For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

byDainik Nepalgunj
July 28, 2026
in News, मुख्य समाचार
0 0
0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप
Share on FacebookShare on Twitter

सेवा सुधार र कर्मचारी सम्मानको सन्देशसहित उत्सव मनाइने

पश्चिम नेपालका प्रमुख सरकारी स्वास्थ्य संस्थामध्ये एक भेरी अस्पतालले आफ्नो १३६औँ वार्षिकोत्सवलाई सेवा सुधार, सुशासन, कर्मचारी सम्मान र संस्थागत एकताको सन्देश दिने अवसरका रूपमा मनाउने भएको छ । आज मंगलवार आयोजना हुने वार्षिकोत्सव समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको अस्पताल प्रशासनले जनाएको छ ।

मेडिकल सुपरिटेन्डेन्टका रूपमा डा. नवीन दर्नालका अनुसार, यसपटकको वार्षिकोत्सवलाई अस्पतालले औपचारिक समारोहमा सीमित नराखी विगत १३६ वर्षको योगदानको समीक्षा, वर्तमानमा भइरहेको सुधार अभियानको मूल्यांकन तथा आगामी दिनको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा अघि सारेको छ ।

वार्षिकोत्सवसँगै अस्पतालले सेवा प्रवाहमा योगदान पु¥याउने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । अस्पताल व्यवस्थापन, सेवा सुधार तथा संस्थागत विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिने भएको छ । त्यस्तै, वार्षिकोत्सव सफल बनाउन गठन गरिएका विभिन्न उपसमितिमा रहेर जिम्मेवारी पूरा गर्ने सदस्यहरूलाई पनि कदरपत्रसहित सम्मान गरिने कार्यक्रम रहेको छ । तयारीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैको योगदानको कदर गर्ने उद्देश्यले सम्मान कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ ।

आफुले मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिम्मेवारी सम्हालेपछि सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा सुधारका विभिन्न अभ्यास सुरु गरिएको डा. दर्नालले बताए । उनका अनुसार, दैनिक उपचार सेवामा देखिएका समस्या, बिरामीको अवस्थाबारे समीक्षा तथा चिकित्सक र स्वास्थ्यकर्मीबीच समन्वय बढाउन मर्निङ कन्फ्रेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न थालिएको छ ।

सेवाग्राहीका गुनासा प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यले गुनासो सुन्ने अधिकारीको व्यवस्था पनि गरिएको छ । अस्पतालले गुनासोलाई बेवास्ता नगरी सुनुवाइ गर्ने, समस्या पहिचान गर्ने र समाधानका लागि तत्काल पहल गर्ने कार्यसंस्कृति विकास गर्न खोजेको जनाएको छ । अस्पताल प्रशासनले ‘सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाग्राहीमैत्री सेवा प्रणालीलाई संस्थागत गर्ने प्रयास निरन्तर अघि बढाइएको छ’ मेसु डा. दर्नालले दैनिक नेपालगन्जसँग भने ।

वार्षिकोत्सवलाई अस्पताल परिवारभित्रको एकता र आपसी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा पनि लिइएको छ । यही उद्देश्यले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीबीच विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताले अस्पताल परिवारमा उत्साह, सहकार्य र सकारात्मक वातावरण सिर्जना गरेको जनाइएको छ । उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा खेलाडीलाई आजको समारोहमा पुरस्कार प्रदान गरिने भएको छ । अस्पतालले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभई तनाव व्यवस्थापन, स्वस्थ कार्य वातावरण निर्माण तथा टीम भावना विकास गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ ।

सांस्कृतिक कार्यक्रमलाई पनि यसपटक विशेष प्राथमिकता दिइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीकै सहभागितामा ९ वटा नृत्य प्रस्तुति तथा एउटा नाटक मञ्चन गर्ने तयारी पूरा भएको छ । स्वास्थ्य सेवामा दिनरात खटिने जनशक्तिभित्र रहेको सिर्जनात्मक क्षमता सार्वजनिक गर्ने उद्देश्यले सांस्कृतिक प्रस्तुतिलाई वार्षिकोत्सवको महत्वपूर्ण आकर्षणका रूपमा समावेश गरिएको आयोजकले जनाएको छ ।

अस्पतालले वार्षिकोत्सवलाई नयाँ संकल्पको अवसरका रूपमा पनि लिएको मेसु डा. दर्नालको भनाइ छ । ‘सेवा सुधार, कर्मचारीको मनोबल वृद्धि, सुशासनको अभ्यास र सेवाग्राहीप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउँदै भविष्यमा अझ प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता यस वर्षको वार्षिकोत्सवमार्फत व्यक्त गरिने अस्पतालको अपेक्षा छ,’ डा. दर्नालले भने ।

वार्षिकोत्सव समारोहमा पूर्वमन्त्री तथा संघीय सांसद मोहम्मद इस्तियाक राई प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । समारोहको अध्यक्षता अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्ट प्रसाद धितालले गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।

डा. नवीन दर्नाल
प्रमुख मेडिकल सुपरिटेन्डेन्ट
भेरी अस्पताल

बार्षिकोत्सवमा अस्पतालले दिने सन्देश के हो ?

हामी चाहिँ यसको १३६औँ वार्षिक उत्सवको सन्देश भनेको भेरी अस्पतालले अहिले दिइरहेको, प्रदान गरिरहेको सेवालाई गुणस्तरीय र सर्वसुलभ रूपमा दिनका लागि प्रक्रिया मात्रै होइन, एउटा व्यक्तिले भन्दा पनि एउटा मेकानिजम मिलाएर, स्थायित्व हुने गरी प्रणाली बनाउन खोजिरहेका छौं ।

र अर्को कुरा, सेवा विस्तारलाई पनि सँगसँगै लैजान खोजिरहेका छौं । यसमा जस्तै, दुई वर्षदेखि हाम्रो सिटि स्क्यान बिग्रेको थियो, त्यसलाई पनि हामीले बनाइसकेका छौं । त्यसलाई पनि हामी सुचारु गर्दैछौं ।

त्यसैगरी अब आउने दिनमा न्यूरो सर्जरी सेवाहरूको पनि विस्तार गरिरहेका छौं । भने अहिलेको लागि मुख्य कुरा चाहीँ भेरी अस्पतालमा अहिलेलाई सुशासनलाई बढी जोड दिएका छौं । ‘सुशासनसहित गुणस्तरीय स्वास्थ्य सेवा’ भन्ने मूल नाराकै साथ अगाडि बढिरहेका छौं ।

बार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?
यसका लागि हामीले विभिन्न कार्यक्रमहरूको पूर्वतयारी सम्पन्न गरिसकेका छौं । यसमा विभिन्न खेलकुद कार्यक्रमहरू, पहिलादेखि नै सञ्चालन हुँदै आएका खेलकुदहरू छन् । अनि हामीले जयन्ती बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन ग¥यौं ।

त्यसैगरी भेरी अस्पतालका विभिन्न वार्डमा भर्ना भएका बिरामीहरूका कुरुवाहरूलाई मानसिक तनाव व्यवस्थापनसम्बन्धी सोमबार बिहान मात्रै योग, ध्यान र अभ्यास गरायौं । उहाँहरूको सुस्वास्थ्यको कामना गर्दै स्वयंसेवकहरूलाई पनि तनाव व्यवस्थापनका लागि योग कार्यक्रम सम्पन्न गर्यौं ।

मंगलबार विहान ५ बजेदेखि ६ बजेसम्म जम्मा भएर म्याराथन आयोजना गछौं । त्यसपछि यस क्षेत्रका संघीय प्रतिनिधिसभा सदस्य माननीय इस्तियाक राईज्यूको प्रमुख आतिथ्यमा बार्षिकोत्सवको औपचारिक कार्यक्रम आयोजना गर्छौं ।

Previous Post

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

Next Post

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

Next Post
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

July 28, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

July 28, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version