For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

byDainik Nepalgunj
June 25, 2026
in News, मुख्य समाचार
0 0
0
आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
Share on FacebookShare on Twitter

यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया जानुभयो । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताउनुभएका उहाँले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्कनुभयो । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उहाँ घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् । जीतबहादुर पनि दालचिनी खेतीमै लाग्नुभयो र विदेश जाने क्रम रोक्नुभयो ।

“अब विदेश जान्न गाउँमै दालचिनीको खेती गर्छु भनेर यसैमा लागेको छु”, घरआँगनमा दालचिनी स्याहार्दै गर्नुभएका उहाँले भन्नुभयो, “वार्षिक पाँचदेखि आठ लाख आफ्नै गाउँमा कमाइ हुँदोरहेछ । किन विदेश गइरहनु ?” विदेशमै रहेका छोरालाई पनि उहाँले घर बोलाएको बताउनुभयो । खरबारी, भिर, कान्लामा लगाएको दालचिनीबाट गत वर्ष आफूले सात लाख रुपैयाँको कारोबार गरेको र विदेश जाँदा लागेको ऋण समेत चुक्ता गरेको उहाँले बताउनुभयो ।

स्थानीय दमयन्ती दर्लामीले गत वर्ष छोराको बिहे गरिदिनुभयो । बिहेमा झण्डै दुई लाख रुपैयाँ ऋण लाग्यो । उक्त ऋणले दमयन्तीलाई निन्द्रा न भोक नै बनायो । ऋणकै कारण एक वर्षसम्म राम्रोसँग रातमा निदाउन नसकेकी दर्लामी हिजोआज भने राम्रैसँग निद्रा लाग्ने गरेको बताउनुहुन्छ । आफ्ना श्रीमान्ले बारीको काल्नाभरि चार वर्ष अगाडि लगाउनुभएको दालचिनीको पात र बोक्राबाट चार लाख रुपैयाँ हात प¥यो । ऋण पनि चुक्ता भयो, झन् केही रकम बचत पनि भएपछि आनन्दले निद्रा लागेको उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ ।

दर्लामीकै आफन्त टीकाराम ढाडाको पनि कथा र व्यथा उस्तै छ । गत वर्ष बर्सातका कारण ओत लाग्ने बासै गयो । त्यही बास बनाउन उहाँले चार लाख रुपैयाँ ऋण लिनुप¥यो । त्यो ऋणले उहाँलाई पनि लामो समय बेचैन नै बनायो । भनिन्छ ‘दुख र अफ्ठ्यारोमा परेकाहरुको साथी भगवान हुन्छन्’ भने जस्तै त्यही वर्ष दालचिनी बिक्रीबाट झण्डै तीन लाख र तेजपात बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ हात प¥यो । त्यसले सन्तोषको श्वास लिन सकेको उहाँ बताउनुहुन्छ । रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेकी देवीका सारुकी ठूली छोरी कमलाको भविष्यमा नर्स बन्ने सपना थियो । त्यो सपना पूरा गर्न उहाँँको पारिवारिक आर्थिक अवस्थाले पुग्दैनथ्यो ।

सारुले पाँच वर्षअघि आफ्नो बाँझो जग्गामा दालचिनी लगाउनुभएको थियो । दालचिनीबाट राम्रो आम्दानी हुन्छ भन्ने उहाँले कल्पनासमेत गर्नुभएको थिएनन् तर घरमै बुटवलबाट व्यापारी दालचिनीका बोक्रा लिन आएपछि उहाँले बल्ल यसबाट राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाउनुभयो । उहाँले गतवर्ष दालचिनीका पात र बोक्रा बिक्री गरेर रु पाँच लाख आम्दानी गर्न सफल हुनुभयो । त्यही आम्दानीबाट अहिले छोरीको नर्स बन्ने सपना पूरा गर्दै हुनुहुन्छ ।

यस्तै निस्दीको ज्यामिरेका खेमबहादुर सोतीले दुई लाख हालेर ल्याएको बेहुनी भैँसी गत वर्ष गोठमा भएको आगलागीमा परेर म¥यो । दूध र घ्यू बिक्रीबाट आम्दानी गर्ने सोच बनाएर झण्डै लाखौँँ खर्चेर भैँसी किनेर ल्याउनुभएका उहाँले भैंसी नै नरहेपछि त्यही भैंसी किन्दा लागेको ऋण तिर्नकै लागि भारत जाने तयारीमा हुनुहुन्थ्यो तर साथीभाइले खेर गएको तेजपातको बिक्रीबाट राम्रो कमाइ हुन्छ भनेपछि उहाँ रोकिनुभयो । नभन्दै गत वर्षको दसैँमा सोतीले तेजपात बिक्रीबाट तीन लाख रुपैयाँ हात पार्नुभयो । त्यही आम्दानीले भैँसीको ऋण तिर्न सकेको उहाँ बताउनुहुन्छ ।

यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । यहाँका धेरै किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटकको लगानी र कम मिहेनतमा पनि यहाँका किसानले वार्षिक पाँचदेखि आठ लाख रुपैयाँसम्म कमाउन सफल भएका हुन् । खेर गएको जग्गामा लगाएको दालचिनीका बोटबाट पात र बोक्रा बेचेर मनग्य आम्दानी गर्न सकिनेमा किसानहरु पूर्णतः विश्वस्त देखिन्छन् ।

भिरालो जग्गा र खेती गर्न नसकिने जग्गामा पनि दालचिनीका बोट लगाएर आम्दानी गर्न सकिने कचलका व्यावसायिक कृषक थर्कबहादुर बगालेले बताउनुभयो । अन्य खेतीबाट भन्दा दालचिनीबाट फाइदा भएपछि खेतीयोग्य जग्गामा समेत मानिसले दालचिनीका बोट रोप्न थालेको उहाँले बताउनुभयो । दालचिनी मसला तथा औषधिजन्य तेल उत्पादनमा प्रयोग हुने कच्चा वस्तु हो । दुई रोपनी क्षेत्रफलमा लगाएको दालचिनीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । दालचिनी रोपेको तीन वर्षमै आम्दानी गर्न सकिने बगाले बताउनुहुन्छ । दालचिनीको बोक्रा र पातले समेत राम्रो मूल्य पाएपछि यहाँका किसानहरु यसतर्फ आकर्षित भएका छन् ।

पछिल्लो समय मानिस गाउँमा बस्न छाडेको र गाउँमा बसोबास गर्ने किसानका बालीसमेत बाँदरले खान थालेपछि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् । गाउँ छाडेर सहरमा बसाई गर्ने मानिसले समेत अचेल गाउँको खाली जग्गामा दालचिनीका बिरुवा रोप्न थालेका छन् । जिल्लाको रैनादेवी छहरास्थित खुर्सेनी, बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, भुवनपोखरी, तिनाउको कचल, दोभान, कोलडाँडा, सत्यवती, ज्यामिरे, बेरुवा, जन्तिलुङ्ग, माथागढीको झडेवा, जगाद गोठादी, भुटुके, रम्भा, पूर्वखोला, निस्दीको अर्चले, ज्यामिरे, भिरपानी, धवला, अदममारा, धनुबाँसलगायतका क्षेत्रबाट वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको बोक्रा र पात निकासी हुने गरेको छ ।

भारत तथा अन्य मुलुकमा मसला, सुगान्धित तेल लगायतका विभिन्न किसिमका औषधि निर्माणको लागि कच्चा पदार्थको रुपमा प्रयोग हँुदै आएको दालचिनीखेती अहिले पाल्पामा व्यावसायिक रुपमा विस्तार हुँदै गएको छ । दालचिनी उत्पादनको क्षेत्रमा यातायातको सहज पहुँच पुगेपछि जिल्ला वन कार्यालय पाल्पाले बजार व्यवस्थापन, विरुवा वितरण, खेती विस्तार तथा प्रवद्र्धनका लागि क्षमता अभिवृद्धिका तालिमले कृषकलाई हौसल्ला बढाएपछि अहिले व्यावसायिक रुपमा दालचिनी खेती हुन थालेको हो ।

छ वर्षमा ६८ लाख केजी निर्यात

पाल्पाबाट छ वर्षको अवधिमा ६८ लाख नौ हजार ३७ किलोग्राम तेजपात र दालचिनीका बोक्रा निकासी भएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १२ लाख ८४ हजार ४८२ किलोग्राम तेजपात र तीन लाख ४७ हजार ९६९ किलोग्राम दालचिनीका बोक्रा भारत निकासी भएको हो । यस्तै आव २०८१÷८२ मा आठ लाख ८१ हजार सात सय ३१ किलोग्राम तेजपात र एक लाख २१ हजार १० किलोग्राम दालचिनीका बोक्रा निकासी भएको छ । यहाँ उत्पादित तेजपात र दालचिनीको प्रमुख बजार भनेको भारत हो । यसलाई भारतमा औद्योगिक कच्चा पदार्थ र मसलाजन्य बस्तुको रुपमा प्रयोग हुने गर्दछ । यहाँका कृषकले सान्यतः तेजपात प्रतिकेजी ५० देखि ६० रुपैयाँ र बोक्रा दालचिनी प्रतिकेजी एक सय रुपैयाँमा बिक्री गर्ने गर्दछन् ।

तेजपात र दालचिनी यहाँका नागरिकहरुको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “विपन्न वर्गका नागरिकहरुका लागि यो सहारानै बनेको छ । यसको प्रभाव सकारात्मक परेका कारण प्रत्येक वर्ष बिरुवाको माग बढदो छ ।” समुदायमा पुगेर आर्थिक क्षेत्रमा यसको महत्व, नर्सरी स्थापनादेखि भण्डारण, बजारीकरण, कृषकलाई तालिम दिँदै आएको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । वैदेशिक रोजगारमा जान चाहने युवाहरु समेत अहिले दालचिनी व्यवसायिक खेतीतर्फ लागेका छन् ।

घरमै पुग्छन् स्थानीय व्यापारी

स्थानीय व्यापारी बोक्रा र पात खरिद गर्न घर–घरसम्म आइपुग्छन् । पछिल्लो समयमा दालचिनीको पातबाट किसानले ६० रुपैयाँ र बोक्राबाट एक सय १५ रुपैयाँसम्म गाउँमै पाउने गरेका छन् । गोदाम रहेको स्थानसम्म लग्ने हो भने १०÷१५ रुपैयाँ बढी मूल्य पाउँछन् । त्यहाँ तोकिएको मूल्यअनुसार तौलेर ल्याएको दालचिनी ठूला व्यापारीहरुले गोदाममार्फत भारत निकासी गर्दै आएका छन् ।

तेजपात दालचिनी व्यापारी लेखनाथ घिमिरेका अनुसार हाल कृषकको घरमै पुगेर दालचिनीको बोक्रा खरिद गर्ने गरिएको बताउनुभयो । परम्परादेखि नै हुने यहाँका ख¥यान, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बोट प्रशस्त छन् । सुरुमा आफैँ उम्रिएका केही दालचिनीका बिरुवालाई संरक्षण गर्दै किसानले बाँकी खाली जग्गामा पनि बिरुवा लगाएका हुन् । दालचिनी बोटका पात र बोक्रा प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफू अनुकूल काट्ने गरिन्छ ।

भान्साको ओखती दालचिनी

दालचिनीलाई दालचिनीबाहेक कतिपयले सुनकाउली, तेजपात भन्छन् । सामान्यतः दालचिनी हाम्रो भान्सामा सहजै उपलब्ध हुने मसला हो । मासु वा तरकारीको स्वाद बढाउन होस् वा चियाको, दालचिनी सबैमा उपयोगी हुन्छ । यसको स्वाद मीठो हुनुको साथै बास्नादार पनि हुन्छ । दालचिनीको उपयोगिता स्वाद बढाउनमा मात्र छैन, विभिन्न औषधीय गुणले भरिपूर्ण समेत छ । दालचिनी खासमा रुखको बोक्रा हो । तेजपत्ता भनेर चिनिने यसको पात पनि स्वादिलो र औषधीय गुणले भरिपूर्ण हुन्छ । दालचिनीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’, क्याल्सियम, आइरन, म्याग्नेसियम र फाइबर हुन्छ । साथै, दालचिनीमा एन्टिफङ्गल, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट तत्वसमेत पाइन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाहरुमा बढी प्रयोग हुने दालचिनी र तेजपत्ता मस्तिष्कको क्षमता बढाउन वा स्मरण शक्ति बलियो बनाउन उपयोगी मानिन्छ ।

एक हेक्टर क्षेत्रफलमा एक हजार छ सय बिरुवा लगाउन सकिने दालचिनीको स्थानीय तहमा प्रशोधन केन्द्र स्थापना गर्नतर्फ प्रदेश र सङ्घीय सरकारले पहल गरेको खण्डमा वैदेशिक मुद्रा आर्जन गर्ने बलियो आधार बन्नुको साथै रोजगारीको अवसर सिर्जना हुने र स्वदेशी कच्चा पदार्थको प्रयोगको कारण उद्योग कलकारखाना फष्टाउने थियो ।
–––

Previous Post

इन्धन बोक्ने ट्यांकर डिभाइरमा ठोकियो

Next Post

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

Next Post
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

October 7, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

October 7, 2026
विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

October 7, 2026
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version