For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

युद्ध अन्त्य वार्तामा प्रगति

byDainik Nepalgunj
June 22, 2026
in World
0 0
0
इरानलाई २२ देशको चेतावनी
Share on FacebookShare on Twitter

मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको मध्यस्थकर्ताहरूले बताएका छन् । दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन् ।

स्विस रिसोर्ट बुर्गेन्स्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक तथा रचनात्मक वातावरणमा भएको जनाएका छन् । उनीहरूका अनुसार प्राविधिक तहमा थप छलफल अघि बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको छ । साथै हर्मुज जलघाँटी क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने सहमति भएको छ ।

लेबनानमा पुनः हिंसा भड्किन नदिन सम्बन्धित पक्ष र लेबनानी अधिकारीहरूबीच समन्वय गर्ने उद्देश्यले ‘डि–कन्फ्लिक्सन सेल’ पनि गठन गरिएको छ । प्राविधिक वार्ता बाँकी साताभरि स्विट्जरल्यान्डमै जारी रहने बताइएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेका प्रतिनिधिमण्डलले आइतबार औपचारिक वार्ता सुरु गरेका थिए । गत साता भएको प्रारम्भिक सहमतिअनुसार दुई महिनासम्म वार्ता प्रक्रिया अघि बढ्नेछ ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणपछि इरानले हर्मुज जलघाँटीको आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो । त्यसपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो र त्यसको प्रत्युत्तरमा इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेको थियो ।

लामो समयसम्म विभिन्न प्रयास असफल भएपछि अमेरिका र इरानले अन्ततः युद्ध अन्त्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीमा इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्ने प्रावधान पनि समावेश गरिएको थियो । यद्यपि त्यसपछि पनि लेबनानमा पटक–पटक झडप भइरहेका छन् ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी र कतारी मध्यस्थताको प्रशंसा गर्दै लेबनान युद्ध अन्त्यतर्फ महत्त्वपूर्ण प्रगति भएको बताउनुभएको छ । उहाँले तेल तथा पेट्रोकेमिकल निर्यातमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारिएको, नाकाबन्दी हटाइएको, केही रोकिएका सम्पत्ति फुकुवा गरिएको तथा इरानको पुनर्निर्माण र विकासका लागि योजना सुरु गरिएको उल्लेख गर्नुभयो ।

वार्ताको प्रारम्भिक चरण तनावपूर्ण बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाहलाई समर्थन गरेको आरोप लगाउँदै इरानमाथि आक्रमणको चेतावनी दिएपछि इरानी प्रतिनिधिमण्डल केही समय वार्तास्थलबाट बाहिरिएको थियो ।

ट्रम्पले इरानले लेबनानमा आफ्ना समर्थक समूहहरूलाई रोक्न नसके अमेरिकाले कारबाही गर्न सक्ने चेतावनी दिनुभएको थियो । त्यसको जवाफमा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले आफ्ना सशस्त्र बल कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभयो ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा सेना आवश्यक परेसम्म रहने र इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।

आइतबार साँझसम्म दक्षिण लेबनानमा नयाँ इजरायली आक्रमण वा ठूलो सैन्य भिडन्तको समाचार आएको छैन । केही स्थानीय बासिन्दा सावधानीपूर्वक आफ्नो घर फर्किन थालेका छन् । यद्यपि इजरायल–हिजबुल्लाहबीचको द्वन्द्वले शान्ति प्रयासलाई पटक–पटक चुनौती दिँदै आएको छ ।

गत शुक्रबार लेबनानमा चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलले गरेको आक्रमणका कारण तय गरिएको अमेरिका–इरान वार्ता समेत केही समयका लागि स्थगित भएको थियो ।

इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाह गम्भीर रूपमा कमजोर बनेको दाबी गर्नुभयो । उहाँका अनुसार हिजबुल्लाहले ठूलो क्षति व्यहोरेको छ र त्यसको पुनर्गठन रोक्न इजरायल तयार छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँको द्वन्द्वमा हालसम्म चार हजार एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा भएको वार्तालाई ऐतिहासिक बैठकको संज्ञा दिँदै दुवै पक्षले मिलेर मध्यपूर्वको भविष्य परिवर्तन गर्न सक्ने सम्भावनाबारे आशावाद व्यक्त गर्नुभएको छ । उहाँले अब मुख्य प्रश्न पुरानो द्वन्द्वको बाटोमा फर्किने कि नयाँ सम्बन्ध निर्माण गर्ने भन्ने रहेको बताउनुभयो ।

यद्यपि क्षेत्रभरि सक्रिय इरान समर्थित सशस्त्र समूहहरूबारे वार्तामा ठोस छलफल भएको सङ्केत भने प्राप्त भएको छैन ।

यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानले युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार नत्याग्ने स्पष्ट पार्दै आफ्नो देशले आणविक हतियार निर्माण गर्ने कुनै उद्देश्य नरहेको दोहोर्‍याउनुभएको छ । उहाँले इरानको बम निर्माण गर्ने कुनै योजना नरहेको कुरा लिखित रूपमा समेत दिन सकिने बताउनुभयो ।

–––

Previous Post

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

Next Post

अबैध माटो उत्खनन् तथा ढुवानीमा संलग्न ३ सवारी साधन नियन्त्रणमा

Next Post
अबैध माटो उत्खनन् तथा ढुवानीमा संलग्न ३ सवारी साधन नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ढुवानीमा संलग्न ३ सवारी साधन नियन्त्रणमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version