For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

byDainik Nepalgunj
June 17, 2026
in विचार
0 0
0
डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम
Share on FacebookShare on Twitter

प्रविधिको उज्यालो र अँध्यारो पाटो

२१औँ शताब्दीलाई सूचना र प्रविधिको युगका रूपमा चिनिन्छ। स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ताले संसारलाई एक क्लिकको दूरीमा ल्याइदिएको छ। आजको पुस्ताले प्रविधिको माध्यमबाट ज्ञान, सीप, रोजगारी, मनोरञ्जन र विश्वव्यापी अवसरहरू सहज रूपमा प्राप्त गरिरहेको छ। विशेषगरी बालबालिका र युवाहरूका लागि प्रविधि सिकाइ, सिर्जनशीलता र आत्मविकासको महत्वपूर्ण माध्यम बनेको छ।

तर प्रविधिको यही तीव्र विस्तारसँगै यसको दुरुपयोगले नयाँ र जटिल सामाजिक समस्या पनि जन्माइरहेको छ। केही वर्षअघिसम्म घर, विद्यालय वा समुदायमा सीमित रहने धेरै प्रकारका हिंसा, शोषण र दुव्र्यवहार अहिले डिजिटल माध्यममार्फत घरभित्रै प्रवेश गर्न थालेका छन्। सामाजिक सञ्जालको गलत प्रयोग, साइबर बुलिङ, यौनजन्य ब्ल्याकमेलिङ, गोपनीयता उल्लंघन, डीपफेक, अनलाइन ठगी तथा प्रविधिको माध्यमबाट बढ्दो बालविवाह आजको समाजका गम्भीर चुनौती बनेका छन्।

हालै जुरी नेपालद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको “प्रविधिजन्य लैंगिक हिंसा (Technology Facilitated Gender-Based Violence–TFGBV) तथा प्रविधिजन्य बालविवाह (Technology Facilitated Child Marriage–TFCM)” सम्बन्धी कानुनी विश्लेषण प्रतिवेदनले नेपालमा बढ्दै गएको यस समस्याको गम्भीर चित्र प्रस्तुत गरेको छ। प्रतिवेदनले डिजिटल प्रविधिको गलत प्रयोगले विशेषगरी बालिका, किशोरी तथा युवतीहरूलाई बढी जोखिममा पारेको देखाएको छ।

किन बढी जोखिममा छन् बालबालिका र युवा ?

बालबालिका र किशोरकिशोरीहरू विकासको संवेदनशील चरणमा हुन्छन्। उनीहरू नयाँ कुरा सिक्न, साथी बनाउन, आफ्नो पहिचान स्थापित गर्न र भावनात्मक सम्बन्ध निर्माण गर्न उत्सुक हुन्छन्। यही स्वाभाविक जिज्ञासा र उत्साहलाई केही व्यक्तिहरूले डिजिटल माध्यमबाट दुरुपयोग गर्ने गरेका छन्।

आज अधिकांश किशोरकिशोरीहरूको दैनिक जीवन सामाजिक सञ्जालसँग जोडिएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट, मेसेन्जर तथा अन्य प्लेटफर्महरूमा उनीहरूको सक्रियता बढ्दो छ। तर धेरैले डिजिटल सुरक्षाका आधारभूत उपायहरूबारे पर्याप्त जानकारी नपाउँदा अनलाइन जोखिमको सिकार बन्ने गरेका छन्।

अनलाइन संसारमा देखिने सबै व्यक्ति वास्तविक र विश्वसनीय हुँदैनन्। धेरै घटनामा नक्कली परिचय प्रयोग गरी किशोरीहरूसँग सम्बन्ध विस्तार गर्ने, विश्वास जित्ने र पछि उनीहरूलाई शोषण गर्ने कार्यहरू भइरहेको पाइन्छ। प्रविधिले अपराधीलाई आफ्नो पहिचान लुकाउन सहज बनाइदिएको छ भने पीडितलाई जोखिम अझ बढाइदिएको छ ।

साइबर बुलिङ: मौन हिंसाको बढ्दो रूप :

पछिल्लो समय विद्यालय तथा कलेज उमेरका बालबालिकाबीच साइबर बुलिङ तीव्र रूपमा बढिरहेको छ। कसैको तस्बिर वा भिडियो अनुमति बिना सार्वजनिक गर्नु, अपमानजनक टिप्पणी गर्नु, झुटा अफवाह फैलाउनु, समूहबाट बहिष्कार गर्नु वा सामाजिक सञ्जालमा निरन्तर मानसिक दबाब सिर्जना गर्नु साइबर बुलिङका सामान्य रूप हुन्।

धेरै अभिभावकले शारीरिक चोटलाई मात्र हिंसा ठान्ने गर्छन्। तर अनलाइन माध्यमबाट हुने मानसिक हिंसाले बालबालिकाको आत्मविश्वास, अध्ययन, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। धेरै किशोरकिशोरीहरू अपमान, लाज र डरका कारण परिवार वा शिक्षकसँग समस्या साझा गर्न सक्दैनन्। परिणामस्वरूप उनीहरू डिप्रेसन, चिन्ता, एक्लोपन र आत्मघाती सोचसम्म पुग्न सक्छन्।

डिजिटल प्रेमदेखि बालविवाहसम्म :

नेपालमा बालविवाहको समस्या पुरानो भए पनि अहिले यसको स्वरूप बदलिएको छ। विगतमा परिवार वा समुदायको दबाब मुख्य कारण हुने गरेकोमा अहिले सामाजिक सञ्जालमार्फत सम्बन्ध विस्तार भएर हुने बालविवाहका घटना बढिरहेका छन्।

धेरै किशोरकिशोरीहरू अनलाइन माध्यमबाट चिनजानमा आउँछन्। केही दिन वा महिनाको कुराकानीमै गहिरो भावनात्मक सम्बन्ध विकसित हुन्छ। वास्तविक जीवनमा पर्याप्त चिनजान नहुँदै भागेर विवाह गर्ने प्रवृत्ति बढिरहेको छ।

झन् चिन्ताजनक पक्ष के छ भने कतिपय अवस्थामा व्यक्तिगत तस्बिर वा भिडियो आदानप्रदान पछि उत्पन्न हुने ब्ल्याकमेलिङका कारण किशोरीहरू बाध्य भएर सम्बन्ध वा विवाह स्वीकार गर्न विवश हुन्छन्। यसले उनीहरूको शिक्षा, स्वास्थ्य, आत्मनिर्णयको अधिकार र भविष्यमा गम्भीर असर पार्छ।

डीपफेक र कृत्रिम बुद्धिमत्ताको नयाँ खतरा :

कृत्रिम बुद्धिमत्ता (AI) को विकासले मानव जीवनलाई धेरै क्षेत्रमा सहज बनाएको छ। तर यसको दुरुपयोगले नयाँ प्रकारका अपराध जन्माइरहेको छ। डीपफेक प्रविधिको प्रयोग गरी कसैको अनुहार राखेर नक्कली भिडियो वा अश्लील सामग्री तयार पार्न सकिन्छ।

नेपालमा पनि यस्ता घटनाहरू विस्तारै देखिन थालेका छन्। विशेषगरी महिला, किशोरी तथा सामाजिक रूपमा सक्रिय व्यक्तिहरू यसको लक्ष्य बन्ने गरेका छन्। पीडितले कुनै गल्ती नगरे पनि नक्कली सामग्रीका कारण सामाजिक अपमान, मानसिक पीडा र प्रतिष्ठामा क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ। यस प्रकारको अपराधलाई रोक्न केवल कानुन मात्र पर्याप्त हुँदैन। समाजमा डिजिटल साक्षरता र तथ्य पहिचान गर्ने क्षमता पनि विकास गर्नुपर्छ।

अभिभावकको भूमिका: निगरानी होइन, विश्वास

धेरै अभिभावकले प्रविधिलाई नै समस्या ठानेर मोबाइल खोस्ने वा इन्टरनेट प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने प्रयास गर्छन्। तर यस्तो उपाय दिगो समाधान होइन। बालबालिकाले आफ्ना समस्या खुलस्त रूपमा भन्न सक्ने पारिवारिक वातावरण निर्माण गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। अभिभावकले आफ्ना छोराछोरीसँग नियमित संवाद गर्नुपर्छ। उनीहरूले प्रयोग गर्ने डिजिटल प्लेटफर्म, साथीभाइ र अनलाइन गतिविधिबारे चासो राख्नुपर्छ।

निगरानीभन्दा पनि विश्वास र मार्गदर्शन प्रभावकारी हुन्छ। बालबालिकाले समस्या परेमा आफूलाई दोषी ठान्ने होइन, परिवारसँग सहयोग माग्न सक्ने वातावरण निर्माण गर्नुपर्छ।

विद्यालयको जिम्मेवारी :

आजको समयमा विद्यालयले केवल पाठ्यपुस्तकको ज्ञान दिनु पर्याप्त हुँदैन। डिजिटल नागरिकता (Digital Citizenship) सम्बन्धी शिक्षा विद्यालय तहदेखि नै अनिवार्य बनाइनुपर्छ।

विद्यार्थीहरूलाई अनलाइन सुरक्षा, गोपनीयताको महत्व, साइबर अपराधको जोखिम, डिजिटल नैतिकता तथा जिम्मेवार सामाजिक सञ्जाल प्रयोगबारे व्यवहारिक शिक्षा दिनुपर्छ। विद्यालयमा साइबर बुलिङविरुद्ध स्पष्ट नीति र गुनासो संयन्त्र पनि आवश्यक छ।

शिक्षकहरूलाई समेत डिजिटल जोखिम पहिचान गर्ने तालिम दिनुपर्छ ताकि विद्यार्थीमा देखिने व्यवहारिक परिवर्तनबाट सम्भावित समस्या समयमै पहिचान गर्न सकियोस्।

राज्य र नीति निर्माताको दायित्व :

प्रविधिको दुरुपयोगबाट सिर्जित समस्यालाई केवल परिवार वा विद्यालयले मात्र समाधान गर्न सक्दैनन्। यसका लागि राज्यको प्रभावकारी भूमिका आवश्यक हुन्छ। नेपालमा प्रविधिजन्य लैंगिक हिंसा र प्रविधिजन्य बालविवाहलाई स्पष्ट रूपमा सम्बोधन गर्ने समर्पित कानुन आवश्यक देखिन्छ। साइबर अपराध अनुसन्धानका लागि आवश्यक जनशक्ति, प्राविधिक क्षमता र डिजिटल फरेन्सिक पूर्वाधार विस्तार गर्नुपर्छ।

साइबर ब्यूरोको पहुँच प्रदेश र स्थानीय तहसम्म विस्तार गर्नुपर्छ। पीडितहरूले सहज रूपमा उजुरी दिन सक्ने, मनोसामाजिक परामर्श पाउने र न्याय प्राप्त गर्न सक्ने प्रणाली विकास गर्नुपर्छ।

सामाजिक सञ्जाल कम्पनीहरू पनि जिम्मेवार बन्नुपर्छ

सामाजिक सञ्जाल कम्पनीहरूले केवल नाफा कमाउने उद्देश्यले मात्र काम गर्न मिल्दैन। उनीहरूका प्लेटफर्म प्रयोग गरेर हुने हिंसा र अपराधप्रति पनि उनीहरूको सामाजिक तथा नैतिक उत्तरदायित्व हुन्छ। हानिकारक सामग्री छिटो हटाउने, बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने, नक्कली खाता नियन्त्रण गर्ने तथा पीडितको गुनासोमा तत्काल प्रतिक्रिया दिने व्यवस्था प्रभावकारी बनाइनुपर्छ। “सेफ्टी बाइ डिजाइन” अवधारणाअनुसार सुरक्षालाई सुरुदेखि नै प्रणालीको अनिवार्य अंश बनाइनुपर्छ।

सचेत समाज नै दिगो समाधान :

प्रविधिजन्य हिंसा र बालविवाहको समस्या केवल कानुनी वा प्राविधिक विषय मात्र होइन। यो सामाजिक चेतना, पारिवारिक सम्बन्ध, नैतिकता र उत्तरदायित्वसँग पनि जोडिएको विषय हो।

हामीले बालबालिकालाई मोबाइल प्रयोग गर्न सिकाउँछौं, तर डिजिटल जिम्मेवारी सिकाउन बिर्सन्छौं। हामीले इन्टरनेटको सुविधा दिन्छौं, तर जोखिमबारे पर्याप्त जानकारी दिँदैनौं। यही कमजोरीले उनीहरूलाई असुरक्षित बनाइरहेको छ। प्रविधिलाई दोष दिनुभन्दा त्यसको सुरक्षित, जिम्मेवार र नैतिक प्रयोगको संस्कार विकास गर्नु आवश्यक छ। डिजिटल युगका बालबालिकालाई डिजिटल सुरक्षा सिकाउनु अब विकल्प होइन, आवश्यकता बनेको छ।

निष्कर्ष  : प्रविधि आधुनिक समाजको अपरिहार्य आवश्यकता हो। यसलाई रोक्न वा निषेध गर्न सम्भव पनि छैन र आवश्यक पनि छैन। तर यसको दुरुपयोगबाट बालबालिका र युवापुस्तालाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो।

परिवारले विश्वास दिनुपर्छ, विद्यालयले शिक्षा दिनुपर्छ, राज्यले संरक्षण दिनुपर्छ, सामाजिक सञ्जाल कम्पनीहरूले उत्तरदायित्व निर्वाह गर्नुपर्छ र स्वयं युवापुस्ताले पनि डिजिटल सचेतना अपनाउनुपर्छ। यी सबै पक्षको संयुक्त प्रयासबाट मात्र सुरक्षित डिजिटल वातावरण निर्माण गर्न सकिन्छ।

आज हामीले डिजिटल सुरक्षामा गरेको लगानीले भोलिको पुस्ताको सुरक्षा, आत्मविश्वास र भविष्य सुनिश्चित गर्नेछ। प्रविधिको उज्यालो पक्षलाई उपयोग गर्दै यसको अँध्यारो छायाँबाट बालबालिका र युवालाई जोगाउन अब ढिला गर्नु हुँदैन। लेखक गौतम मानव अधिकारको क्षेत्रमा क्रियाशिल छन् ।

Previous Post

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Next Post

इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

Next Post
तथ्यांकमा विश्वकपः को कति सफल ?

इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटनामा मोटरसाइकल र कारमा आगलागी, एक घाइते

दुर्घटनामा मोटरसाइकल र कारमा आगलागी, एक घाइते

June 17, 2026
तथ्यांकमा विश्वकपः को कति सफल ?

इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

June 17, 2026
डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

June 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

June 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version