने केही संविधानले पनि अनुमति नदिएका माग छन्, त्यसैले सरकारले नयाँ वर्षको सुरुआतमै शिक्षकका जायज माग पूरा गर्ने र अविलम्ब ऐन जारी गर्ने शिक्षकलाई वार्ताका माध्यमबाट सडकबाट कक्षाकोठामा फिर्ता पठाउन जरुरी छ ।”

उहाँले अहिले पनि ८० प्रतिशत बालबालिका सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै सामुदायिक तथा सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको पनि भूमिका सरकारको जतिकै रहेको बताउनुभयो । 

पूर्वाधारविद् कमलराज पाण्डे नयाँ वर्षमा नयाँ उपलब्धि हासिल गर्नका लागि उच्च प्रतिफल दिने पूर्वाधारमा बजेट विनियोजन गर्न सुझाव दिनुहुन्छ । “अहिले पनि ठूला–ठूला संरचना निर्माण भइरहेका छन्, तर सरकारको प्राथमिकतामा जनताले छिटो प्रतिफल प्राप्त गर्ने र लाभ मिल्ने खालका पूर्वाधार हुनुपर्छ, ताकी जनताको आर्थिक र सामाजिक विकासमा सहयोग पुगोस्”, उहाँले भन्नुभयो ।

वर्ष २०८२ मा सूचना प्रविधिको क्षेत्रमा भएका ठूलो सम्भावनालाई उपयोग गर्दै मुलुकको विकासमा ठूलो योगदान दिन सकिने बताउनुहुन्छ, भिएस इन्टरनेसनल कलेजका कार्यकारी निर्देशक कार्भिका थापा । लामो समय अमेरिकामा बसी नेपाल फर्किनुभएकी किम्बु टेककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) थापा नेपालले सूचना प्रविधिको क्षेत्रमा लगानी गरी अर्बौं रकम बराबरको विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुहुन्छ । 

“पछिल्लो समय आइटीमा भविष्य छ भन्ने भाष्य बनेको छ, र यो सही पनि हो, यसमा सरकारले नीतिगत रुपमा सहजीकरण गर्ने हो भने लाखौँलाई रोजगारी दिनुका साथै मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिन सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले यो क्षेत्रमा मात्रै ६० हजारभन्दा बढी जनशक्ति आबद्ध छन् उनीहरुले मासिक रु दुई लाखभन्दा बढी कमाइरहेका छन् । अहिले एउटै आइटी कम्पनीमा विभिन्न तरिकाले तीन हजारसम्मले रोजगारी पाएको उहाँको भनाइ छ ।

“यो सूचना प्रविधिको युग हो, आम्दानीका दृष्टिले पनि यो राम्रो ‘करिअर’ पनि हो, यो क्षेत्र हरेक हिसाबले पछिल्लो तीन वर्षमा दोब्बरले बढेको छ, त्यसैले तीन वटै तहका सरकारले यसमा सहजीकरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । सरकारले यस क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादनलाई प्राथमिकता दिँदै देखिएका समस्या समाधानमा भूमिका निर्वाह गर्न आवश्यक रहको उहाँको बुझाइ छ । 

नेपालमा चेन होटलका रुपमा व्यवसाय विस्तार गरिरहेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद न्यौपाने वर्ष २०८२ मा पर्यटन क्षेत्रका अथाह सम्भावनालाई अवसरमा बदल्न आवश्यक भएको बताउनुहुन्छ । पर्यटन क्षेत्रमा पछिल्लो समय लगानी बढिरहेको भए पनि राज्यबाट लगानी संरक्षणका लागि काम नभएको उल्लेख गर्दै उहाँले यस वर्षमा नीतिगत सहजीकरण आवश्यक भएको बताउनुभयो । मुलुकमा पर्यटक भित्र्याउनका लागि सरकारले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न आवश्यक भएको उहाँको बुझाइ छ ।

“विदेशी पर्यटक आगमन कोभिडअघिको अवस्थामा आइसकेको छ, यस्तो अवस्थामा सरकारले अन्तरराष्ट्रियस्तरमा मुलुकको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो । पर्यटकीय पूर्वाधार निर्माणमा पनि निश्चित मापदण्ड बनाउन जरुरी भएको उहाँको भनाइ छ । साथै नेपालमा पर्यटक बढाउनका लागि उनीहरुको सुरक्षा, सूचना प्रणालीदेखि गन्तव्यसम्म पुग्ने सडक र हवाई यातायातमा सहज र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले यी क्षेत्रमा राज्यको औचित्यपूर्ण उपस्थितिको आवश्यकता औँल्याउनुहुन्छ । 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम थापा स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै चिकित्सा सेवा र चिकित्सा शिक्षाको प्रवर्द्धन गर्ने योजना ल्याउनुपर्छ भन्नुहुन्छ । “विसं २०८२ मा चिकित्सा सेवा र शिक्षाको पर्यटनमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका जनशक्ति पलायन रोक्ने योजना बनाउनुपर्छ ।”

जनतालाई सहज सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न यसवर्ष स्वास्थ्य क्षेत्रमा उल्लेख्य जनशक्ति थप गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले सङ्घीय सरकारमार्फत विशेषज्ञ चिकित्सक, नर्स, विशिष्टकृत सेवा दिनेलाई जनशक्तिलाई परिचालन गर्ने व्यवस्था मिलाउनुपर्छ भन्नुभयो । 

“स्वास्थ्य नीतिलगायत स्वास्थ्य बीमा कार्यक्रम सबै रोग लागेपछि उपचार गर्ने किसिमका छन्  । तर हामीले उपचारभन्दा पनि रोग लाग्नै नदिनेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “आधारभूत अस्पतालभन्दा पनि स्वास्थ्य प्रवर्द्धन केन्द्रहरु जहाँ चिकित्सक, प्यारामेडिक, जनस्वास्थ्यविज्ञ, नर्स सबैलाई संलग्न गरी जन्मिनुअघिदेखि पछिसम्म रोग लाग्नै नदिने के–के गर्न सकिन्छ त्यसमा केन्द्रित हुनुपर्छ ।”
Previous Post

चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

Next Post

प्रहरीद्वारा अवैध शालिग्राम बरामद

Next Post
प्रहरीद्वारा अवैध शालिग्राम बरामद

प्रहरीद्वारा अवैध शालिग्राम बरामद

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version