नेपालगन्ज लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका क्लवहरूले साताव्यापी कार्यक्रम गर्ने भएका छन् । मेल्भिनको १४७ अ जन्म दिवसमा बाँकेमा स्वास्थ्य शिविर, न्यानो कपडा वितरण, विद्यार्थीलाई शैक्षिक र स्टेशनरी सामाग्री वितरण, आश्रममा खाद्यान्न वितरण र भोजन खुवाउने लगायतका कार्यक्रम हुँदैछ ।
१४७ औं सप्ताहव्यापी मेल्भिजोन जन्मजयन्ती समारोहका डिस्ट्रिक कोर्डिनेटर लायन सावित्री शर्माले पुस २३ देखि २९ गतेसम्म कार्यक्रम गर्ने मंगलबार लायन्सले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायत लायन्स सम्बद्ध विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा लायन लिडर शर्माले मानवीय सेवा लायन्सको प्राथमिकता रहेको बताइन् । त्यसको सुरुवात आज बुधबार विहान लायन्स एरिया नं. ४ का सम्पूर्ण क्लबको संयुक्त आयोजनामा नगरसरसफाई गर्दै हुने उनले बताइन् । शर्माले स्वास्थ्य शिविर, न्यानो कपडा वितरण, शैक्षिक सामाग्री वितरण, आश्रममा खद्यान्न वितरण तथा खान खुवाउने लगायतका कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।































