स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता ः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता भन्ने मुल नाराका साथ असार १२ गते अर्थात २०२५ जुन २६ का दिन ३८ औं लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा बाँकेमा बृहत प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणबाट सुरु भएको थियो भने भेरी प्राविधिक शिक्षालय स्थित कार्यक्रमको समापन गरीएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रशान्त बिष्ट, अधिकारकर्मी वसन्त गौतम लागु औषध बिरुद्धका अभियन्ता क्षेत्री, लगायतले लागु औषधको बिकराल रुपको चित्रण गर्दै यस बिरुद्धको अभियानमा सबै सक्रियतापुर्वक लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताले थुना केन्द्रमा लागु औषध मुद्धाका थुनुवाहरु उल्लेख्य रहेको बताउदै लागु औषध दुरुपयोगको रोकथाममा सबैले सक्रियतापुर्वक लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा अधिवक्ता बसन्त गौतमले लागु औषध सेवनकर्तालाई अपराधिको रुपमा मात्रै चित्रित नगरि उनीहरुलाई परामर्श र पुनस्थापनको जरुरी रहेको बताएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाँके मुल आयोजक रहेको कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र खडानन्द खत्री, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्ट, जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरीक्षक राम बहादुर घर्ति, नागरिक समाज प्रतिनिधि अधिवक्ता बसन्त गौतम, नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरी कार्यालय ३० गणका गणपति ,सशस्त्र अधिकृत तथा जवान, रिकभरिङ्ग नेपाल ,लागू औषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, समाजसेवी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको थियो । लागु औषध बिरुद्धको अभियन्ता इन्दु रावलले संचालन गरेको कार्यक्रममा बिभिन्न लागु औषध बिरुद्धको दिवसका सन्दर्भमा आयोजित बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा प्रथम द्धितिय र सान्वना पुरस्कार प्रदान गरिएको थियो ।
लागु औषध बिरुद्धको दिवसको सन्दर्भमा ६ असार २०८२ देखि १२ असार २०८२ सम्म विभिन्न कार्यक्रम गरिएको थियो । जस अन्तर्गत असार ६ गते शुभारम्भ कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकाय स्थानीय तह, प्रहरी प्रशासन ,औषधि ब्यवस्था बिभाग, भेरी अस्पताल, शिक्षा समन्वय इकाई, विभिन्न संघ सस्थाको उपस्थितिमा स्थानीय तहको निति तथा कार्यक्रम एवं बजेटमा लागू औषधलाई मुलप्रवाहमा राख्नुपर्ने भन्दै जिल्लामा लागू औषधको अवस्था माथी व्यापक छलफल तथा अन्तर्किया भएको थियो ।
असार ७ गते जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,रिकभरिङ्ग नेपाल बाट पुनस्थार्पना केन्द्रको अनुगमन तथा उपचार्थिको अवस्था तथ्यांक संकलन गरिएको थियो । असार ८ गरे विभिन्न सचेतना कार्यक्रम जस अन्तर्गत जिल्ला प्रशासन कार्यालयको आयोजना तथा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले नौबस्ता बाल सुधार गृहमा लागू औषध सम्बन्धि सचेतना कार्यक्रम गरिएको थियो ।
दिवसकै सन्दर्भमा गत असार ९ गते वक्तृत्वकला कार्यक्रम, असार १० गते खुला सीमा तथा यातायातहरुमा सप्ताहब्यापी लागू औषध सम्बन्धि कडा चेक जाँच कार्यक्रम तथा असार ११ गते जिल्ला प्रशासन कार्यालय तथा रिकभरिङ्ग नेपालको आयोजना ÷ समन्वय र सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । जसमा ४८ पोइन्ट रगत संकलन भएको थियो ।