१२औँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिकुकेले जितेका छन्। शनिबार बिहान बीपी चोकबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा नेपाली धावक कुलबहादुर दोस्रो र कृष्णबहादुर तेस्रो स्थानमा रहे।
यस जितसँगै नेपालगञ्ज म्याराथनको इतिहासमा पहिलोपटक उपाधि विदेशी खेलाडीको पोल्टामा परेको छ। जुलियसको सफलताले यसअघिका संस्करणमा नेपाली धावकले कायम राख्दै आएको उपाधिमाथिको वर्चस्वसमेत तोडिएको छ।
देश तथा विदेशका धावकहरूको सहभागिता रहेको प्रतियोगिताले नेपालगञ्जको खेलकुद पहिचानलाई थप उचाइ दिएको छ। म्याराथनले खेलकुदसँगै स्वास्थ्य, पर्यटन र सामाजिक एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ।





























