For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास

byDainik Nepalgunj
May 23, 2026
in News, मुख्य समाचार
0 0
0
कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास
Share on FacebookShare on Twitter

कर्णाली प्रदेशको पर्यटन सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यसहित वीरेन्द्रनगरमा ‘कर्णाली टुरिजम् मिट–२०२६’ तथा प्रथम कर्णाली पर्यटन महोत्सव आयोजना भएको छ । ‘अन द ल्याप अफ नेचर एण्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको कार्यक्रमले कर्णालीलाई विश्व पर्यटन बजारसँग जोड्ने नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । दैलेखको दुल्लु नगरपालिका र गुराँस गाउँपालिकाले सहआयोजनाको भूमिका निर्वाह गरेका छन् भने होटल व्यवसायी महासंघ सुर्खेतले समन्वय गरेको छ । महोत्सवमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक सम्पदा, दिगो पर्यटन विकास र अन्तरप्रदेशीय तथा अन्तरदेशीय सहकार्यबारे विभिन्न छलफल तथा प्रवर्धनात्मक गतिविधि सञ्चालन भइरहेका छन् ।

कार्यक्रममा भारतका उत्तरप्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको छ ।

त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट पनि पर्यटन व्यवसायी तथा विभिन्न संस्थाका प्रतिनिधि सहभागी भएका छन् । मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीका अनुसार, महोत्सवले कर्णालीलाई भारतीय पर्यटन बजारसँग प्रत्यक्ष जोड्ने विश्वास गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए । उनले पर्यटन क्षेत्रको विकासले समग्र नेपालको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने धारणा राखे ।

‘कर्णाली घुम्ने मात्र होइन, अनुभूति गर्ने भूमि हो,’ उनले भने, ‘यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो ।’ उनले विगतमा कर्णालीलाई केवल भौगोलिक विकटतासँग जोडेर हेरिएको स्मरण गर्दै अहिले भने अथाह पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित हुँदै गएको बताए । रारा, शे–फोक्सुण्डो, काँक्रेविहार, गुराँसे, हुम्ला र डोल्पाजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा ब्रान्डिङ गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्नेछ,’ मन्त्री अधिकारीले भने, ‘यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउनेछ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कर्णालीलाई नेपाली सभ्यता, हिमाली संस्कृति, जैविक विविधता र मौलिक जीवनशैलीको जीवन्त संग्रहालयको संज्ञा दिए । उनले अहिलेको विश्व पर्यटन बजार कृत्रिम संरचनाभन्दा मौलिक अनुभवतर्फ आकर्षित भइरहेको बताए ।

‘आज विश्व पर्यटन बजार कृत्रिम संरचनाभन्दा मौलिक अनुभव खोजिरहेको छ,’ उनले भने, ‘पर्यटकहरू संस्कृति बुझ्न, स्थानीय जीवन अनुभव गर्न, आध्यात्मिक शान्ति खोज्न र प्रकृतिसँग पुनः जोडिन यात्रा गरिरहेका छन् । कर्णालीले यिनै सबै विशेषता बोकेको छ ।’

सचिव निरौलाले सुर्खेत अब केवल ट्रान्जिट केन्द्रमा सीमित नरहेको उल्लेख गरे । सडक सञ्जाल, हवाई पहुँच, होटल पूर्वाधार र व्यापारिक गतिविधिका कारण सुर्खेत कर्णाली पर्यटनको रणनीतिक केन्द्रका रूपमा विकास भइरहेको उनले बताए ।

‘कर्णाली प्रवेश गर्ने पर्यटकका लागि सुर्खेत पहिलो अनुभव हो,’ उनले भने, ‘त्यो अनुभवलाई व्यवस्थित, गुणस्तरीय र स्मरणीय बनाउन पर्यटन व्यवसायीहरू अझ जिम्मेवार हुन आवश्यक छ ।’

महोत्सवमा कर्णाली प्रदेशको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा अघि बढाउने विषयमा बहस भइरहेको आयोजकले जनाएको छ । प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, धार्मिक तथा साहसिक पर्यटनलाई समेटेर कर्णालीको समग्र पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जग्दिश्वर उपाध्याय, नेपाल एसोसिएसन फर टुर एण्ड ट्राभल्स (नाट्टा) बाँके शाखाका प्रतिनिधि, कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी, भारतीय पर्यटन व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि तथा पर्यटनकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

विस्तार भयो, निःशुल्क सटल बस सेवा

सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदैआएको निःशुल्क सटल बस सेवा बजारसम्मैका लागि विस्तार गरिएको छ । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलदेखि सञ्चालन गरिदै आएको सेवा शुक्रवारदेखि विस्तार गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनपछि निःशुल्क सटल बस सेवा विस्तार गरिएको हो ।

सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवत–जावतका लागि सटल बस सेवा विस्तार गरिएको हो ।

निःशुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म सञ्‍चालन हुँदै आएकोमा उक्त सटल बस सेवा जेठ ८ गतेदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्‍चालन हुने कार्यालयले जनाएको छ ।

Previous Post

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

Next Post

बकर इदमा सार्वजनिक विदा

Next Post
बकर इदमा सार्वजनिक विदा

बकर इदमा सार्वजनिक विदा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version