For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

byDainik Nepalgunj
June 28, 2026
in विचार
0 0
0
ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन
Share on FacebookShare on Twitter

ऋग्वेद मानव सभ्यताको सबैभन्दा प्राचीन धार्मिक, सांस्कृतिक तथा दार्शनिक ग्रन्थ मानिन्छ । यसमा वैदिक ऋषिहरूले प्रकृतिका विविध निराकार शाश्वत शक्तिहरूलाई देवत्व प्रदान गर्दै तिनको स्तुति गरेका छन् । ऋग्वेदको निराकार देवता–दर्शनलाई बुझ्दा एउटा महत्त्वपूर्ण तथ्य स्पष्ट हुन्छ—वैदिक ऋषिहरूले देवतालाई कुनै काल्पनिक वा अलौकिक पात्र नभएर जीवन र जगतलाई सञ्चालन गर्ने प्रकृतिका शक्तिहरूको प्रतीकका रूपमा व्याख्या गरेका थिए । ऋग्वेदका देवताहरू प्रकृति, पर्यावरण, नैतिकता, ऊर्जा तथा जीवनचक्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् ।

वैदिक परम्परामा देवताहरूलाई सामान्यतः तीन तहमा विभाजन गरिएको छ—पृथ्वीका देवता, अन्तरिक्षका देवता र आकाशका देवता । पृथ्वीमा अवस्थित शक्तिहरू, पृथ्वी र आकाशबीचका गतिशील शक्तिहरू तथा आकाशीय शक्तिहरूलाई क्रमशः यी तीन वर्गमा समावेश गरिएको छ । ऋग्वेदमा उल्लेखित पृथ्वीका तीन प्रमुख देवता—अग्नि, पृथ्वी र सोम; अन्तरिक्षका चार प्रमुख देवता—इन्द्र, वायु, मरुत र रुद्र; तथा आकाशका सात प्रमुख देवता—सूर्य, मित्र, वरुण, विष्णु, उषा, सविता र अश्विनीकुमार—वैदिक जीवनदर्शनका आधारस्तम्भ हुन् ।

पृथ्वीका देवता

१. अग्निदेव ः ऊर्जा र रूपान्तरणका प्रतीक
ऋग्वेदको पहिलो मन्त्र नै अग्निको स्तुतिबाट आरम्भ हुन्छ । यसबाट अग्निको सर्वोच्च महत्त्व स्पष्ट हुन्छ । अग्नि केवल आगो होइनन्; उनी ऊर्जा, प्रकाश, ज्ञान र रूपान्तरणका प्रतीक हुन् । वैदिक युगमा अग्निबिना जीवनको कल्पना सम्भव थिएन । भोजन पकाउन, चिसोबाट बच्न, यज्ञ गर्न तथा सामुदायिक जीवन सञ्चालन गर्न अग्नि अपरिहार्य थिए । ऋषिहरूले अग्निलाई मानव र देवताबीचको दूत माने । यज्ञमा अर्पण गरिएका सामग्री अग्निमार्फत देवतासम्म पुग्ने विश्वास थियो ।
आधुनिक विज्ञानको दृष्टिले हेर्दा अग्नि ऊर्जाको प्रतीक हो । ऊर्जा बिना कुनै पनि जीवित प्रणाली सञ्चालन हुन सक्दैन । त्यसैले अग्निको वैदिक महत्त्व आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।

२. पृथ्वीदेवी ः जीवनकी धात्री
पृथ्वी सम्पूर्ण जीव–जगत्की जननी हुन् । ऋग्वेदमा पृथ्वीलाई धैर्य, सहिष्णुता, उर्वरता र मातृत्वको प्रतीक मानिएको छ । मानव, पशु, वनस्पति र सम्पूर्ण जैविक प्रणाली पृथ्वीमा निर्भर छन् । अन्न, जल, खनिज, वनस्पति र जीवनका आधारभूत स्रोतहरू पृथ्वीबाट प्राप्त हुन्छन् । त्यसैले वैदिक ऋषिहरूले पृथ्वीलाई केवल भौतिक वस्तु होइन, मातृस्वरूप देवीका रूपमा सम्मान गरेका थिए ।
आजको पर्यावरणीय संकटका सन्दर्भमा पृथ्वीदेवीको अवधारणा झन् महत्त्वपूर्ण देखिन्छ । पृथ्वीको संरक्षण नै मानव अस्तित्वको संरक्षण हो भन्ने चेतना ऋग्वेदले हजारौं वर्षअघि नै दिएको थियो ।

३. सोमदेव ः अमृत, आनन्द र चेतनाका प्रतीक
सोम ऋग्वेदका अत्यन्त लोकप्रिय देवतामध्ये एक हुन् । सोमलाई अमृत, प्रेरणा, उत्साह र आध्यात्मिक चेतनाको स्रोत मानिएको छ । वैदिक यज्ञहरूमा सोमरसको विशेष स्थान थियो । सोमले मानिसलाई शक्ति, उत्साह र दिव्य चेतना प्रदान गर्ने विश्वास गरिन्थ्यो । दार्शनिक दृष्टिले सोम जीवनमा आनन्द, सृजनात्मकता र आध्यात्मिक जागरणको प्रतीक हुन् ।
यदि अग्नि भौतिक ऊर्जा हुन् भने सोम चेतनाको ऊर्जा हुन् । जीवनलाई केवल भौतिक स्तरमा होइन, मानसिक र आध्यात्मिक स्तरमा पनि उन्नत बनाउने शक्ति सोममा देखिन्छ ।

अन्तरिक्षका देवता

४. इन्द्र ः शक्ति र विजयका देवता
ऋग्वेदमा सबैभन्दा बढी स्तुति प्राप्त देवता इन्द्र हुन् । उनी वर्षा, शक्ति, साहस र विजयका प्रतीक हुन् । इन्द्रले वृत्र नामक दैत्यलाई पराजित गरी वर्षा गराएको कथाले प्रकृतिको वैज्ञानिक यथार्थलाई पनि सङ्केत गर्दछ । वर्षा बिना कृषि सम्भव हुँदैन । त्यसैले कृषिप्रधान समाजमा इन्द्र अत्यन्त प्रिय देवता बने ।
मानव जीवनमा इन्द्र साहस, नेतृत्व र सङ्घर्षशीलताको प्रतीक हुन् । कठिनाइहरूमाथि विजय प्राप्त गर्ने प्रेरणा इन्द्रको चरित्रबाट प्राप्त हुन्छ ।

५. वायुदेव ः प्राणका अधिष्ठाता
वायु जीवनका लागि अनिवार्य तत्व हुन् । मानवले केही दिन भोजन बिना बाँच्न सक्छ, केही घण्टा पानी बिना पनि बाँच्न सक्छ, तर वायु बिना केही क्षण मात्र बाँच्न सक्दछ । ऋग्वेदमा वायुलाई प्राणशक्तिको स्रोत मानिएको छ । वायुले सम्पूर्ण जगतलाई गतिशील बनाउँछन् । वृक्षहरूको वृद्धि, बादलहरूको सञ्चार, मौसमको परिवर्तन तथा जीवनको सञ्चालन वायुसँग सम्बन्धित छ ।
योगशास्त्रमा प्राणायामको अवधारणा पनि वायुदेवको महत्त्वसँग सम्बन्धित छ । स्वच्छ वायु नै स्वस्थ जीवनको आधार हो भन्ने वैदिक सन्देश आज पनि उत्तिकै प्रासंगिक छ ।

६. मरुत ः प्राकृतिक शक्तिका प्रतिनिधि
मरुतहरू आँधी, हुरी र मेघगर्जन आदि मौसमका देवता मानिन्छन् । उनीहरूलाई युवा, शक्तिशाली र गतिशील देवताको रूपमा चित्रण गरिएको छ । प्रकृतिमा हुने परिवर्तन र गतिशीलताको प्रतिनिधित्व मरुतहरूले गर्दछन् । उनीहरूले हामीलाई सम्झाउँछन् कि परिवर्तन प्रकृतिको नियम हो । जीवनमा स्थायित्वभन्दा परिवर्तन नै वास्तविकता हो । आधुनिक मौसम विज्ञानले वर्णन गर्ने वायुमण्डलीय घटनाहरूलाई वैदिक ऋषिहरूले मरुतहरूको रूपकमार्फत व्याख्या गरेका थिए ।

७. रुद्र ः विनाश र पुनर्निर्माणका देवता
रुद्रलाई भयावह तर कल्याणकारी देवताको रूपमा वर्णन गरिएको छ । उनी रोगनाशक, औषधिका ज्ञाता तथा प्रकृतिको प्रचण्ड शक्तिका प्रतीक हुन् । रुद्रको चरित्रले एउटा गहिरो दार्शनिक सत्य प्रकट गर्दछ—विनाश बिना सृजन सम्भव छैन । पुरानो संरचना नष्ट भएपछि मात्र नयाँ संरचना निर्माण हुन्छ । यही कारणले रुद्रलाई पछि विकसित हिन्दू परम्परामा भगवान् शिवको प्रारम्भिक स्वरूप मानिएको छ ।
आकाशका देवता

८. सूर्य ः प्रकाश र जीवनका स्रोत
सूर्य सम्पूर्ण जीवनका आधार हुन् । ऋग्वेदमा सूर्यलाई अन्धकार हटाउने, ज्ञान प्रदान गर्ने र जीवनलाई ऊर्जा दिने देवताको रूपमा वर्णन गरिएको छ । वैज्ञानिक दृष्टिले पृथ्वीमा उपलब्ध सम्पूर्ण ऊर्जाको मूल स्रोत सूर्य नै हुन् । वनस्पतिको प्रकाश संश्लेषणदेखि जलचक्रसम्म सबै सूर्यमा निर्भर छन् । सूर्यले वैदिक चिन्तनमा ज्ञान, सत्य र चेतनाको प्रतिनिधित्व गर्दछन् ।

९. मित्र ः मैत्री र सामाजिक समन्वयका देवता
मित्र सामाजिक सद्भाव, मित्रता र विश्वासका प्रतीक हुन् । समाजको स्थायित्व आपसी विश्वासमा निर्भर हुन्छ । मित्रदेवले मानिसलाई सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वको शिक्षा दिन्छन् । आजको विभाजित र द्वन्द्वग्रस्त संसारमा मित्रको सन्देश अत्यन्त सान्दर्भिक देखिन्छ ।

१०. वरुण ः नैतिक व्यवस्था र सत्यका संरक्षक
वरुण ऋग्वेदका सबैभन्दा गहन दार्शनिक देवतामध्ये एक हुन् । उनी ‘ऋत’ अर्थात् ब्रह्माण्डीय नियमका संरक्षक हुन् । सूर्यको नियमित उदय–अस्त, ऋतुहरूको चक्र, ग्रहहरूको गति तथा नैतिक आचरण—सबै ऋतको अधीनमा छन् ।
वरुणले सत्य, न्याय र अनुशासनको प्रतिनिधित्व गर्दछन् ।

११. विष्णु ः संरक्षण र व्यापकताको प्रतीक
ऋग्वेदमा विष्णुको वर्णन तीन विशाल पाइलाले ब्रह्माण्ड नाप्ने देवताका रूपमा गरिएको छ । उनी संरक्षण, स्थिरता र व्यापकताको प्रतीक हुन् । जीवनमा सन्तुलन र संरक्षणको आवश्यकता जति आज छ, त्यति नै वैदिक कालमा पनि थियो । विष्णुले यही संरक्षणकारी शक्तिको प्रतिनिधित्व गर्दछन् ।

१२. उषा ः नवजीवनकी देवी
उषा अर्थात् बिहानको पहिलो किरण । ऋग्वेदमा उषालाई सौन्दर्य, आशा, नवीनता र पुनर्जागरणको प्रतीक मानिएको छ । प्रत्येक नयाँ बिहानले नयाँ सम्भावना ल्याउँछ । जीवनमा निराशापछि आशाको आगमन उषाको आध्यात्मिक सन्देश हो ।

१३. सविता ः प्रेरणा र सृजनशीलताका देवता
सविता प्रेरणा, जागरण र सृजनात्मक ऊर्जाका स्रोत मानिन्छन् । मानव सभ्यताको प्रगति ज्ञान र सृजनशीलतामा आधारित छ । सविता यही सृजनात्मक चेतनाका प्रतीक हुन् ।

१४. अश्विनीकुमार ः स्वास्थ्य र उपचारका देवता
अश्विनीकुमार जुम्ल्याहा देवतालाई वैदिक चिकित्सक मानिन्छ । उनी रोग निवारण, स्वास्थ्य संरक्षण र पुनर्जीवनका प्रतीक हुन् । स्वास्थ्य नै जीवनको आधार हो । वैदिक समाजले स्वास्थ्यलाई आध्यात्मिक तथा सामाजिक समृद्धिसँग जोडेर हेरेको थियो ।

निष्कर्ष
ऋग्वेदका पृथ्वी, अन्तरिक्ष र आकाशका देवताहरू कुनै साधारण धार्मिक पात्र होइनन् । उनीहरू प्रकृतिका विविध शक्तिहरू, मानव जीवनका आवश्यक तत्वहरू तथा ब्रह्माण्डीय व्यवस्थाका प्रतीक हुन् । अग्नि ऊर्जा हुन्, पृथ्वी जीवनकी जननी हुन्, सोम चेतनाका स्रोत हुन् । इन्द्र साहस हुन्, वायु प्राण हुन्, मरुत परिवर्तन हुन्, रुद्र पुनर्निर्माणका आधार हुन् । सूर्य जीवनका स्रोत हुन्, मित्र सामाजिक सद्भाव हुन्, वरुण नैतिकता हुन्, विष्णु संरक्षण हुन्, उषा आशा हुन्, सविता प्रेरणा हुन् र अश्विनीकुमार स्वास्थ्यका प्रतीक हुन् ।
यसरी ऋग्वेदले प्रकृति, मानव र ब्रह्माण्डबीचको गहिरो सम्बन्धलाई देवताहरूको माध्यमबाट व्याख्या गर्दै मानवलाई प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवन बिताउने सन्देश प्रदान गरेको छ । यही सन्देश आजको पर्यावरणीय, सामाजिक र नैतिक संकटग्रस्त विश्वका लागि पनि उत्तिकै मार्गदर्शक र प्रेरणादायी छ ।

Previous Post

स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

Next Post

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

Next Post
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

June 28, 2026
ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

June 28, 2026
स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

June 28, 2026
४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

June 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version