For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बर्दियामा निर्वाचन सुरक्षा सुदृढ

byDainik Nepalgunj
February 6, 2026
in News, मुख्य समाचार
0 0
0
बर्दियामा निर्वाचन सुरक्षा सुदृढ
Share on FacebookShare on Twitter

प्रजिअ हमाल भन्छन्, ‘एकीकृत सुरक्षा योजना, संयुक्त गस्ती र सिमुलेसन अभ्यासमार्फत शान्तिपूर्ण मतदान सुनिश्चित गरिंदै’

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बर्दिया जिल्लामा सुरक्षा तथा प्रशासनिक तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले आफ्ना कार्यक्रमहरू द्रुत गतिमा अगाडि बढाइरहेको अवस्थामा जिल्लास्तरमा पनि एकीकृत सुरक्षा रणनीति अनुसार काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताएका छन् ।

दैनिक नेपालगन्जसँग कुरा गर्दै प्रजिअ हमालले जिल्लामा सुरक्षा समितिको निर्णयअनुसार एकीकृत सुरक्षा योजना लागू गरी निरन्तर अनुगमन र परिचालन भइरहेको जानकारी दिए । उनका अनुसार, मतदान स्थल र केन्द्रहरूको नियमित निरीक्षण गर्दै सम्भावित कमजोरी पहिचान गरी त्यसैअनुसार सुरक्षा व्यवस्थापन मिलाइँदैछ ।

निर्वाचनको प्रभावकारी व्यवस्थापनका लागि बर्दिया प्रशासनले मतदान स्थलहरूको भौतिक अवस्था, पहुँच, सुरक्षा संवेदनशीलता लगायतका पक्षको अध्ययन गरिरहेको छ । देखिएका कमजोरी सुधार गर्दै जोखिमका आधारमा सुरक्षा परिचालन गर्ने रणनीति अपनाइएको प्रजिअ हमालको भनाइ छ ।

निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको छ । कर्मचारी परिचालनसँगै सुरक्षा संयन्त्रको तालमेल मिलाएर निर्वाचनलाई व्यवस्थित बनाउने तयारी भइरहेको छ ।

‘बर्दिया जिल्ला करिब ८२.५ किलोमिटर भारतसँग खुला सिमानाले जोडिएको भएकाले सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाइएको छ,’ जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रजिअ हमालले भने, ‘सीमा क्षेत्रमा नियमित गस्ती, पेट्रोलिङ तथा सुरक्षा चेकजाँचलाई निरन्तरता दिइएको छ ।’

स्थानीय प्रशासनका अनुसार, खुला सीमा हुने जिल्लामा अवाञ्छित गतिविधिको जोखिम रहन सक्ने भएकाले सुरक्षा निकायले सक्रियता बढाएको हो ।

प्रशासनले दिएको जानकारी अनुसार, निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच संयुक्त सिमुलेसन अभ्यास (व्यष्लत क्ष्mगबितष्यल भ्हभचअष्कभ) सञ्चालन भइरहेको छ ।

यसले आपतकालीन अवस्था वा आकस्मिक परिस्थितिमा कसरी समन्वय गर्ने भन्ने अभ्यासमार्फत सुरक्षा संयन्त्रलाई चुस्त बनाउने उद्देश्य राखिएको प्रशासनको भनाइ छ ।

जिल्लामा पुराना र नयाँ दल दुवै निर्वाचनमा सक्रिय देखिएका छन्। निर्वाचन आयोगले फागुन ४ गतेपछि मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था गरे पनि हाल उम्मेदवारहरू कार्यकर्ता भेटघाटमा सक्रिय छन् ।

‘यसलाई प्रशासनले शान्तिपूर्ण र मर्यादित राजनीतिक गतिविधिका रूपमा हेरेको’ प्रजिअ हमालको भनाइ छ ।

मतदाता शिक्षा कार्यक्रम दल तथा निर्वाचन कार्यालयले अघि बढाइरहेका छन् । विगतका निर्वाचन अनुभव हेर्दा बर्दिया अन्य जिल्लाको तुलनामा शान्तिपूर्ण निर्वाचन हुने क्षेत्रका रूपमा चिनिएको छ । ‘हालसम्म निर्वाचन अवरुद्ध गर्ने कुनै तत्व सक्रिय नरहेको प्रशासनको निष्कर्ष छ,’ प्रजिअ हमालको भनाइ छ, ‘केही क्षेत्रलाई सामान्य संवेदनशील सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ ।’

प्रजिअ हमालका अनुसार, ‘जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सबै पक्ष मिलेर तयारी भइरहेको छ ।’

समग्रमा हेर्दा बर्दियामा निर्वाचन सुरक्षालाई प्राथमिकतामा राखेर पूर्वतयारी, जोखिम मूल्याङ्कन, संयुक्त सुरक्षा समन्वय र सीमा निगरानी जस्ता पक्षलाई सन्तुलित रूपमा अघि बढाइएको देखिन्छ ।

निर्वाचन आयोगले आफ्ना काम दु्रत गतिमा अगाडि बढाइरहेको अवस्था रहेको जनाउ दिंदै प्रजिअ हमाल भन्छन्, ‘जिल्लामा सुरक्षा समितिको निर्णय अनुसार एकिकृत सुरक्षा योजना बमोजिम हाम्रा गतिविधि निरन्तर रुपमा अघि बढिरहेका छन् ।’

दुई निर्वाचन क्षेत्रमा ३६ को प्रतिप्रस्पर्धा

दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३६ जनाले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन आयोगका अनुसार, क्षेत्र नं. १ मा २१ र क्षेत्र नं. २ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनसँगै उम्मेदवारहरुले घरदैलो सुरु गरिसकेका छन् ।
बर्दिया निर्वाचन क्षेत्र नं १ मा १८ वटा राजनीति दलका र तीन जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन क्षेत्र नं २ मा १५ वटा राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिल्लामा शान्तिपूर्ण रुपमा राजनीतिक दलहरुले आफ्ना निर्वाचन कार्यक्रम अगाडि बढाएको बताएका छन् । ‘खुला सीमा भएपछि निर्वाचन सुरक्षमा अहिले कुनै चुनौति देखिएको छैन’, उनले भने ।

बर्दिया क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट सालिकराम अधिकारी, नेपाली काँग्रेसको तर्फबाट संजय कुमार गौतम, नेपाली कम्युनिष्ट पार्टिबाट विष्णुप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारुले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिरबहादुर कामी, जनता समाजवादी पार्टीका तर्फबाट मनोज यादव, जनमत पार्टीबाट यमनाथ घिमिरे, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, जनमोर्चाबाट लोक बहादुर रानामगर, नागरिक उन्मुक्ती पार्टी नेपालबाट अब्दुल खान लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
बर्दिया क्षेत्र नं २ मा नेकपा (एमाले) बाट विमला वि.क. नेपाली काँग्रेसबाट किशोर सिंह राठौर, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेश पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीधर पोखरेलले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी नागरकि उन्मुक्ती पार्टी नेपालबाट खुशीराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शुशिल चौधरी, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट टिकाराम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी, नेकपा (संयुक्त) बाट निता शर्माले उम्मेदवारी दिएका छन् । श्रम संस्कृती पार्टीबाट मानबहादुर बैगार, राष्ट्रिय जनमोर्चा पार्टीबाट रतन सिंह रावत लगायतले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं १ मा महिला ८४ हजार दुईसय २७, पुरुष ८४ हजार आठ सय तीन र अन्य चार गरी एक लाख ६८ हजार ३४ जना मतदाता रहेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा महिला ७९ हजार ६ सय ४६ र पुरुष ७५ हजार पाँच सय ८४ र अन्य दुई जना गरी एक लाख ५५ हजार दुई सय ३२ जना रहेका छन् ।

Previous Post

कांग्रेसका युवा उम्मेदवार कोइराला डुडुवा–४ का गाउँहरुमा ब्यस्त

Next Post

यस्तो बाँकेका तीन वटै क्षेत्रको वास्तविक मत्रपत्रको नमूना

Next Post
यस्तो बाँकेका तीन वटै क्षेत्रको वास्तविक मत्रपत्रको नमूना

यस्तो बाँकेका तीन वटै क्षेत्रको वास्तविक मत्रपत्रको नमूना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version