नेपालगन्जबाट प्रकाशित हुँदै आएको जनमत अद्र्ध साप्ताहिक पत्रिकाका प्रकाशक सुशिला चुकेको शुक्रबार विहान निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार, लामो समयदेखि अस्वस्थ रहनुभएकी चुकेको विहान ५ बजे घरमै निधन भएको हो ।
नेपालगन्जका वरिष्ठ पत्रकार पूर्णलाल चुकेकी धर्मपत्नि सुशिला चुकेको अन्त्यष्टि आज दिउँसो २ बजे राप्तीनदीको सिधनियाघाटमा हुने परिवार स्रोतले बताएको छ ।
स्वर्गीय चुकेका एक छोरा, एक छोरी रहेका छन् । काठमाडौमा रहेका चुकेका छोरा प्रज्वल चुके आज त्यहाँबाट नेपालगन्ज आउँदै छन् ।