नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम ले आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
नयाँ दरअनुसार पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ। तर हवाइ इन्धनको मूल्य भने बढाइएको छ—आन्तरिकतर्फ ७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर ४६ डलरले वृद्धि गरिएको निगमले जनाएको छ।
यससँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ कायम भएको छ।
हेर्नुस् मूल्यसूची–
































