भवन निर्माणलाई आधुनिकीकरणतर्फ आकर्षित गर्न नेपालगन्जमा त्यससम्बन्धित कम्पनीहरुले ‘एक्स्पो’ गर्ने भएका छन् । आगामी असोज दोस्रो साता नेपालगन्जमा तीन दिने ‘नेपाल एक्स्पो’ गरिने भएको हो ।
‘त्यसको प्रारम्भिक तयारी शुरु गरिएको छ,’ स्मार्ट सेवा प्रालि र गणेश निर्माण सेवाले आवश्यक पहल लिइरहेको जानकारी दिंदै आयोजक मध्येका विशाल भट्टराईले दैनिक नेपालगन्जसँग भने, ‘देश विदेशका निर्माण विज्ञ कम्पनीहरुको सहभागिता पहल भइरहेको छ ।’
नेपाल एक्स्पोका लागि तयारीमा सक्रिय ईन्जिनियर यासिर जसगढले ५० बढी स्टल रहने गरि आवश्यक पहल र समन्वय भइरहेको जानकारी दिए । ‘सधैं राजधानी काठमाडौंमा भइरहने यो एक्स्पो यसपटक नेपालगन्जमा गरौं भनेरै पहल र प्रयास भइरहेको हो,’ ई. जसगढले दैनिक नेपालगन्जसँग भने, ‘रियल स्टेटदेखि निर्माण सामाग्री कम्पनीहरुको जमघट हुनेछ ।’




























