For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

अपि हिमालको काखमा क्रिकेटः

byDainik Nepalgunj
June 15, 2026
in News, मुख्य समाचार
0 0
0
अपि हिमालको काखमा क्रिकेटः
Share on FacebookShare on Twitter

खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका

नरेन्द्रसिंह कार्की

सुदूरपश्चिमको सबैभन्दा उचाइको सात हजार १३२ मिटर अग्लो अपी हिमाल वरिपरि सेताम्मे हिमशृङ्खला छन् । तल हरियो घाँसेमैदान । भेडाबाख्राको बथानसँगै चरिरहेका देखिन्छन् । वरिपरि यार्सागुम्बा सङ्कलन गर्न पुगेका युवाहरूको चहलपहल ।

अपि हिमालको काखमा रहेको अपि बेसक्याम्प, त्यहाँको स्थानीय भाषामा ‘पिलकन्द पैदान’ भनेर चिनिने मैदानमा युवाहरू क्रिकेट खेलिरहेका छन् । त्यहीँ हिमालको काखमा गुन्जिने क्रिकेटको ब्याट र बलको आवाज अहिले दार्चुलाको अपि हिमाललाई नयाँ पहिचान दिने माध्यम बनेको छ । गत शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा अपि बेसक्याम्पमा क्रिकेट खेलिरहेको भिडियो भिडियो पोष्ट गरेपछि त्यो देशभर फैलियो ।

दार्चुलाका फोटोग्राफर हिमालय भट्टले खिचेको भिडियोमा युवाहरू हिमाली मैदानमा क्रिकेट खेलिरहेका देखिन्छन् । प्रधानमन्त्री शाहले आफ्नै ¥याप शैली मिसाएर भिडियो पोस्ट गरेपछि अपि हिमालको चर्चा सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ । यो स्टाटससँगै अपिहिमालको क्रिकेट र पर्यटनको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ ।

फोटोग्राफर हिमालय भट्टले गत जेठ १२ गते यो भिडियो खिचेका थिए । फेसबुक पेज र इन्स्टाग्राममा राखेपछि यो भिडियोले निकै चर्चा पाएको फोटोग्राफर भट्ट बताउनुहुन्छ । इन्स्टाग्राममा भिडियो राम्रो ‘भ्यूज’ पाएपछि प्रधानमन्त्री कार्यालयले आफूसँग भिडियो माग गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘प्रधानमन्त्रीज्यूले पोष्ट गरेपछि यो भिडियो निकै ‘भाइरल’ भइरहेको छ ।’’ तर, अपि हिमालमा क्रिकेटको सुरु भएको र चर्चा पाएको आज मात्रै भने होइन । यसको इतिहास दुई दशकभन्दा पुरानो भइसकेको छ ।

भारतको पिथौरागढ हुँदै गाउँसम्म आइपुगेको क्रिकेट

२०५९ सालतिर अपि हिमाल गाउँपालिकामा क्रिकेट भित्रिएको हो । त्यतिबेला गाउँका केही विद्यार्थी भारतको पिथौरागढमा अध्ययन गर्थे । जिल्लामा क्याम्पस नहुँदा युवाहरू भारतमा अध्ययन गर्न जाने गर्दछन् । विद्यालयमा क्रिकेट खेल्ने र हेर्ने क्रममा उनीहरू खेलसँग परिचित भए । घर फर्किएपछि उनीहरूले तत्कालीन खण्डेश्वरीको खात्तीस्थित ‘सम्तेली’ चौड मैदानमा क्रिकेट खेल्न सुरु गरे ।

सुरुआती पुस्तामा झलकसिंह धामी, दमनसिह रोकाया, दीपक लोथ्याल, मदन कार्कीलगायतका युवाहरू क्रिकेटप्रति रुचि राख्नेमा थिए । उनीहरू भारतमा क्रिकेटसँग सामान्य रूपमा परिचित भएका थिए । गाउँमा फर्किएपछि कसरी खेल्ने भन्ने अन्योलबीच मदनसिह कार्कीलगायतको समूहले ‘समाज सुधार समाज युवा क्लब’ गठन गरिसकेका थिए । सोही क्लबमार्फत २०५९ सालको दशैंमा पहिलोपटक ‘सेस क्रिकेट’ बाट खेल सुरु गरिएको थियो ।

धामीका अनुसार सुरुमा गाउँमा ब्याट र बल उपलब्ध थिएन । कपडाको बल बनाएर र काठको ब्याट प्रयोग गरेर समेत क्रिकेट खेलिन्थ्यो । अम्पायरिङसम्बन्धी ज्ञानको समेत अभाव थियो । भारतबाट ल्याइएका किताबका आधारमा क्रिकेटका नियम सिक्ने र सिकाउने काम हुन्थ्यो । समग्रमा यो क्षेत्रको लागि क्रिकेट नयाँ खेल थियो । “त्यो बेला युवाहरूमा उत्साह धेरै थियो,” धामी भन्नुहुन्छ, “पाँच–सात वर्षसम्म क्रिकेटले निकै राम्रो विकास पनि ग¥यो । केही खेलाडी क्षेत्रीयदेखि राष्ट्रियस्तरसम्म पुगे ।” तर पछिल्लो समय क्रिकेट रमाइलोमै सीमित बन्दै गएकोमा उहाँ दुःखी छन् । “त्यो अवस्थालाई हेर्ने हो भने अपि हिमालका खेलाडीले अहिले राष्ट्रियस्तरमै प्रभाव जमाउन सक्थे,” उहाँ भन्नुहुन्छ, “तर सरकारी लगानी भएन । खेल क्षेत्रले आवश्यक प्राथमिकता पाएन ।”

उहाँका अनुसार विद्यालय तहदेखि नै खेलकुदमा लगानी गर्नसके मात्रै दीर्घकालीन उपलब्धि सम्भव हुन्छ । उनीहरूले गाउँका युवाहरूलाई क्रिकेट सिकाए, स्थानीय प्रतियोगिता आयोजना गरे । दशैं–तिहारका बेला खेलिने रमाइलो खेलको रुपमा विकास भयो । त्यसयता क्रिकेट अपि हिमालको चाडपर्वसँग जोडिएको परम्पराका रूपमा विकसित भइरहेको छ । यहाँ उत्पादन जनशक्तिलाई माथिल्लो निकायसम्म जोड्न सकिएको छैन् ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी खडकसिंह लोथ्याल स्थानीय सरकार आएपछि गाउँमै खेलाडी उत्पादनभन्दा पूर्वाधार विकासमा मात्र जोड दिइएको बताउनुहुन्छ । “खेल क्षेत्रका लागि स्थानीय सरकारको स्पष्ट नीति छैन । लगानी पनि योजनामै सीमित छ,” उहाँ भन्नुहुन्छ, “खेल नबुझेका व्यक्तिलाई खेलकुद क्षेत्रको जिम्मेवारी दिँदा विकास सम्भव हुँदैन ।” खेलाडीलाई प्रोत्साहत नहुनु र क्लबहरूसँग समन्वयको अभावले गर्दा गाउँमा खेलकुदको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ । “राज्यले खेल क्षेत्रलाई अपनत्व ग्रहण गर्न सके लगानीको सही प्रतिफल आउँथ्यो,” उहाँले भन्नुभयो ।

यार्सागुम्बा टिप्ने मैदानमा क्रिकेट

क्रिकेटको विस्तार गाउँदेखि हिमालतिर उक्लियो । यार्सागुम्बा सङ्कलनका लागि युवाहरू अपी बेसक्याम्प पुग्न थालेपछि त्यहाँ पनि क्रिकेट सुरु भयो । अपि हिमालको फेदमै पिलकन्द मैदान छ । अहिले चर्चा गरिएको त्यही ठाउँ अपि हिमालको वेश क्याम्पस छेउमा पर्छ । यो स्थानीयको पशुचौपाया, भेडाबाख्रा चरिचरन क्षेत्र पनि हो । यार्सागुम्बा सङ्कलन गरेपछि फुर्सदको समयमा मैदानमा क्रिकेट, भलिवललगायतका खेलको विकास हुन थालेको छ ।

पूर्वक्रिकेटर दीपक लोथ्यालका अनुसार अपि क्षेत्रमा दुई दशकदेखि क्रिकेट खेलिँदै आएको छ । “२०६२ सालमा लालीगुराँस युवा क्लब पाटुले पहिलो क्रिकेट प्रतियोगिता आयोजना पिलकन्द मैदान (हालको अपि वेसक्याम्प)मा आयोजना गरेको थियो,” उहाँ सम्झनुहुन्छ, “त्यतिबेला थ्रीएल लिथीले सितीको टोलीलाई हराएको थियो । म त्यही टोलीको कप्तान थिएँ ।” उहाँका अनुसार अहिले सामाजिक सञ्जालमार्फत अपि हिमाल विश्वसामु पुग्नु गर्वको विषय बनेको छ । “यो भर्जिन रुटका रूपमा रहेको अपि हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अवसर हो,” उहाँ भन्नुहुन्छ ।

अपि हिमालको साविकको खण्डेश्वरी गाविसको खात्ती मैदानमा २०५९ सालमै क्रिकेट सञ्चालन गर्नुभएका संस्थापक मदन कार्की विगत सम्झँदै भन्नुहुन्छ “बीस वर्षअघि त्यो मैदानमा क्रिकेट खेल्दा एक दिन अहिलेको जस्तो माहोल होला भन्ने कल्पना थिएन,” उहाँ भन्नुहुन्छ, “अब क्रिकेटलाई पर्यटनसँग जोड्ने समय आएको छ ।”

खेलसँगै पर्यटन ढोका खुल्दै

अपि हिमाल गाउँपालिकाले अहिले क्रिकेटलाई खेलका रूपमा मात्र होइन, पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा पनि हेर्न थालेको छ । गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बोहराका अनुसार चार वर्षदेखि अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित विभिन्न योजना अघि बढाएको बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन र खेल पर्यटनलाई प्राथमिकतामा राखेको छ । विशेषज्ञ स्वास्थ्य शिविर, योग–ध्यान कार्यक्रम, रैथाने बाली तथा अर्गानिक खानाको प्रवद्र्धन, स्वयंसेवी शिक्षक कार्यक्रमदेखि उच्च हिमाली खेलकुद रङ्गशाला निर्माणसम्मका योजना बनाइएका छन् ।

गाउँपालिकाको दीर्घकालीन लक्ष्य भनेको अपी बेसक्याम्पमै राष्ट्रियस्तरको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्नु हो । भलिबल, फुटबल र अल्ट्रा म्याराथन प्रतियोगितासमेत सञ्चालन गर्ने योजना गाउँपालिकासँग रहेको उहाँ बताउनुहुन्छ । “पर्यटनलाई आर्थिक विकाससँग जोड्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष बोहरा भन्नुहुन्छ, “सुन्दर, समृद्ध र विकसित अपिहिमाल निर्माण गर्ने सपना छ ।”

प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार भिडियो पोस्ट गरेपछि अपि हिमाल एकाएक राष्ट्रिय चर्चामा आएको छ । हिमालको फेदीमा क्रिकेट खेलिरहेको दृश्यले धेरैलाई आकर्षित गरेको छ । एउटा सामाजिक सञ्जालमा पोष्ट भएको यो भिडियोले अहिले विश्वको ध्यान अपि हिमालमा खिचेको छ । अध्यक्ष बोहराले प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गर्दै अपि भ्रमणको निम्तोसमेत दिनुभएको छ । “उहाँले अपिको प्रचार गरेर ठूलो गुन लगाउनुभएको छ,” उहाँ भन्नुहुन्छ, “हामी अपिवासी उहाँलाई यहाँ स्वागत गर्न आतुर छौँ ।”

अहिले यो अपिहिमाल वेश क्याम्पमा आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच हजार पर्यटकले भ्रमण गर्ने गरेका छन् । अझै यसलाई १० हजार पर्यटकले घुम्नेसक्ने गरी विकास गर्ने लक्ष्य रहेको अध्यक्ष बोहरा बताउनुहुन्छ । अपिहिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य बनाउने योजना छ । पर्यटन प्रवद्र्धनको लागि होमस्टे बनाउने, पदयात्रा मार्ग अझै सुधार गर्दै लैजानेलगायतका गतिविधि गर्न बाँकी नै रहेको उहाँको भनाइ छ ।

‘हाई अल्टिच्युड एडभेन्चर क्रिकेट रङ्गशाला’ निर्माण गरिँदै

अपि हिमाल गाउँपालिका–४ मा रहेको सम्तेली चौडमा ‘हाई अल्टिच्युड एडभेन्चर पर्यटन क्रिकेट रंगशाला’ निर्माण गरिरहेको छ । चालू आर्थिक वर्षमा कूल सात करोड रुपैयाँ लागतमा क्रिकेट मैदान निर्माण भइरहेको हो । समुद्र सतहदेखि २४५० मिटर उचाइमा बन्ने यो खेल मैदान नेपालकै साहसिक एडभेन्चर र उच्च उचाइमा अवस्थित सम्भावनायुक्त क्रिकेट रङ्गशाला हुने अपेक्षा गाउँपालिकाल गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बोहरा यो परियोजनाले गाउँपालिकाको आर्थिक उत्थान, स्थानीय रोजगार सिर्जना, पर्यटन विकास र युवा खेलाडीहरूको क्षमता अभिवृद्धिमा प्रत्यक्ष योगदान पुग्ने बताउनुहुन्छ । “यो रङ्गशाला हाम्रो गौरवको परियोजना हो, अपि क्षेत्रलाई खेल पर्यटनको विश्व नक्सामा चिनाउने हाम्रो साझा सपना हो,” उहाँले भन्नुभयो ।

के छ सरकारी योजना ?

सरकारको शासकीय सुधारका सय कार्यसूचीमा सुदूरपश्चिमका हिमाल पनि समेटिएका छन् । ती स्थानमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योग्य खाका प्रस्तुत गर्ने कुरा उल्लेख छ । अछामको रामारोशन, बाजुराको बडिमालिका र दार्चुलाको अपि हिमाल पदयात्रा मार्ग सरकारको उच्च प्राथमिकतामा छ । अपि हिमाल गाउँपालिका सँगको समन्वयमा नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजनाले अपि साइपाल पदयात्रा मार्गको विकासको लागि काम गरिरहेको छ ।

भट्टलाई अपिहिमाल गाउँपालिकाले पर्यटनदूत नियुक्त समेत गरेको थियो । उहाँले दार्चुलाको साथै सुदूरपश्चिम र कर्णाली क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आउनुभएको छ । अपि र साइपाल आधार शिविरसम्म पुग्ने मार्गमा रहेका झरना, तालतलैया तथा नदीनाला, रङ्गीविरङ्गी फूलले ढाकेका पाटन र भौगोलिक तथा जैविक विविधताको संयोजनले यो क्षेत्र आरोहीका लागि मात्र नभएर पदयात्री र पर्यावरणमा चासो राख्नेका लागि समेत नौलो अनुभव दिलाउने खालको रहेको छ ।

यस्तै अघिल्लो सरकारको साउन १२ को नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण गर्दा दुई वर्षसम्म सलामी दस्तुर नलाग्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले राजधानीबाट टाढा रहेकाले महंगो खर्चका कारण यहाँ आउन हिच्किचाउने पर्यटकलाई राहत हुने र पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बोहरा सरकारलाई तिर्नुपर्ने सलामी दस्तुरको खर्चले पर्यटकको आधा भन्दा बढी रकम सस्तो हुने बताउनुहुन्छ । आरोहण वा पदयात्रा मार्गको विकासका लागि हिमालका आधार शिविरसम्म पुग्ने सुरक्षित पदमार्ग, क्याम्प साइट, बाटोमा खानबस्न मिल्ने ‘टी हाउस’को निर्माण, बाटोका बारेमा जानकारी दिने सङ्केत चिन्ह र शौचालयजस्ता पूर्वाधारहरू निर्माण गर्नुपर्ने बताउँदै उहाँ भन्नुहुन्छ, “हामीले थुप्रै संरचना निर्माण गर्दैछौं । ट्रेकिङ चिन्ह बनाएका छौँ । अझै धेरै गर्न बाँकी छ ।”

कसरी पुग्ने अपि हिमाल ?

अपि हिमाल वेशक्याम्प पुग्न काठमाडौँबाट एक घण्टा हवाई दुरीमा धनगढी पुगिन्छ । धनगढी अतरियाबाट २६० किलोमिटर बस तथा जीपको यात्राबाट दार्चुलाको मार्मा गाउँपालिका लटिनाथसम्म पुग्न सकिन्छ । धनगढी अतरियाबाट दार्चुलाको मार्मा सम्म पुग्न सहजै बस तथा जीपहरू नियमित चल्नेगर्छ । यो ठाउँको यात्रा १३ घण्टाको हुनेछ । बसहरू मार्मा गाउँपालिका लटिनाथसम्म जाने गर्छ भने जीप भेट्टाउनु भयो भने अपि हिमाल गाउँपालिकाको मकरीगाड हुँदै हाल अपिहिमाल गाउँपालिका–३ को काफलधारसम्म सहज रुपमा चल्छ ।

मकरीगाडमा स्थापना गरिएको पर्यटकीय सूचना केन्द्रबाट कुन मार्ग भएर वेश क्याम्प पुग्ने, होमस्टेको बारेमा जानकारी लिन र घुम्नै परे गाइड र भरिया व्यवस्थापन गर्न सहज हुनेछ । सूचना केन्द्रमा अक्कलसिह ठगुन्नाले पर्यटकीय गन्तव्यको बारेमा विस्तृत जानकारी दिने गर्नुभएको छ ।

मकरीगाड पुगेपछि दुई वटा मार्ग छन् । एउटा मार्ग गाउँपालिका केन्द्र खण्डेश्वरी हुँदै वेसक्याम्प पुग्ने हो । खण्डेश्वरी जान मकरीगाडदेखि उकालो लाग्दा चार हजार पाँच सय सिढीं चढ्नुपर्छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको सिंढी निकै सुन्दर छ । गाउँपालिका नजिकै रहेको नौपाटा होमस्टेमा पर्यटकलाई स्वागत गर्न आमा समूह तथा स्थानीय क्लव छन् ।

अर्को मकरीगाडबाट खण्डेश्वरीको फेद काफलधारसम्म गाडी चढेर जाने हो । अपि हिमाल गाउँपालिका–२ को घुसा, नालीमा पर्यटक बस्न होमस्टे निर्माण गरिएको छ । घुसा नालीबाट दुई घण्टा पदयात्रा गर्नेबित्तिकै अपि हिमाल गाउँपालिका–१ को सीति खायकोटमा रहेको होमस्टेमा खाना र बस्नको लागि व्यवस्था गरिएको छ ।

खायकोटबाट सीमार छिरछिरे लगायतका क्षेत्रमा पर्यटक बस्ने आवास तथा होटल निर्माण गरिएको छ । सीमारबाट नौ किलोमिटर दुरीमा रहेको धौलीओडारमा पर्यटक बस्ने राम्रो सुविधा छ ।

यहाँबाट अपि हिमाल वेसक्याम्प पुग्न तीन किलोमिटर हिंड्नुपर्छ । पुरै मैदानी फाँट रहेको पिलकन्दह पुग्ने बित्तिकै अपिहिमाल, नाम्पा हिमालको दर्शन गर्न सकिन्छ । पिलकन्द दहबाट कालीढुङ्गा तालसम्म पुग्न अर्को दुई घण्टा समय लाग्छ । यो ताल निकै आकर्षक र सुन्दर छ । पिलकन्द अपि वेशक्याम्पमा बास बस्न होटलहरू छन् ।

मैदानी घासेमैदान रहेको यो क्षेत्र वरिपरि वैशाख जेठ र असारमा यार्सागुम्बा सङ्कलकहरूको भीड लाग्ने गर्छ । यहाँ स्थानीयवासीले भेडा, बाख्रा पशुचौपाया चरिचरनको लागि लैजाने गर्छन् । अपि नाम्पा संरक्षण क्षेत्र भएको कारण यो क्षेत्रमा वन्यजन्तु, चरालगायतको अवलोकन गर्न सकिन्छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र २५ प्रकारका स्तनधारी, २४३ प्रजातिका चराहरू र ७५ प्रकारका जडिबुटी पाइने गरेको छ ।

विश्वमै दुर्लभ बन्दै गएको यो क्षेत्र हिमाली पारिस्थितिक प्रणाली संरक्षणका दृष्टिले पनि उतिकै संवेदनशील छ । संरक्षणको पाटोलाई पूर्ण बेवास्ता गरिएका कारण केही वर्षयता भइरहेको अस्वभाविक दोहनले अस्तित्व नै सङ्कटमा पर्नै चिन्ता बढाएको छ ।

बढ्दो तापमान र अस्वाभाविक मौसमी परिवर्तनले हिमालहरू कालापहाडमा रूपान्तरण हुँदै गएका छन् भने अर्कोतिर जडीबुटी सङ्कलनका लागि वर्सेनि ठूलो संख्यामा हिमाली क्षेत्रमा पुग्ने मानिसले जथाभावी चोरीशिकार गर्ने, डढेलो लगाउने, फोहोर फाल्ने, वन फडानी गर्नेलगायतका गतिविधिले हिमाली क्षेत्रको जैविक विविधता सखाप हुने क्रममा छ । यसको संवेदनशीलतालाई हेरेर अपि नाम्पा संरक्षण क्षेत्रले समेत पर्यटन प्रवद्र्धनको क्षेत्रमा लगानी गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

Previous Post

६३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अपि हिमालको काखमा क्रिकेटः

अपि हिमालको काखमा क्रिकेटः

June 15, 2026
६३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

६३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

June 15, 2026
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

June 15, 2026
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version