For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

आज पाँचसय बढी विद्यार्थी आदर्शमा प्रवेश परीक्षा दिंदै

byDainik Nepalgunj
July 9, 2025
in News, मुख्य समाचार
0 0
0
आज पाँचसय बढी विद्यार्थी आदर्शमा प्रवेश परीक्षा दिंदै
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयले आज बुधवार शैक्षिक सत्र २०८२÷८३ का लागि प्लस टु (कक्षा ११) को भर्ना प्रवेश परीक्षा सञ्चालन गर्दैछ ।

विज्ञान र व्यवस्थापन दुवै संकायमा अध्ययनका लागि विद्यार्थीको उल्लेखनीय सहभागिता देखिँदा विद्यालय परिसरमा केही दिनदेखिनै चहलपहल बढेको छ ।

विद्यालयका प्रधानाध्यापक महेश्वर जोशीका अनुसार, पछिल्ला वर्षहरूमा विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण झनै बढिरहेको छ । ‘यो वर्ष ५ सयभन्दा बढी विद्यार्थीले भर्ना फारम भरिसकेकाले उनीहरु प्रवेश परीक्षा दिंदैछन्,’ उनले भने ।

विद्यालयले आजको प्रवेश परीक्षामार्फत योग्य तथा इच्छुक विद्यार्थीहरू छनोट गर्नेछ । विद्यार्थीको क्षमता र उत्कृष्टताका आधारमा छात्रवृत्ति पनि दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

शैक्षिक सल्लाहकार प्रकाश लामिछानेका अनुसार, राजधानीस्तरको शिक्षालाई स्थानीय स्तरमै उपलब्ध गराउने लक्ष्यसाथ विद्यालयले अनुसन्धान आधारित शिक्षण, साइकोलोजिकल सपोर्ट, आधुनिक ल्याब र दक्ष शिक्षकको संयोजनमार्फत शैक्षिक उत्कृष्टता कायम राख्दै आएको छ ।

विद्यालयका प्रमुख निर्देशक इश्वरप्रसाद पोखरेलले भने, ‘हाम्रो शैक्षिक गुणस्तर र पूर्वाधारले विद्यार्थी र अभिभावक दुवैको विश्वास जितिरहेको छ । आजको प्रवेश परीक्षामा भव्य सहभागिता त्यसैको प्रमाण हो ।’

लगातार २६ वर्षदेखि गुणस्तरीय शिक्षामा समर्पित आदर्श माविमा प्लस टु भर्ना प्रवेश परीक्षाको आजको आयोजना आगामी भविष्यका लागि विद्यालयको प्रतिबद्धता र विद्यार्थीको आकर्षणको संकेतको रूपमा हेरिएको विद्यालयका अध्यक्ष सन्जय थापाले बताए ।

नेपालगन्जको आदर्श माविको शैक्षिक उपलब्धि गौरवपूर्ण, एसईई, विएलईदेखि अन्तर्राष्ट्रिय स्तरसम्म विद्यार्थीको सफलता

नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयले विगत केही वर्षदेखि लगातार शैक्षिक क्षेत्रमा उत्कृष्टता कायम राख्दै आएको छ । विद्यालयको एसईई नतिजा, बीएलई सफलता, भर्ना प्रक्रियामा बढ्दो आकर्षण तथा विद्यार्थीहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय उपलब्धिहरूले आदर्शलाई यस क्षेत्रकै विश्वासिलो शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ ।

विद्यालयले कक्षा १० को राष्ट्रिय परीक्षा एसईईमा २०७७ सालदेखि हालसम्म प्रत्येक वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

विद्यालयका अनुसार, २०७७ मा ८० जना विद्यार्थी सहभागी भएका थिए जसमा शृष्टि सापकोटा, प्रमिष गौतम, कृतिका आचार्य, लेबिन लामिछाने र अतिथ अधिकारीले पूर्ण ४ जीपीए ल्याएर विद्यालयको गौरव बढाए ।

२०७८ मा ९६ जना सहभागी विद्यार्थीमध्ये अमिशा सिंहले ३.९० जीपीए ल्याइन् । २०७९ मा ७३ विद्यार्थी सहभागी भए र बिबेक भट्टले ३.९५ जीपीए ल्याए । २०८० मा ६९ विद्यार्थीले परीक्षा दिए, जसमा कृति चौलागाईं र खुशी डाँगीले ३.९१ जीपीए प्राप्त गरे। २०८१ मा ७२ जना विद्यार्थी सहभागी भए, जसमा प्रतीक भण्डारीले ३.९५ जीपीए ल्याएका थिए ।

‘चालु शैक्षिक सत्र २०८२ मा ७९ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्,’ विद्यालयको प्रगति प्रतिवेदन सुनाउँदै शैक्षिक सल्लाहकार प्रकाश लामिछाने भन्छन्, ‘निरन्तर शतप्रतिशत नतिजा र ४ जीपीएका लागि पूर्ण तयारीमा हाम्रा शिक्षक, विद्यार्थी लागिरहेका छन् ।’

एसईईमामात्रै होइन, बीएलई (कक्षा ८) मा पनि आदर्श विद्यालयले वर्षौंदेखि शतप्रतिशत नतिजा ल्याउँदै आएको जनाएको छ । पछिल्लो वर्ष स्मृति बोहरा र योग लामिछानेले ३.९७ जीपीए प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

शैक्षिक नतिजासँगै आदर्शका विद्यार्थीहरू अन्य गतिविधिमा पनि चम्किरहेका छन् ।

कक्षा ७ की सुबेस्टा रोकाले नेपालगन्जमा हालै आयोजना भएको ‘ग्ल्यामर रनवे २०८२’ जितेकी छन् ।

कक्षा ६ की इशा गिरीले काठमाडौंमा आयोजित ‘नेशनल जुनियर चेस च्याम्पियनसिप २०२५’ मा प्रथम रनरअप भइन् । उनी नेपालगन्ज मेयर कप चेस प्रतियोगिता २०२५ मा पनि विजेता बनिन् ।

कक्षा ७ की मोनिका काठायतले मनीला, फिलिपिन्समा भएको ‘मिस ग्ल्याम इन्टरनेशनल २०२५’ जितेकी छन् । कक्षा ९ का कृशान्त घिमिरे र कक्षा ६ का संस्कार न्यौपाने पनि क्रमशः चेस र पौडी प्रतियोगितामा उत्कृष्ट बनेका छन् ।

यसैगरी कक्षा ९ की मन्यता शाहीले नेपालगन्ज प्याब्सन गेम्स २०२४ मा सटपुटमा स्वर्ण पदक जितेकी छन् ।

विद्यालयका सह–प्रधानाध्यापक टंक गौतमका अनुसार, यस वर्ष विद्यालयमा प्राइमरी, लोअर सेकण्डरी र सेकण्डरी तहका लागि २ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए, जसमध्ये उत्कृष्ट ५३ विद्यार्थी मात्र छनोट भएका छन् ।

शैक्षिक सल्लाहकार लामिछाने भन्छन्, ‘प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट मेधावी विद्यार्थीलाई गुणस्तरीय शिक्षातर्फ अभिमुख गराउने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको छ ।’

आदर्शका प्रमुख निर्देशक इश्वर प्रसाद पोखरेलका अनुसार, विद्यालयले विज्ञान तथा व्यवस्थापन दुवै संकायमा अध्ययनको अवसर दिँदै आएको छ । त्यसका लागि हरेक संकायमा विभागीय प्रमुख नियुक्त गरि प्रत्यक्ष निगरानी र नियमनमा अध्ययन अध्यापनको व्यवस्थाप मिलाइएको उनको भनाइ छ ।

‘आदर्शले व्यवहारिक शिक्षा, इन्टर्नसीप, करियर काउन्सिलिङ, आधुनिक ल्याब, प्रशिक्षित शिक्षक, साइकोलोजिकल सपोर्ट जस्ता संरचना मार्फत विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको छ,’ पोखरेलले भने ।

उनी भन्छन्, ‘निरन्तर सफलता, अभिभावकको विश्वास, विद्यार्थीको सहभागिता र सकारात्मक परिणामले आदर्श विद्यालयलाई नेपालगन्जकै मात्र होइन, प्रदेशकै उत्कृष्ट शिक्षण संस्थामध्ये एकको रूपमा चिनाएको छ ।’

Previous Post

पन्ध्र खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

Next Post

‘विजनेश सीमापारी जाँदा व्यवसाय धराशयी’

Next Post
‘विजनेश सीमापारी जाँदा व्यवसाय धराशयी’

‘विजनेश सीमापारी जाँदा व्यवसाय धराशयी’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version