सोमबार सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं पुर्याइएको छ ।
सोमबार पक्राउ गरेपछि पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई स्थलमार्गबाट प्रहरीले काठमाडौं लगेको हो । उनलाई सार्वजनिक सवारीको साधनमार्फत काठमाडौं पुर्याइएको थियो ।
सोमबार राती नेपालगन्जमा राख्ने र मंगलबार विहान हवाईजहाज मार्फत काठमाडौं लग्ने भनेपनि सुर्खेतबाट आएको प्रहरी टोलीले कोहलपुरमा केहीबेर रोकिएर स्थल मार्गमार्फत पौडेललाई रातारात काठमाडौं लगेको हो ।
एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पु¥याएको छ । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।




























