For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

वैदेशिक रोजगार ठगीका विवाद स्थानीय तहमै टुंग्याइदै

byDainik Nepalgunj
August 5, 2026
in Blog
0 0
0
वैदेशिक रोजगार ठगीका विवाद स्थानीय तहमै टुंग्याइदै
Share on FacebookShare on Twitter

बर्दिया प्रदेशमै दोस्रो उत्कृष्ट

वैदेशिक रोजगारका नाममा हुने ठगीका विवाद अदालतसम्म पुग्न नदिई स्थानीय तहमै मेलमिलापबाट समाधान गर्दै आएको बर्दिया जिल्ला लुम्बिनी प्रदेशमा दोस्रो उत्कृष्ट जिल्लाका रूपमा सम्मानित भएको छ । पीडितलाई छिटो न्याय दिलाउने, कानुनी प्रक्रियाको झन्झट घटाउने र आर्थिक भार कम गर्ने गरी गरिएको कामको मूल्यांकन गर्दै बर्दियालाई प्रदेशस्तरमा सम्मान गरिएको हो ।

आप्रवासी श्रमिक सञ्जाल, लुम्बिनी प्रदेशले गरेको मूल्यांकनमा वैदेशिक रोजगारसम्बन्धी विवाद समाधानमा बर्दियाको भूमिका प्रभावकारी देखिएको हो । सेवाग्राहीलाई सहज रूपमा न्यायको पहुँचमा पु¥याउन स्थानीय स्तरमै मेलमिलापको अभ्यासलाई प्राथमिकता दिएको भन्दै बर्दियालाई लुम्बिनी प्रदेशको दोस्रो उत्कृष्ट जिल्ला घोषणा गरिएको हो ।

यसैको कदरस्वरूप मंगलबार जिल्ला प्रशासन कार्यालय बर्दियाको सभाहलमा मंगलवार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल र जिल्ला प्रहरी प्रमुखलाई सम्मान गरिएको छ । वैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रण र पीडितलाई न्याय दिलाउने प्रक्रियामा प्रशासन तथा प्रहरी कार्यालयको भूमिकालाई आधार बनाएर सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हमालले वैदेशिक रोजगारीको नाममा ठगीमा पर्नेमा शिक्षित युवा पनि ठूलो संख्यामा रहेको बताए। उनले विदेश जाने तयारीमै रहेका नागरिकलाई ठगीबाट जोगाउन राहदानी वितरणको चरणदेखि नै सचेतना दिने गरिएको जानकारी दिए ।

‘शिक्षित यूवाहरु नै वैदेशिक रोजगारीको नाममा ठगीमा परेको’ प्रजिअ हमालले बताए । उनका अनुसार, जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणकै क्रममा सचेतना शिक्षा दिने गरेको छ । जिल्ला प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा ठगी नियन्त्रणका कामसमेत भइरहेको उनले बताए ।

आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका उपाध्यक्ष हिरा खरालले प्रदेशका ७ जिल्लाको भूमिका उत्कृष्ट देखिएपछि सम्मान गर्न थालिएको बताइन । उनका अनुसार, बर्दियासहित कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, नवलपरासी र दाङ जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयलाई सम्मान गर्न थालिएको हो ।

उपाध्यक्ष खरालले वैदेशिक रोजगारसम्बन्धी ठगीका घटनालाई अदालतसम्म पुग्नुअघि नै मेलमिलापमार्फत टुंग्याउने अभ्यास प्रभावकारी देखिएको जानकारी दिइन् । यस्तो प्रक्रियाले पीडितलाई शीघ्र न्याय दिलाउन सहयोग पुग्नुका साथै अनावश्यक कानुनी झन्झट र आर्थिक भार घटाउन महत्वपूर्ण योगदान पु¥याएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नागरिकले लामो कानुनी प्रक्रियामा जानुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले स्थानीय स्तरमै विवाद समाधानको अभ्यासलाई अघि बढाइएको हो । यसबाट पीडित र सम्बन्धित पक्षबीच सहमतिका आधारमा विवाद टुंग्याउने वातावरण बनेको छ । यही अभ्यासलाई आप्रवासी श्रमिक सञ्जालले बर्दियाको उल्लेखनीय कामका रूपमा मूल्यांकन गरेको हो ।

स्थानीय स्तरमै विवाद समाधानको यस्तो अभ्यासले न्यायमा नागरिकको पहुँच विस्तार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । विशेषगरी वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नागरिकका लागि छिटो र सहज न्यायको वातावरण बनाउन प्रशासन, प्रहरी, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीचको समन्वयलाई महत्वपूर्ण मानिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले आगामी दिनमा पनि सरोकारवाला निकायसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रणसँगै पीडितको न्यायमा सहज पहुँच सुनिश्चित गर्ने र नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने कार्यालयले जनाएको छ ।

स्थानीय तहमा विवाद समाधान गर्ने अभ्यासलाई संस्थागत गर्दै न्यायमा नागरिकको पहुँच विस्तार गर्ने बर्दियाको प्रयासलाई प्रदेशस्तरमै उत्कृष्ट अभ्यासका रूपमा हेरिएको छ । ‘वैदेशिक रोजगारका नाममा हुने ठगी नियन्त्रणमा प्रशासनिक संयन्त्र, प्रहरी र स्थानीय तहबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने आवश्यकता पनि यस सम्मानले देखाएको छ,’ उपाध्यक्ष खरालले दैनिक नेपालगन्जसँग भनिन् ।

Previous Post

ग्याँस बिक्रेतालाई जरिवाना, दाल नष्ट

Next Post

संघमा तीन व्यवसायिक संघ बीच सहमति

Next Post
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

संघमा तीन व्यवसायिक संघ बीच सहमति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

September 20, 2026
रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

September 19, 2026
ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

September 19, 2026
विपदमा परेकालाई निजी विद्यालयको साथ

विपदमा परेकालाई निजी विद्यालयको साथ

September 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version