प्रेस चौतारी नेपाल निर्वाचन आयोगका पूर्व सचिव एवं गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको अमर्यादित व्यवहार गरिएको छ ।
जेन–जी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाउँदै सुरक्षाकर्मी तर्फ संकेत गर्दै पत्रकार आचार्यलाई दुव्र्यवहार गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाँके जल्दै गर्दा कार्यालय छाडेर हिडेका प्रजिअले पत्रकारलाई फोटो खिच्ने क्रममा अनुमति किन नलिएको भनेर धम्क्याएको पत्रकार आचार्यले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी बाँकेले पत्रकार आचार्य प्रति भएको दुव्र्यवहार घटनाको आलोचना गर्दै विज्ञप्ति प्रकाशित गरेका छन् ।
‘परिचय दिँदादिँदै पनि प्रमुख जिल्ला अधिकारी जोशीले सुरक्षाकर्मीलाई के हेरेर बसेको भनेर निर्देशन गर्नुले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको र आफूलाई आतंकित बनाएको महसुस हाम्रो संगठनले गरेको छ’, पत्रकार प्रेस चौतारी बाँकेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पत्रकारप्रतिको व्यवहारमा यसअघि देखि नै आलोचित प्रजिअ जोशीले संवेदनशील यस घडीमा समेत यसखालको प्रवृत्तिलाई दोहोर्याउनु चिन्ताको विषय हो ।’
‘प्रेस चौतारी बाँके उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराउँदछ । बिषम परिस्थिति सञ्चारमैत्री तथा सुरक्षित वातावरण निर्माणका लागि पहल गर्न सम्बद्ध सबैमा अपिल गर्दछौं’, प्रेस चौतारी बाँकेले भनेको छ ।