जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल हेडौडा सरुवा भएका छन् ।
सरकारले ६० जना सहसचिवको एकैपटक सरुवा गर्ने क्रममा प्रजिअ पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौडा, मकवानपुर सरुवा गरेको हो । उनले त्यहाँ प्रदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
केही दिन अघि सुटुक्क बाँके छाडेका प्रजिअ पोखरेलले जिल्ला प्रशासन कार्यालय बाँकेको सामाजिक सञ्जाल मार्फत आफु सात महिना बाँकेमा रहँदा गरेको कामको फेहरिस्त सार्वजनिक गरेका थिए । यद्यपि, प्रजिअ पोखरेलको उक्त पोष्ट केही घण्टामै हटाइएको थियो ।