बाँकेमा पछिल्लो ६ महिनामा करिब १४ हजार मतदाता थपिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ पछि चैत्र २२ गतेदेखि बाँकेमा मतदाता नामावली संकलन पुनः सुरु भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तका अनुसार, २०८३ चैत २२ गतेदेखि २०८४ असोज २२ गतेसम्मको अवधिमा नयाँ १३ हजार ८ सय ९७ मतदाता थपिएका हुन् । जसमा राष्ट्रिय परिचय पत्रबाट दर्ता भएका १० हजार ४ सय १ र आवेदन मार्फत दर्ता भएका ३ हजार ४ सय ९६ रहेका छन् ।
गत बर्ष प्रतिनिधिसभा निर्वाचन अघि राष्ट्रिय परिचयपत्र बनाएकाहरूले नलाइनबाट आफैलेमतदाताका लागि आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।
आवेदनमार्फत दर्ता हुनेमा १ हजार ७ सय ६३ महिला र १ हजार ७ सय ३३ पुरुष रहेका छन् । त्यस्तै, राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेमा ४ हजार ९ सय ५० महिला र ५ हजार ४ सय ५१ पुरुष रहेका छन् । ‘मतदाता नामावली संकलन नियमित रूपमा जारी छ’, सूचना अधिकारी पन्तले भने ।






























