बाँकेको नरैनापुर गाउँपालिकाबाट नरैनापुर सव डिभिजन कार्यालयले ठूलो परिणाममा काठ बरामद गरेको छ ।
नरैनापुर गाउँपालिका वडा नं. ४ स्थित सदाबहार सामुदायिक वनबाट काठ बरामद गरिएको हो ।
डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी टंक बहादुर गुरुङ्गले बरामद काठ र ट्याक्टर नरैनापुरबाट डिभिजन वन कार्यालयमा ल्याइएको र प्रतिवेदन बुझ्ने काम भैरहेको बताए ।