For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

byDainik Nepalgunj
June 18, 2026
in News, मुख्य समाचार
0 0
0
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
Share on FacebookShare on Twitter

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सहरी तथा बजार क्षेत्रलाई समेट्ने ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत करिब ३०० सहरका बजार व्यवस्थित गरिने बताउनुभएको छ । ‘विनियोजन विधेयक २०८३’ को सम्बन्धमा आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले उक्त कार्यक्रमका लागि तीन वर्षे कार्ययोजनासहित रु ८८ अर्ब ३३ करोड रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।

मन्त्री लम्सालले खरिद प्रक्रियामा लाग्ने १८ देखि २१ महिनाको अवधिलाई छोट्याएर छ-सात महिनामा झार्ने गरी बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । तीन वर्षको लक्ष्यसहितको समयसीमा भएकाले कार्यक्रम धेरै देखिएको भन्दै वार्षिक बजेट कम देखिएको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री लम्सालले रातो किताबमा रकम कम देखिए पनि तीन वर्षे बजेटको कुल रकम साविकको भौतिकतर्फ करिब रु पाँच खर्ब तथा साविकको सहरीतर्फ रु छ खर्ब ५० अर्ब योजना गरिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार बजेट किताबमा रु २८६ अर्ब देखिए पनि कुल करिब रु ११ खर्ब ५० अर्ब तीन वर्ष कार्ययोजनासहित ठेक्का खोलिने छ । 

सडक सुरक्षामा ध्यान नदिएको÷ग्रामीण क्षेत्रका सडक तथा पुल समेट्न नसकेको गुनासोका सम्बन्धमा उत्तर दिँदै मन्त्री लम्सालले सडक सुरक्षा तथा सजावट र सुविधाजन्य संरचनालाई उच्च महत्व दिइएको जानकारी दिनुभयो । “यसका लागि तीन वर्षे योजनासहित रु चार अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम जोड्ने एक लेनको सडकलाई तीन वर्षभित्र दुई लेनमा स्तरोन्नति गरिने छ, पहिचान भएका सबै पहिरो व्यवस्थापन सम्पन्न गरिनेछ । आगामी दिनमा स्तरोन्नति हुने सबै राजमार्गमा अण्डरपास, ओभरपास र फ्लाइओभरसहितको संरचना निर्माण गरिनेछ ।” 

मन्त्री लम्सालका अनुसार सडक सुरक्षालाई थप सुदृढ बनाउन चालु ठेक्कामार्फत वा छुट्टै व्यवस्थामार्फत  सडक सुरक्षा अवरोधक (क्र्यास ब्यारियर) र सडक चिन्हसङ्केत, ट्राफिक सङ्केतचिन्हलगायत सडक सुरक्षा अवयव स्थापनाको व्यवस्था गरिएको छ । “खोला-खोल्सी आदिमा सबैभन्दा बढी दुर्घटना हुने भएकाले तीन हजार वटा स्थानीय पुल निर्माण गर्ने लक्ष्यसहित रु ८१ अर्ब २२ करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । 

सडक मर्मतले प्राथमिकता नपाएको सम्बन्धमा आएका प्रश्नको उत्तर दिँदै मन्त्री लम्सालले सडक मर्मतका लागि तीन वटा बजेट शीर्षकमा रकम विनियोजन गरिएको जानकारी दिनुभयो । “स्थानीय पूर्वाधार विभागमार्फत रु १२ अर्ब १९ करोड विनियोजन भएको छ । सहरी विकास तथा भवन निर्माण विभागमार्फत स्थानीय तहगत रूपमा रु एक खर्ब ७४ करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । 

बैठकमा प्रदेश केन्द्र, जिल्ला, स्थानीय तहको केन्द्र र वडा केन्द्र जोड्ने सडकका लागि बजेटमा आउनुपर्ने सांसदहरूको जिज्ञासामा जवाफ दिँदै मन्त्री लम्सालले भौतिक पूर्वाधार आवश्यक रहेका दुर्गम क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट अभाव रहेको भन्ने विषयमा स्पष्ट जवाफ दिनुभएको छ । 

“सबै पालिकाका केन्द्र जोड्ने गरी तीन वर्षमा दुई हजार ८०० किमी सडकका लागि रु ६३ अर्ब रकम तीन वर्ष कार्ययोजना व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “सबै वडा केन्द्र जोड्ने गरी रु २८ अर्ब ५० करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ ।” उहाँका अनुसार बस्ती विकास कार्यक्रमअन्तर्गत रु ५७ अर्ब ७१ करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ । 

“वैकल्पिक सहायक राजमार्गमा रु ४४ अर्ब ४० करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ”, तीन वटा सडक, तीन वटा पुल माग गरिएको तर बजेटमा समावेश नगरिएको भन्ने जिज्ञासाको जवाफमा मन्त्री लम्सालले भन्नुभयो, “निर्वाचन क्षेत्र रणनीतिक सडक बजेट रु २६ अर्ब चार करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ ।”

उहाँका अनुसार यी बाहेक मापदण्डका आधारमा कृषि सडकका लागि रु १० अर्ब ५० करोड रकम तीन वर्ष, स्थानीय पर्यटकीय सडकका लागि रु १० अर्ब ५० करोड रकम तीन वर्ष कार्ययोजना व्यवस्था गरिएको छ । मन्त्री लम्सालले औद्योगिक सडकका लागि रु एक अर्ब ५० करोड रकम तीन वर्ष कार्ययोजना व्यवस्था गरिएको जानकारी दिनुभयो । 

काठमाडाँै उपत्यका लक्षित धुलोरहित काठमाडौँ उपत्यका कार्यक्रमका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणका लागि रु १९ अर्ब ४८ करोड रकम तीन वर्षे कार्ययोजनाअन्तर्गत व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

“देशको आर्थिक अवस्था उकास्न पर्यटकीय तथा व्यापारिक राजमार्गमाः रानी-विराटनगर-किमाथाङ्का, वीरगञ्ज-रसुवागडी, भैरहवा-कोरोला, कोइलाबास-डोल्पा, जमुनाह-सिमिकोट, गौरीफन्टा-बढीमालिका पूर्वपश्चिम पर्यटकीय राजमार्ग, (अपि-नाम्पा-पाथीभरा) तीन हजार किमी रहेका छन् । जसका लागि रु ६०० अर्ब लगानी आवश्यक पर्दछ”, मन्त्री लम्सालले भन्नुभयो, “दुई घण्टामा पोखरा पुग्ने गरी बुटवल-पोखरा द्रुतमार्ग निर्माण तथा काठमाडौँ-पोखरा द्रुतमार्गको अध्ययन यसै वर्ष सम्पन्न गरिनेछ ।”

तीन वर्षमा ६५ प्रतिशत जनसङ्ख्यालाई र पाँच वर्षमा ९० प्रतिशत जनसङ्ख्यालाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्दै छुटेका र अति आवश्यक आयोजनाका लागि १५ वटा शाखा कार्यालयका लागि कम्तिमा रु १० करोडका दरले बजेट पठाइएको मन्त्री लम्सालले जानकारी दिनुभयो । निर्माण भइसकेका सबै ओभरहेड ट्याङ्कीको पाइप बिछ्याउने काम यसै वर्ष सम्पन्न गरिने उहाँले  बताउनुभयो ।

आगामी तीन वर्षमा १० वटा फुटबल रङ्गशाला (आठ हजार क्षमताका) निर्माण गर्ने लक्ष्य रहेको मन्त्री लम्सालले जानकारी दिनुभयो । जसका लागि रु पाँच अर्ब बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । “आगामी तीन वर्षमा आठ हजार क्षमताका आठ वटा क्रिकेट रङ्गशाला निर्माण गरिने छ । यसका लागि रु चार अर्ब बजेट छुट्याइएको छ”, मन्त्री लम्सालले भन्नुभयो, “आगामी तीन वर्षमा दुई हजार क्षमताका सात वटा कभर्ड हल निर्माणका लागि रु तीन अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।”

Previous Post

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

Next Post

बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ

Next Post
हिरासत कक्षबाट आठ थुनुवा फरार

बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हिरासत कक्षबाट आठ थुनुवा फरार

बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ

June 18, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

June 18, 2026
प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

June 18, 2026
शुक्लाफाँटामा बाघ बढे

वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा सत्र बालबालिकाको गयो ज्यान

June 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version