For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

byDainik Nepalgunj
June 28, 2026
in विचार
0 0
0
स्वास्थ्य समस्यामा डरसँगको लडाइँ
Share on FacebookShare on Twitter

म अस्पतालमा नयाँ मान्छे थिइनँ । विभिन्न समयमा स्वास्थ्य जाँचका लागि अस्पताल गएको थिएँ । तर १७ चैत २०८२ अघि म आफैँ अस्पतालको बेडमा बिरामीका रूपमा एक रात पनि बसेको थिइनँ । आफ्ना परिवारका सदस्यहरू—आमा, बुवा, दिदी, भाइ र श्रीमतीका लागि भने मैले अस्पतालमा थुप्रै रातहरू बिताएको थिएँ । रात मात्र होइन, उपचारकै क्रममा आफ्ना केही आफन्तहरू गुमाएको पीडा पनि भोगेको थिएँ । त्यसैले स्वास्थ्य समस्या, अस्पताल र औषधिसँग जुध्न सकिन्छ भन्ने विश्वास मभित्र थियो ।

मानिसको शरीर हो, कतिबेला के हुन्छ कसैलाई थाहा हुँदैन रहेछ । मेरो शरीर पनि आफ्नै रफ्तारमा दौडिरहेको थियो । काम, जिम्मेवारी र व्यस्तताबीच जीवन अघि बढिरहेको थियो । मैले कहिल्यै कल्पना गरेको थिइनँ कि म यति धेरै थलिनेछु । थलिनु मात्र होइन, चार दशकभन्दा बढी समयदेखि चल्दै आएको मेरो दैनिकी नै एकाएक फरक हुनेछ भन्ने मनमा एकरत्ति पनि थिएन ।

आज दुई महिनाभन्दा बढी समय अस्पताल र घरको बिछ्यौनाबीच बितिसकेको छ । मनमा अनेकौँ आरोह–अवरोह आए । कहिले आशा जाग्यो, कहिले डरले घे¥यो । अझै केही महिनासम्म मेरो दिनचर्या धेरै फरक हुने देखिँदैन । जीवन फेरि विस्तारै रुटिनमा फर्किन खोज्दैछ, तर त्यो पहिलेको जस्तो छैन । पानीसमेत नापतौल गरेर पिउनुपर्छ । आफ्नै घरभित्र पनि सोचेर हिँड्नुपर्छ । पहिले सामान्य लाग्ने धेरै कामहरू आज सावधानीका विषय बनेको छ ।

यो यात्राले मलाई एउटा कुरा बुझायो—जब स्वास्थ्य समस्या गम्भीर बन्छ, त्यसले शरीरलाई मात्र होइन, मन, भावना र सोचाइलाई पनि गहिरो रूपमा असर गर्छ । अस्पतालका कोठा, परीक्षणका रिपोर्टहरू, औषधिका नामहरू, डाक्टरसँगका भेटघाट र भविष्यप्रतिको अनिश्चितताबीच मानिसले आफैलाई नयाँ ढंगले चिन्न थाल्दोरहेछ । मैले पनि त्यही अनुभव गरेँ । सायद बिछ्यौनामा सिकिने पहिलो पाठ यही हो वा थियो ।

रोग लाग्नु शरीरको कमजोरी मात्र होइन रहेछ । कहिलेकाहीँ यो जीवनले सोधेको एउटा गम्भीर प्रश्न पनि रहेछ । म वास्तवमा कति बलियो छु? मैले आफ्नो शरीरलाई कति महत्व दिएको रहेछु? आफ्ना सम्बन्धहरूलाई कति समय दिएको रहेछु? जीवनलाई मैले कति बुझेको रहेछु? यस्ता प्रश्नहरूको उत्तर कुनै मेडिकल रिपोर्टले दिँदैन । ती उत्तरहरू त आफ्नै अनुभवभित्र खोज्नुपर्दोरहेछ ।

जब आफ्नै कोठाभन्दा बाहिरको संसारमा पुग्न पनि अरूको सहारा चाहिने अवस्था आउँछ, तब जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिन थाल्दोरहेछ । आफूले सामान्य ठानेका कुराहरू असाधारण लाग्न थाल्छन् । स्वतन्त्र रूपमा हिँड्न सक्नु, मन लागेको बेला बाहिर निस्कन सक्नु, कुनै योजना बिना दिन बिताउन सक्नु—यी सबै कुरा कति मूल्यवान् रहेछन् भन्ने बल्ल महसुस हुँदोरहेछ ।

यसबीच मैले चिकित्सा विज्ञानप्रति झन् धेरै सम्मान गर्न सिकेको छु । आज विज्ञानले असम्भवजस्ता लाग्ने धेरै रोगहरूको उपचार सम्भव बनाएको छ । जटिल शल्यक्रियाहरू सामान्य बन्दै गएका छन् । आधुनिक औषधि र प्रविधिले लाखौँ मानिसको जीवन बचाएको छ । त्यसैले चिकित्सकको सल्लाह, उपचार र विज्ञानमाथिको विश्वास अत्यन्त आवश्यक छ भन्ने कुरामा म अझ दृढ भएको छु ।

तर उपचारको एउटा पक्ष यस्तो पनि रहेछ, जसलाई कुनै मेसिनले नाप्न सक्दैन र कुनै रिपोर्टमा देखाउन सक्दैन । त्यो हो—आत्मबल । शरीर र मनको सम्बन्ध कति गहिरो हुन्छ भन्ने कुरा मैले यही यात्रामा अनुभव गरेँ । यदि मन निरन्तर डर, तनाव र चिन्ताले भरिएको छ भने त्यसको असर शरीरले पनि महसुस गर्छ । यसको अर्थ केवल सकारात्मक सोचले मात्र रोग निको हुन्छ भन्ने होइन । तर उपचारको यात्रामा मनको अवस्था पनि एउटा महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा भने मैले अनुभवबाट बुझेँ । शान्त मनले सही निर्णय लिन मद्दत गर्दोरहेछ । धैर्य राख्न सिकाउँदोरहेछ । उपचारको लामो यात्रामा थाक्न नदिने शक्ति दिँदोरहेछ ।

स्वास्थ्य समस्या देखिएपछि मैले आफूलाई दुईवटा लडाइँ लडिरहेको अवस्थामा पाएँ । एउटा रोगसँगको लडाइँ र अर्को आफ्नै डरसँगको । धेरै पटक दोस्रो लडाइँ पहिलोभन्दा कठिन लाग्यो । “अब के होला?“, “म पूर्ण रूपमा निको हुन्छु कि हुँदिन?“, “फेरि पहिलेको जीवनमा फर्कन सकुँला कि नसकुँला?“ यस्ता प्रश्नहरू बारम्बार मनमा आइरहे । आज पनि कहिलेकाहीँ आउँछन् । तर समयसँगै मैले एउटा कुरा बुझ्न थालेँ—हरेक प्रश्नको उत्तर तुरुन्तै खोज्न आवश्यक हुँदैन । जीवनका केही उत्तर समयले आफै दिन्छ ।

मेरो लागि अर्को चुनौती सामाजिक सञ्जाल र वरिपरिको सल्लाहको बाढी पनि बन्यो । आजको डिजिटल युगमा स्वास्थ्यसम्बन्धी जानकारी जताततै छ । कसैले कुनै औषधिलाई चमत्कारी भन्छ, कसैले कुनै घरेलु उपायलाई अन्तिम समाधान ठान्छ । कसैले आफ्नो अनुभवलाई सबैका लागि लागू हुने सत्यजस्तो प्रस्तुत गर्छ । यस्ता सामग्री पढ्दा झन् अन्योल बढ्न सक्छ । समुदायमा पाइलैपिच्छे भेटिने स्वास्थ्य सल्लाहबाट बच्न पनि कहिलेकाहीँ ठूलो संघर्ष गर्नुपर्दोरहेछ ।

मैले यसबाट एउटा महत्त्वपूर्ण कुरा सिकेँ । हरेक शरीरको आफ्नै इतिहास हुन्छ । उमेर फरक हुन्छ । जीवनशैली फरक हुन्छ । आनुवंशिक बनावट फरक हुन्छ । एउटै रोग भएका दुई व्यक्तिको उपचार र परिणाम पनि फरक हुन सक्छ । त्यसैले अरूको अनुभव सुन्न सकिन्छ, सिक्न सकिन्छ, तर त्यसलाई आफ्नो भविष्यको भविष्यवाणी बनाउनु आवश्यक छैन ।

यो यात्रामा आशा मेरो महत्त्वपूर्ण साथी बनेको छ । तर आशा भन्नाले मैले अवास्तविक कल्पना बुझेको छैन । मेरो बुझाइमा आशा भनेको कठिन परिस्थिति हुँदा पनि सम्भावनालाई जीवित राख्ने क्षमता हो । कतिपय दिन राम्रो हुन्छन्, कतिपय दिन कठिन । कहिलेकाहीँ सुधार भइरहेको जस्तो लाग्छ, कहिलेकाहीँ फेरि निराशा आउँछ । उपचारको यात्रा सीधा रेखाजस्तो हुँदैन । त्यसमा उतारचढाव आउँछन् । त्यसैले एउटा खराब दिनलाई सम्पूर्ण भविष्यको निष्कर्ष बनाउनु उचित हुँदैन भन्ने कुरा मैले सिक्दै छु ।

यस यात्रामा परिवार, साथीभाइ र शुभेच्छुकहरूको साथ अमूल्य रह्यो । कसैले फोन गरेर स्वास्थ्य सोध्दा, कसैले एउटा सन्देश पठाउँदा, कसैले केही समय दिएर साथ दिँदा त्यसको अर्थ कति ठूलो हुँदोरहेछ भन्ने मैले अनुभव गरेँ । कठिन समयमा मानिसलाई आफू एक्लो छैन भन्ने अनुभूति गराउनु पनि एउटा उपचार नै रहेछ । यति हुँदाहुँदै पनि अन्तिम रूपमा साहस भने आफैंले खोज्नुपर्दोरहेछ । अरूले साथ दिन सक्छन्, हौसला दिन सक्छन्, बाटो देखाउन सक्छन् । तर त्यो बाटो हिँड्ने काम भने आफ्नै हुन्छ ।

शरीरलाई चलायमान राख्ने प्रयास पनि उत्तिकै महत्वपूर्ण रहेछ । चिकित्सकले अनुमति दिएको सीमाभित्र रहेर केही पाइला हिँड्नु, हल्का व्यायाम गर्नु, घाममा केहीबेर बस्नु, नियमित निद्रा लिनु—यी सामान्य लाग्ने कुराहरूले पनि आत्मविश्वास बढाउँदा रहेछन् । जीवन फेरि आफ्नो नियन्त्रणमा फर्किरहेको अनुभूति दिलाउँदा रहेछन् ।

यो कठिन समयले मलाई जीवनको वास्तविक मूल्य पनि सिकाएको छ । पहिले सामान्य लाग्ने धेरै कुरा आज विशेष लाग्न थालेका छन् । सहज रूपमा सास फेर्न पाउनु, आफ्ना मानिसहरूसँग बस्न पाउनु, बिहान उठेर नयाँ दिन देख्न पाउनु, मन लागेको ठाउँसम्म हिँड्न पाउनु—यी सबै कुराको अर्थ आज पहिलेभन्दा धेरै गहिरो भएको छ ।

सायद जीवनको सुन्दरता पनि यही हो । हामी सबै नश्वर छौँ भन्ने सत्य थाहा हुँदाहुँदै पनि हरेक दिनलाई अर्थपूर्ण बनाउन खोज्छौँ । स्वास्थ्यको चुनौतीले यही सत्यलाई अझ स्पष्ट बनाइदिन्छ । यसले हामीलाई डराउन मात्र होइन, अझ सचेत भएर बाँच्न पनि सिकाउँछ ।

आज पनि मेरो उपचारको यात्रा सकिएको छैन । अझै केही समय सावधानी अपनाउनुपर्ने छ । तर यो यात्राले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकाएको छ—स्वास्थ्य केवल शरीरको अवस्था मात्र होइन, यो मन, धैर्य, आशा र सम्बन्धहरूको पनि यात्रा रहेछ । जीवन सधैँ हाम्रो योजना अनुसार चल्दैन । तर परिस्थितिले जस्तोसुकै मोड लिए पनि एउटा कुरा भने हाम्रो हातमा रहन्छ—हामी त्यसलाई कसरी सामना गर्छौँ । र धेरै पटक, यही निर्णयले उपचारको यात्रालाई अर्थपूर्ण बनाइदिन्छ ।

Previous Post

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

Next Post

ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

Next Post
ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

June 28, 2026
ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

June 28, 2026
स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

June 28, 2026
४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

June 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version