बाँके प्रहरीले २० लाख बढीको भन्सार छलीको मालासामान बरामद गरेको जानकारी दिएको छ ।
गत कार्तिक महिनामा भएका प्रहरी गतिविधिहरू उल्लेख गर्दै प्रहरीले कार्तिक महिनामा मात्रै २० लाख ७५ हजार ६ सय ५० रूपैयाँ बराबरको मालसामान बरामद गरेको बताएको हो ।
बाँकेमा हुने गरेको नदीजन्य अवैध उत्खनन्को घटनामा पनि प्रहरीले कारवाही गरेको छ । प्रहरीका अनुसार, नदीजन्य पदार्थको अवैध उत्खनन् र ढुवानीमा संलग्न ३ वटा ट्याक्टरलाई प्रहरीले गत महिना नियन्त्रणमा लिएको छ । उनीहरूलाई ३० हजार जरिवाना भएको प्रहरीले जानकारी दिएको छ ।